×

NMB BANK
NIC ASIA

तपाईं दायाँ लेनबाट सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला

मंसिर २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

तपाईं आफ्नो सवारीसाधन सडकको कुन लेनबाट चलाउँदै हुनुहुन्छ ? भाडाका सवारीसाधन हो भने कतै दायाँ लेनबाट चलाउँदै त हुनुहुन्न ? सावधान, तपाईं ट्राफिक प्रहरीको कारबाहीमा पर्नुहोला । कोटेश्वरपूर्व भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि बस, माइक्रोबसलगायत भाडामा चल्ने सम्पूर्ण सवारीसाधनलाई दायाँ लेनबाट सवारी चलाउन निषेध गरिएको छ ।

Muktinath Bank

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका चारवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति भक्तपुर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीका प्रतिनिधि एवं सरोकारवाला सम्मिलित बृहत् बैठकले भाडाका सवारीसाधनलाई बायाँ लेनमा मात्रै गुड्न पाउनेसहितको १४ बुँदे निर्णय गरी कार्यान्वयनमा ल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रजिअ शर्माले यो निर्णयलाई कार्यान्वयनमा ल्याउँदै भाडाका सवारीसाधनलाई बायाँतर्फको लेनमा मात्र गुड्न आह्वान गरिएको बताउँदै अटेर गर्ने चालकलाई कारबाही हुने बताइन् । भाडाका बस दायाँ लेनबाट हुइँकिएर बायाँ लेनमा प्रवेश गर्दा र जुन पायो त्यही लेन प्रयोग गर्दा दुर्घटना बढेको पाइएपछि  अन्तर्राष्ट्रिय ट्राफिक नियमलाई कार्यान्वयनमा ल्याउँदै दुर्घटना घटाउन यो निर्णय लागू गरिएको उनले बताइन् ।


Advertisment
Nabil box
Kumari

उनले भाडाका सवारीसाधन बायाँ साइडबाट मात्र चल्ने व्यवस्था कडाइका साथ लागू गर्ने, तोकिएको स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने, उच्च गतिलाई न्यूनीकरण गर्ने, लेन अनुशासन पालना गराउने, भाडाका सवारीसाधनमा भाडादर यात्रुले देख्ने गरी राख्ने, ज्येष्ठ नागरिक, अपाङ्गता, अशक्त, गर्भवतीलाई सवारी चढाउँदा र ओराल्दा विशेष सहजीकरण गरिदिने, आरक्षण सिटको पूर्ण पालना गराउने निर्णय गरिएको उनले बताइन् । 

Vianet communication
Laxmi Bank

प्रजिअ शर्माकाअनुसार चालक, सहचालकको बोली, व्यवहार, आचरण यात्रुमैत्री बनाउने, राजमार्ग तथा सडकपेटीमा थुपारिएका सामग्री तत्काल हटाउन लगाउने, जिल्लाभित्रका सडक निर्माण तथा मर्मतको काम सम्बन्धित कार्यालयले गर्ने, ट्राफिक नियम कडाइका साथ पालना गराउने, सडकको खाल्डाखुल्डी पुर्ने, चोक जक्सनमा ट्राफिक लाइट, सडक सङ्केत बोर्ड व्यवस्था गर्नेलगायतका निर्णय कार्यान्वयनमा ल्याइएको छ ।

भाडाका सवारीलाई बायाँ लेनमा मात्र गुड्न पाउने निर्णयलाई कडाइ गरिने बताउँदै महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका ट्राफिक प्रहरी निरीक्षक राजु कार्कीले अटेर गर्ने चालकलाई अब कारबाही गरिने बताए । 
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भक्तपुरमा गत साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा एक सय ६९ वटा सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको र १४ जना गम्भीर घाइते भएको जानकारी दिए । उनले भक्तपुर सडकमा मोटरसाइकल चालक र भाडाका सवारी चालकको लापरवाहीले दुर्घटना बढेको बताए।

ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक अवदेश विष्टले सवारीसाधन दुर्घटनालाई न्यूनीकरणका लागि गरिएको निर्णय कडाइका साथ लागू गर्ने बताउँदै यातायात व्यवसायीमार्फत भाडाका सबै सवारी चालकलाई बायाँ लेनमात्रै प्रयोग गर्न गराउन आग्रह गरे । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x