चैत २, २०७९
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
काठमाडाैं | मंसिर २५, २०७९
नेकपा माओवादी पार्टीको जन्म जनताको मुक्तिका लागि भएको थियो, जुन नेपालका १०% सम्भ्रान्त वर्गको विरुद्धमा र ९०% श्रमजीवी, सर्वहारा एवं उत्पीडित नागरिकको पक्षमा थियो । माओवादी विद्रोह सर्वोच्च एवं क्रान्तिकारी आन्दोलन थियो । यो विद्रोह एक किसिमले शदियौंदेखि विभेदमा पारिएका बहुसंख्यक नेपाली नागरिकका लागि भएको थियो ।
नेपाली समाज र राजनीतिक इतिहासको इमान्दारीपूर्वक मूल्यांकन गर्ने हो भन्ने नेपालमा तीनवटा महाअभियान र त्यसका तीन महानायक चन्द्र-सूर्यझैं अटल रहने छन् । तीमध्ये एक हुन्, पृथ्वीनारायण साह जसले विभिन्न टुक्रामा रहेका स-साना भू–भागलाई जोडेर नेपाल राज्यको विस्तार गर्ने काम गरे ।
दोस्रो व्यक्तित्व हुन्, बीपी कोइराला । उनले निरंकुश सामन्ती राजतन्त्रको ठाउँमा संवैधानिक राजतन्त्रका लागि कठोर संर्घषको नेतृत्व गरे । त्यस्तै तेस्रो व्यक्तित्व हुन्, पुष्पकमल दाहाल प्रचण्ड । उनले १० वर्षको कठोर जनयुद्ध र हजारौं जनताको बलिदानीको जगमा सामन्ती एवं निरंकुश राजतन्त्रलाई उखेलेर संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्व गरे ।
मूलरूपमा भन्नुपर्दा पृथ्वीनारायण साहले भूमिको एकीकरण गरे भने क. प्रचण्ड ले ३ करोड नेपाली जनताको भावनाको एकीकरण गरेर नयाँ इतिहास रचे । इतिहासको सामान्य समीक्षापछि मुख्यरूपमा मैले नेपालको वर्तमान राजनीति र तेस्रो खण्डको परिवर्तनको प्रमुख नायक माओवादी पार्टीका अध्यक्ष क. प्रचण्डबारे चर्चा गर्न खोजेको छु ।
मेरो बुझाइमा क. प्रचण्ड नेपाली क्रान्तिको नायक हो । वहाँ संघीय लोकतान्त्रिक गणतन्त्र र १० वर्षको जनयुद्धको महानायक हुनुहुन्थ्यो । जनयुद्धबाट क्रान्तिको छिनोफानो नभएपछि शान्ति समझौतामार्फत नयाँ प्रकारले नेपाली क्रान्तिलाई अगाडि बढाउने नीतिअन्तर्गत नै संविधानसभा मार्फत संसदीय राजनीतिमा आएको हो । तर प्रश्न उठ्छ, जनयुद्धका सफल कमान्डर क. प्रचण्ड संविधानसभा र त्यसपछिको संसदीय राजनीतिमा कहाँ चुक्नुभयो ? २०६४ सालको संविधानसभा चुनावमा सबैभन्दा ठूलो पार्टीको रूपमा मतदान गरेका नागरिकले त्यसपछि किन माओवादीलाई क्रमश: विश्वास गर्न छाडे ? अहिलेसम्म आउँदा किन माओवादी पार्टी काठमाडौं उपत्यका र मधेशबाट बढारियो ? माओवादी पार्टीको दूरावस्थाको कारण माओवादी पार्टी र त्यसका प्रमुख नेतृत्वको गलत आचरण, व्यवहार र आफ्नै नीतिमा आफैं इमान्दार नहुनु हो कि अन्य कुनै कारण हो ? गम्भीर समीक्षा गरी कठोर निर्णयका साथ अगाडि बढ्नुको विकल्प छैन । अन्यथा इतिहासमा गर्व गर्ने तर वर्तमानमा बदनाम हुने खतरा हाम्रो सामुन्ने रहेको छ ।
