×

NMB BANK
NIC ASIA

एशिया रग्बी : नेपाल समूह चरणमै सीमित

मंसिर २४, २०७९

NTC
Premier Steels

तेस्रो चरणको खेलमा भारतलाई १२–१० को स्कोरले पराजित गर्दै नेपालले सान्त्वना जित निकाले पनि एशिया रग्बी यु–१८ पुरुष सेभेन प्रतियोगितामा नेपाल समूह चरणमै सीमित भएको छ । 

Muktinath Bank

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सीमित भएको हो । नेपाल पहिलो खेलमा नेपाल थाइल्याण्डसँग १५–७ र दोस्रो खेलमा मलेसियासँग ३४–० स्कोरले पराजित भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न ८ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न तीन चरणका सबै खेलमा जित निकाल्दै मलेसिया समूह ए बाट समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । तीन खेलबाट स्पष्ट अंक जोडेको मलेसियाले ९ अंक बनाउन सफल भयो । मलेसियाले आयोजक नेपाल, भारत र थाइल्याण्डलाई पराजित गरेको हो । 


Advertisment
Nabil box
Kumari

यस्तै, समूह ए बाटै तीन खेलमा समान एक÷एक खेल जितेका जितेर समान ५/५ अंक बनाएका भारत, थाइल्याण्ड र नेपाल तालिकामा क्रमशः दोस्रो, तेस्रो र चौँथो स्थानमा रहे । दोस्रो भएको भारत पनि स्कोरको आधारमा नकआउट चरणमा प्रवेश गर्‍यो भने थाइल्याण्ड र नेपाल अघिल्लो चरण पुग्नबाट वञ्चित भए ।

Vianet communication

यस्तै समूह बी अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले शनिवार नै सम्पन्न तीन खेलमा स्पष्ट जित निकाल्दै ९ अंक जोडेर अन्तिम चारमा प्रवेश गर्‍यो । युएईले शनिवार चाइनिज ताइपेईलाई ३२–५, बंगलादेशलाई ८१–० तथा कोरियालाई २४–७ ले  स्तब्ध बनाएको हो । दोस्रो स्थानमा अटाएको कोरियाले तीन खेलबाट दुई जित निकाल्दै ७ अंक जोडेर समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो । प्रतिष्पर्धात्मक दोस्रो चरणको खेलमा कोरियाले चाइनिज ताइपेईलाई १७–१२ र बंगलादेशलाई ८०–० ले स्तब्ध बनाएको हो । यस्तै तेस्रो स्थानमा रहेको चाइनिज ताइपेईले बंगलादेशलाई ७०–० ले पराजित गर्दै ५ अंक जोड्यो । तीन खेलबाट जितबिहीन रहेको बंगलादेशको ३ अंकमात्र रह्यो ।​

प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न महिलातर्फको प्रतिष्पर्धामा भने नेपालले दुवै खेलमा नतिजा सुम्पिएर अघिल्लो चरण पुग्न असफल रह्यो । पहिलो खेलमा ३९–० को स्कोर सुम्पिएको नेपालले दोस्रो खेलमा युएईसँग पराजित भएको हो । नेपाल युएईसँग ४१–० ले पराजित भएको हो । महिलातर्फ तेस्रो चरणका खेल सकिँदा २ खेलमा जित निकाकल्दै भारत ७ अंकका सात तालिकाको शीर्ष स्थानमा रहँदा समान ३ खेलबाट २ मा जित निकालेको थाइल्याण्ड ७ अंकका साथ दोस्रो स्थानमा छ । एक खेल कम खेलेर ६ अंको जोडेको युएई तेस्रो स्थानमा रहँदा दुई खेल मध्ये दुवैमा खेल गुमाएका नेपाल र मलेसिया समान २ अंकका साथ तालिकाको चौथो र पाँचौ स्थानमा छन् ।

एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा आयोजना भएको यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता अन्तिम चरणका खेल आइतवार हुनेछन् । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहेको छ । पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्याण्ड, युएई, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिष्पर्धा हुँदैछ भने महिलामा नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा प्रतिष्पर्धा गर्दैछन् । पुरुषतर्फ दुई समूहका शीर्ष दुई टोली उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x