×

NMB BANK
NIC ASIA

क्याबिन क्रुको आन्दोलनले निगमको दिल्ली र रियाद उडान रोकियो, व्यवस्थापनको कमजोरीले यात्रुलाई सास्ती

मंसिर २९, २०७९

NTC
Premier Steels

नेपाल वायुसेवा निगमको क्याबिन क्रुको आन्दोलनका कारण निगमको २ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको छ । क्याविन क्रुलाई वायुसेवा निगम व्यवस्थापनले नवीकरण नगरिदिएको विरोधमा उडान नै प्रभावित भएको हो । निगमको बिहीवार बिहान ७ बजे हुनुपर्ने रियादको र दिउँसो २ बजेको दिल्ली उडान क्याबिन क्रुको आन्दोलनकै कारण रोकिएको छ । 

Muktinath Bank

निगमको उडान रोकिँदा यात्रुले सास्ती पाएका छन् । निगमको उडानमार्फत अन्तर्राष्ट्रिय उडानमा जानुपर्ने जहाज नउडेपछि बिहान र दिउँसो २ वटा उडानका लागि विमानस्थल पुगेका यात्रु अलपत्र परेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार क्याबिन क्रुको आन्दोलनका कारण उडान हुन सकेको छैन । अहिले निगमको केन्द्रीय कार्यालयमा व्यवस्थापन र नेपाल वायुसेवा क्याबिन क्रु संघबीच वार्ता भइरहेको छ । वार्तालाई सकारात्मक बनाएर उडान गराउने प्रयास भइरहेको खड्काले बताइन् । उनका अनुसार बिहीवार राति १० बजे क्वालालम्पुर र साढे ११ बजे दोहाको उडान तालिका रहेको छ ।


Advertisment
Nabil box
Kumari

बिहानदेखि निगमको उडान नै नभएका कारण यात्रुलाई सास्ती पाएकोले छिटोभन्दा छिटो उडान गराउन आफूहरू प्रयासरत रहेको निगमको भनाइ छ । 

Vianet communication

निगमले १५ वर्षदेखि उडान गरिहेका दुई जना क्याबिन क्रुको नवीकरण नगरिदिएको आरोप आन्दोलित कर्मचारीको छ । करार अवधि सकिएको तीन महिनासम्म पनि नवीकरण नगराई उडानमा लगाइरहेको र व्यवस्थापननिकट कर्मचारीको भने आकर्षक सेवा सुविधासहित नवीकरण गराएको भन्दै संघले बिरोध गरेको हो ।

क्याबिन क्रुलाई मासिक १०० घण्टासम्म मात्रै उडानमा लगाउन पाइने नियमविपरीत धेरै समय खटाएको, करार नवीकरण नभएका र बिरामी परेका क्याबिन क्रुका कारण उडान गर्न नसक्दा निगमको उडानै प्रभावित हुन पुगेको वायुसेवा निगम क्याबिन क्रु संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x