यसै सन्दर्भमा मैले माओवादी पार्टीलाई वर्तमानको चुनौतीलाई सामना गर्दै गौरवशाली इतिहासको रक्षा गरेर नेपाली नागरिकको आशा र भरोसाको केन्द्रका रूपमा राखिरहन विगतका कमीकमजोरीको कठोर समीक्षा र त्यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता हुनुपर्छ । माओवादी अहिलेको अवस्थामा आउनुका केही कारण छन्, जसलाई बुँदागत रूपमा चर्चा गरौं ।
१.जनयुद्धका मुद्दाप्रति इमान्दार नहुनु
जनयुद्धका क्रममा पार्टीले स्वीकार गरेका प्रमुख मुद्दाहरू जस्तै प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी संसद्, पहिचानसहितको अधिकार सम्पन्न स्वायत्त प्रदेश, राज्यका सबै अंग, तह र निकायमा समानुपातिक प्रतिनिधित्व लगायतमा मौन बस्नु पनि आजको अवस्था आउनुको प्रमुख कारणमध्ये एक हो । प्रथम संविधानसभामा सबैभन्दा ठूलो पार्टीसहित क्रान्तिकारी शक्तिहरूको उपस्थितिका बावजुद पनि प्रगतिशील संविधान जारी गराउन असफल हुनु समेत यसको कारण हो भन्न सकिन्छ । दोस्रो संविधानसभामा कमजोर प्रतिनिधित्व भएपछि २२ दलले सडक संर्घषबाट प्रगतिशील संविधानका लागि नेतृत्व दिँदा संर्घष छाडेर सरकारको लोभमा कमजोर संविधान बनाउनका लागि सहमति गर्नु नै आफ्ना वर्ग/समुदायको नजरमा अविश्वसनीय हुनु थियो । त्यहीँबाट मधेशी, जनजाति, मुस्लिम दलित एवं उत्पीडित राष्ट्रियताहरू हामीसँग विमुख हुन शुरू भएको हो । आगामी दिनमा आफ्नो वर्ग/ समुदायलाई विश्वासमा लिन हामीले हाम्रै मुद्दालाई संर्घषको रूपमा अगाडि बढाउनुपर्दछ ।
२.चरम गुटबन्दीको अवस्था
माओवादी कमजोर हुनुको अर्को प्रमुख कारण हो पार्टीभित्र हाकाहाकी गुट बनाउनु, अहिले पार्टीभित्र ठूलासाना गरी दर्जनौं गुटहरू छन्। गुटमा नलाग्ने नेताको पार्टीमा कुनै भविष्य छैन । यो गुटबन्दी सामान्य छैन । यसले आफ्नो गुटबाहेक अरूलाई मान्छे नै गन्दैन । त्यति मात्रै होइन यसभित्र यदुवंशी लडाईं जस्तै एकअर्कालाई चुनावमा हराएर आफू विजयी भएको अभिमान गर्ने प्रवृत्ति छ । अहिले माओवादी पराजयको यो पनि प्रमुख कारण हो । तर यसमा अझै गज्जबको कुरा के हो भने यो तमाम गुटबन्दी क. अध्यक्षकै जानकारी एवं प्रोत्साहनमा हुने गरेको छ ।
एकप्रकारले भन्ने हो भन्ने क. प्रचण्ड माओवादीको अध्यक्षभन्दा पनि दर्जनौं गुटका खलनायकहरूको अध्यक्ष हुनुभयो जस्तो अनुभूति हुन्छ । मलाई आश्चर्य लाग्छ, मार्क्सवादको कुन सिद्धान्तका आधारमा यसरी विचारविहीन र सिर्फ अवसरका लागि गर्ने गुटबन्दीलाई पार्टीले मान्यता दिन्छ ? तसर्थ, पार्टी बचाउनका लागि निर्ममतापूर्वक गुटबन्दीलाई अन्त्य गरिनुपर्दछ । पार्टीको सबै तहमा पूर्ण लोकतान्त्रिक प्रकारले निर्वाचनमार्फत नेतृत्व चयन गरिनुपर्दछ । पार्टी पूर्णरूपमा विधि विधान र अनुशासनमा सञ्चालन हुनुपर्दछ ।
गुटबन्दी र अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कडा कारवाही गरिनुपर्दछ ।
