×

NMB BANK
NIC ASIA

ओलीपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे कांग्रेस नेता केसी

मंसिर २६, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतवार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका केसीले सोमवार अर्का कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

Muktinath Bank

सिंहदरबारमा प्रचण्डसँग भएको भेटमा बधाइ साटासाट भएको केसीको सचिवालयले जानकारी दिएको छ । भेटमा दुई नेताबीच सरकार गठन, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको थियो । त्यस्तै केसीले बालाजु बाईपास–ककनी–रानिपैवा–त्रिशुली, अस्तव्यस्त रूपमा रहेको पुरानो पासाङ ल्हामु राजमार्ग छिटोभन्दा छिटो बनाउन पहल गर्न प्रचण्डलाई आग्रह गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई नेताबीच कृषिप्रधान मुलुकमा रहेको रासायनिक मल र कृषि बिउबिजनमा कृषकले भोग्नु परेको विकराल समस्यालाई मध्यनजर गरेर छिटोभन्दा छिटो समस्या  समाधान गर्ने, जनजीविकाका सवालमा निर्वाचनको बेला जनस्तरबाट उठेका आवाजहरू सामूहिक रुपमा समाधान गर्ने प्रतिबद्वताका विषय, अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरूबीच साझा अवधाधारणा तय गर्नेलगायतका विषयमा कुराकानी भएको थियो । 


Advertisment
Nabil box
Kumari

नेता केसीले प्रचण्डलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्षको एउटै आवाज हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x