×

NMB BANK
NIC ASIA

लगातार ४ पटकको हारपछि जितेका ७४ वर्षे जोशिला पूर्व आईजीपी प्रधान

मंसिर १७, २०७९

NTC
Premier Steels

सुरक्षा क्षेत्रका अब्बल व्यक्तित्व अर्थात् पूर्व आईजीपी ध्रुवबहादुर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २३ वर्षे राजनीतिक यात्राको संघर्षले प्रधानलाई बल्ल संसद् प्रवेशको ढोका खुलेको छ ।

Muktinath Bank

पश्चिम नवलपरासी–१ बाट कांग्रेसको संसदीय राजनीतिका खेलाडी पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेललाई पराजित गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रधान संघीय सांसदमा निर्वाचित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै निर्वाचनमा प्रधान कांग्रेसका कंडेलसँग भारी मतान्तरले पराजित हुँदै आएका थिए तर यसपटक प्रधानले १५ हजार ३६५ मतको भारी मतान्तरका साथ कंडेललाई पराजित गरे । देशको सुरक्षा र आन्तरिक राजनीतिमा गहिरो रुचि राख्ने प्रधान ४ पटकसम्म निरन्तर चुनावमा होमिएका थिए तर यसपटक जनताले अनुमोदन गरेर संसद् पठाए ।


Advertisment
Nabil box
Kumari

उमेरले ७४ टेकेका प्रधानको ‘तन्नेरी राजनीतिक जोश’ भने २०७९ सालको निर्वाचनमा पनि उस्तै देखियो । पटक–पटक हारेर पनि राजनीतिक संघर्षबाट नहारेका प्रधानलाई यसपटकको चुनावमा जनताले जिताइदिए ।

Vianet communication

वर्तमान सरकारप्रति जनतामा देखिएको वितृष्णा नै आफ्नो जीतको आधार रहेको प्रधानले बताए । ‘राप्रपाले आफ्ना एजेण्डा दह्रोसँग अगाडि बढायो,’ राप्रपा नेता प्रधान भन्छन्, ‘जनतासँग जतिसुकै बेला प्रत्यक्ष सम्बन्ध राखेर काम गरिरहें । जसले गर्दा लामो समयदेखिको नेतृत्व जनताले फेरेर मलाई सुम्पिए ।’

२०२७ सालमा प्रहरी निरीक्षकबाट जागिरे जीवन शुरू गरेका प्रधान अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष समेत हुन् । उनले २०५३ देखि २०५४ सालसम्म प्रहरी महानिरीक्षक (आईजीपी) रहेर काम गरे । २०५४ सालको स्थानीय चुनाव उनकै कार्यकालमा भयो ।

चुनावपछि उनलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णय गर्‍यो । सल्लाहकारका रूपमा राज्यमन्त्रीको सेवासुविधा दिएर उनलाई प्रहरी ‘हेडक्वाटर’मै राखियो । कार्यकाल सम्हालेको १० महिनापछि उनले प्रधानमन्त्रीलाई राजीनामा दिई अवकाश लिए ।

प्रधानले आफ्नो २८ वर्षे प्रहरीको जागिरे जीवनलाई २०५५ सालमा आएर विश्राम दिए । त्यसपछि शुरू भयो प्रधानको राजनीतिक यात्रा । जागिरे जीवनको विश्रामपछि उनमा राजनीति गर्ने सोच पलायो । सोहीअनुसार मधेशी दलसहित देशका ठूला/साना दल सबैले उनलाई आवद्ध हुन ढोका खोले । २०५६ सालको आमनिर्वाचनमा स्वतन्त्रबाट आफ्नै गृहजिल्ला नवलपरासीबाट उम्मेदवारी दिने उनको सोच थियो ।

अन्ततः उनको सोचलाई राप्रपाले परिवर्तन गरिदियो । २०५६ सालको संसदीय निर्वाचनमा राप्रपाबाट नवलपरासी क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएसँगै शुरू भयो प्रधानको राजनीतिक यात्रा । पहिलो यात्रामै उनलाई नेपाली कांग्रेसले ठेस लगायो । कांग्रेससँग ठूलो मतान्तरसहित उनी पराजित भए । 

सन् २००६ देखि २०१४ सम्म नेपाल ओलम्पिक कमिटीको अध्यक्ष समेत रहेका प्रधानले २०६४ सालको संविधानसभा निर्वाचनमा पनि उम्मेदवारी दिए । यो निर्वाचनमा पनि उनी भारी मतान्तरले पराजित भए । २०७४ सालको निर्वाचनमा राप्रपालाई समानुपातिकमा कांग्रेसले सघाउने भएपछि उनको उम्मेदवारी रहेन । ३ पटकसम्म चुनावमा पराजय भोग्दा समेत उनको राजनीतिक यात्रामा विचलन आएन ।

किसानका समस्या, मधेशपुर भन्सार व्यवस्थित, सनातन संस्कृति संरक्षण र विभिन्न एकेडेमी स्थापना गर्ने चुनावी एजेण्डालाई आफूले पूरा गरेर छाड्ने दाबी पनि उनले गरे । जिल्लामा नागरिकताको समस्यालाई सही ढंगबाट समाधान खोजिनुपर्ने प्रधानको अडान छ । 

प्रधानको कठिन राजनीति यात्रालाई जनताले पार लगाइदिएका छन् तर प्रधानले चुनावको समयमा जनतासँग गरेका वाचा पार लगाइदिन्छन् कि दिँदैनन् ? त्यो भने ५ वर्षे कार्यकालले नै देखाउला । प्रधानले आवश्यकताका आधारमा राप्रपा सरकारमा पनि जान सक्ने संकेत गरे ।

‘जनतालाई आभास हुने सरकार बन्न सक्ने अवस्था आए राप्रपा सरकारमा गएर जनताका समस्यालाई समाधान गर्न सक्छ,’ प्रधानले भने । राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले पनि रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणलाई यसपटक पराजित गरेका छन । लुम्बिनी प्रदेश सभामा पनि राप्रपाले २ वटा क्षेत्रमा जीत निकालेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x