३.सर्वहारा वर्गीय जीवनशैली परित्याग गर्नु
भनिन्छ, नागरिकले सिद्धान्तबाट होइन नेताको जीवनशैली र व्यवहारबाट विचारलाई बुझ्ने गर्दछन् । शान्ति प्रक्रियाको शुरूआतमा देखिएको प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य लगायतका नेताहरूको जीवनशैली र व्यवहार त्यसको एक वर्ष नबित्दै सम्भ्रान्त वर्गका रूपमा बदलिनु पनि आमनेपाली नागरिकको आलोचनाको विषय बन्यो । माओवादी पार्टीका नेताहरूलाई सरल, सहज र आमनागरिककै रूपमा नेपाली नागरिकले रुचाएका थिए ।
ठूलो नेताको जीवनशैलीमा देखिएको तडकभडकपूर्ण जीवनशैलीलाई नै मझौला नेता कार्यकर्ताले पनि अनुकरण गर्दा देशभरि नै माओवादी नेता तथा कार्यकर्ताप्रति नकारात्मक धारणा निर्माण हुन गयो । यसले गर्दा नागरिकले कांग्रेस-एमालेभन्दा माओवादी भिन्न रहेको अनुभूति गर्न सकेनन् । र, नागरिकले पुरानै उखान माओवादीबारे पनि दोहोर्याए- 'जुन जोगी आए पनि कानै चिरेका' । तसर्थ नेताको जीवनशैली समाजवादी अर्थात् आमनागरिकसरह हुनुपर्दछ ।
४.सुशासनको प्रत्याभूति दिलाउन नसक्नु
कांग्रेस-एमाले पार्टीका सरकारले नागरिकसँग गर्ने व्यवहार, दिने सेवा सुविधा र विपन्न नागरिकप्रति हुने विभेदमा माओवादीले सरकारको नेतृत्व गर्दा पनि उल्लेख्य सुधार आउन सकेन । जनताले खासै फरक अनुभूति गर्न सकेनन् । यस कारणले पनि माओवादीबाट नागरिकले नयाँ अनुभूति गर्न सकेनन् । फलस्वरूप युवा, बुद्धिजीवी, तथा व्यापारीहरूको आकर्षण माओवादी बन्न सकेन । अहिले आक्रोशित नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राप्रपा लगायतलाई मतदान गरेका छन् ।
सुशासनको अनुभूति नभएकै कारण वाक्क दिक्क भएर ठूलो संख्यामा नागरिकले ती दललाई मतदान गरेका हुन् । करीब २० औं लाख बौद्धिक मतदाताले स्थापित पार्टीहरूका विरुद्ध एक प्रकारले साइलेन्ट विद्रोह भएको छ । यसबाट अझै पनि शिक्षा लिएर आफूलाई नसच्याउने हो भने आगामी दिनमा नागरिकले रामराम भन्न मात्रै बाँकी रहनेछ, काँध थाप्ने छैनन् ।
५.भ्रष्टाचारविरुद्ध विद्रोह गर्न नसक्नु
भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग हो । आमनागरिक भ्रष्टाचारको पीडाबाट छट्पटाइरहेका छन् । भ्रष्टाचारकै कारण करीब ८-१० खर्ब रूपैयाँ राज्यको ढुकुटीमा आउन पाउँदैन, चाहे व्यापक राजस्व चुहावटका कारणले होस् वा गलत कर नीतिका कारण नै किन नहोस् । जुन देशमा १७ खर्बको बजेट हुन्छ, त्यहाँ करीब १२ खर्ब तलब भत्ता र सेवा सुविधामा नै विनियोजन हुन्छ । बाँकी ४-५ खर्ब रकम विकास निर्माणमा छुट्याइएको अवस्थामा ठूलो परिमाणको रकम विभिन्न किसिमले दुरुपयोग भएपछि देश कसरी बनाउन सकिन्छ ? तर दुर्भाग्य क्यान्सरको रूपमा देखा परेको भ्रष्टाचारविरुद्ध माओवादी पार्टीले आजसम्म कुनै अभियान, कुनै आन्दोलन सञ्चालन गरेको छैन, जुन नागरिकको नजरमा भ्रष्टाचारलाई प्रोत्साहन गर्नुसरह भएको छ । तसर्थ, माओवादी पार्टीलाई पुनःजीवन दिनका लागि 'एक नगर, एक भ्रष्टाचार विरुद्धको दस्ता' निर्माण गरेर लाखौं युवालाई भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी बनाउनु पर्दछ । नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउने पार्टीका रूपमा माओवादीलाई अगाडि बढाउनु पर्दछ ।
६.आत्मविश्वास गुमाउनु,अप्राकृतिक गठबन्धन गर्नु
माओवादी पार्टी ओरालो लाग्नुको एक प्रमुख कारण आफ्नै पार्टीलाई मजबुत नगर्ने, आफ्नै नेता कार्यकर्ताको भर पर्नुभन्दा अरूसँग गठबन्धन नगरी चुनावमा नजाने प्रवृत्ति हो । यसले गर्दा पार्टी कमजोर भएको छ। अरू पार्टीको नजरमा माओवादी स्याटेलाइट पार्टी वा बैशाखीविना चुनावमा जान नसक्ने पार्टी भएको छ । हामीले अझै पनि आफ्नो कमी कमजोरीलाई सच्च्याएर आफ्नै खुट्टामा उभिने आशा र विश्वाससहित अगाडि बढेनौं भने हाम्रो पार्टीको विघटन वा विसर्जनबाट कसैले रोक्न सक्दैन ।
७.युवाप्रति उदासीन रहनु
हाम्रो पार्टीको मुख्य नेतृत्व मोटामोटी ६५ वर्ष काटेका व्यक्तिहरूकै हातमा रहेको छ । युवाहरूलाई केन्द्रीय समितिमा प्रवेश दिए पनि नेतृत्वको प्रमुख स्थानहरू केन्द्रीय तथा प्रदेश पदाधिकारी वा सरकारको नेतृत्व गर्ने ठाउँमा नेतृत्व दिएको देखिँदैन। अपवादको रूपमा केही सीमित युवालाई सरकारमा पठाएबाहेक नयाँ जोश र सोचका नेताहरू पछाडि नै पारिएको छन् । वा नेतृत्वसँग विश्वास बनाउन नसकेका युवाहरूलाई नेतृत्वबाट वञ्चित गरिएको छ ।
तसर्थ, निष्कर्षको रूपमा भन्नुपर्दा जनयुद्धमा सफल नेतृत्व प्रदान गर्नुभएका हाम्रा अध्यक्ष क. प्रचण्ड र उहाँका पदाधिकारीहरू समयको मागअनुसार रूपान्तरण हुन आवश्यक छ, अन्यथा पार्टी र सरकार सञ्चालनमा देखिएको कमीकमजोरीका कारण नागरिकको नजरबाट ओरालो लागेको माओवादी पार्टीलाई नयाँ जीवन प्रदान गर्न नयाँ नेतृत्वहरूका लागि बाटो खुला गरिदिनुपर्छ । हैन भने हाम्रै जीवनकालमा शिखरमा पुगेको माओवादी आगामी दिनमा भूमिकाविहीन हुनसक्छ । बाँकी आपकी मर्जी ।
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
विश्वभर निर्वाचित नेताबाट नै उदार लोकतन्त्र जोखिममा परिरहेको अवस्थामा अमेरिकी लेखकहरू स्टिभान लेभित्स्की र डानियल जिब्लान्टले लोकतन्त्र कसरी मर्छ ? (हाउ डेमोक्रेसी डाइ ?) भन्ने पुस्तक प्रकाशन गरेका छन् । पुस्ततकको अध्...
नेपालमा चाउचाउ अत्याधिक खपत हुने गर्छ । काँचै खाए पनि हुने, पकाएर खाए पनि हुने खाजाको रूपमा खान पनि हुने, खानाको रूपमा खाए पनि हुने चाउचाउको विशेषता हो । यसको अझै ठूलो विशेषता भनेको यो एकैछ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...