×

NMB BANK
NIC ASIA

विश्वकप फाइनल

​मेसी र एम्बाप्पेको वरिपरि बुनिँदै गरेको कथा : अन्तिमपटक जादू चल्ला कि गति ?

पुस ३, २०७९

NTC
Premier Steels

एक महिनामा अनेकौं अनपेक्षित नतिजाहरू आएपछि आइतवार विश्वकप फूटबलको फाइनलमा दुईवटा हेभीवेट टीमहरू भिड्दैछन् । 

Muktinath Bank

साबिक विजेता फ्रान्स र दुईपटकको विजेता अर्जेन्टिनाबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले फूटबल जगतमा कुनै एक खेलाडी भन्दा पनि खेल प्रणाली र शैली हावी हुन थालेको छ । तर यस विश्वकपमा सुपरस्टार खेलाडीहरूको वर्चस्व रह्यो । 


Advertisment
Nabil box
Kumari

अर्जेन्टिना र फ्रान्सको सफलतामा दुई प्रतिभाशाली खेलाडीहरू लियोनल मेसी र किलियन एम्बाप्पेको योगदान छ । उनीहरूले कतारमा पटकपटक आफ्नो देशका लागि उम्दा खेल देखाएका छन् । 

Vianet communication

मेसीको वरपर अर्जेन्टिनी टीम बुनिएको छ । अन्य खेलाडीहरूले उनलाई खेलमा आमूल परिवर्तन ल्याउने क्षणहरू सिर्जना गर्नका लागि योगदान गरिरहेका छन् । 

यो पहिलेको जस्तो अर्जेन्टिना हैन जतिखेर जसले पनि मेसीलाई नै बल दिन खोज्थ्यो अनि टीमका अन्य प्रतिभाशाली स्ट्राइकरहरूलाई बेवास्ता गरिन्थ्यो । अहिले मेसीले खेलमा प्रभाव पार्ने बेला भयो भन्ने संकेत नगरुन्जेल सक्रिय तथा मेहनती खेलाडीहरूले खेललाई गति दिइरहेका हुन्छन् । 

‘अर्जेन्टिनाले पहिलेदेखि नै विश्वस्तरीय खेलाडीहरू उत्पादन गर्दै आएको छ,’ फ्रान्सेली कप्तान तथा गोलकीपर ह्युगो लोरिसले फाइनलको पूर्वसन्ध्यामा पत्रकारहरूलाई बताए । 

‘म्याराडोना त्यस उत्कृष्टताका उम्दा उदाहरण थिए र अहिले लियोनल मेसी छन्,’ उनले थपे, ‘यी दुवै फूटबलका लेजेन्ड हुन् ।’

अर्जेन्टिना पहिलो खेलमा साउदी अरबसँग पराजित भएर रसातलमा पुगेको भए पनि मेसीको अब्बल खेलका कारण अहिले शिखरमा पुगेको छ । यस यात्राले अर्जेन्टिनी जनतालाई खुशीको शिखरमा पुर्‍याएको छ । 

‘सेमिफाइनल हेरेर धेरै अर्जेन्टिनीहरू खुशी भएको देख्दा हामी भावुक भयौं,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पत्रकारहरूलाई बताए । 

‘हामीसँग विश्वकै सर्वोत्कृष्ट समर्थकहरू छन्,’ उनले थपे, ‘हाम्रा समर्थकहरूले लामो समयदेखि खुशी मनाउन पाएका थिएनन् तर अहिले हामीले उनीहरूलाई आनन्दको अवसर उपलब्ध गराएका छौं ।’

मेसीले म्याराडोनाकै जस्तो गरी आफ्नो देशलाई विश्वविजेता बनाऊन् भनी अर्जेन्टिनीहरूले मात्र नभई फूटबल जगतले नै कामना गरेको छ । यी ३५ वर्षीय खेलाडीले हासिल गर्न बाँकी रहेको यही एक उपलब्धि हो । 

उनकै भाषामा यो उनको अन्तिम विश्वकप हो र यसमा उपाधि हासिल गरी उनले आफ्नो लोभलाग्दो फूटबल विरासतलाई अमर बनाऊन् भनी धेरैले आशा गरेका छन् । 

मेसीलाई सारा संसारले समर्थन गरिरहेकोमा एक्लोपन अनुभव हुन्छ कि भनी फ्रान्सका प्रशिक्षक डिडिएर डेशँलाई सोध्दा उनी फिस्स हाँसे । 

‘मलाई त्यस्तो भाव आउँछ,’ उनले पत्रकारहरूलाई बताए, ‘तर म एक्लो हुँदा पनि ठीकै छु, त्यसले मलाई तनाव दिँदैन ।’

‘अर्जेन्टिना र विश्वका धेरै मानिस अनि केही फ्रान्सेलीहरूले समेत विश्वकप मेसीले जिते हुन्थ्यो भनी अपेक्षा राखिरहेको मलाई थाहा छ,’ उनले थपे, ‘तर हामी आफ्नो लक्ष्य हासिल गर्नका लागि सबै किसिमका प्रयास गर्नेछौं ।’

लोरिसले पनि आफ्ना प्रशिक्षककै सोचलाई दोहोर्‍याउँदै मेसीको परीकथाको सुखान्तलाई रोक्न सबै प्रयास गर्ने बताए । 

‘हाम्रा समर्थकको समर्थन रहुन्जेल अरू केही कुराले पनि हामीलाई छुँदैन,’ उनले थपे, ‘फ्रान्सेलीहरू हाम्रो साथमा छन् भन्ने कुरा हामीलाई थाहा छ ।’

फ्रान्सले आइतवार एम्बाप्पे चम्किने आशा गरेको छ किनकि फाइनलमा आइपुग्दा फ्रान्सले केही समस्या बेहोर्नुपरेको छ । डिफेन्डरद्वय इब्राहिम कोनाते र रफाएल भराने अनि मिडफील्डर एड्रिन राबियो लगायतका खेलाडीहरू भाइरसको शिकार बनेका थिए ।

कोनाते, भराने र विंगर किंग्स्ली कोमान सबै शुक्रवारको ट्रेनिङमा उपस्थित हुन सकेनन् । 

प्रशिक्षक डिशँले अधिकतम सतर्कता अपनाइरहेको अनि नआत्तिइकन परिस्थितिलाई सम्हालिरहेको बताएका छन् । 

‘यस्तो भाइरस नलागेको भए बेश हुन्थ्यो तर हामी सकेसम्म व्यवस्थापन गर्न खोजिरहेका छौं,’ उनले थपे । 

एम्बाप्पे अघिल्लो विश्वकपबाट फूटबल जगतमा चम्केका हुन् । उनी फूटबलका महान् खेलाडी पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो टीनएजर बनेका थिए । 

यी २३ वर्षीय खेलाडीले यस प्रतियोगितामा थप उम्दा प्रदर्शन गरिरहेका छन् । उनले प्रतियोगितामा पाँच गोल गरिसकेका छन् जुन सन् २०१८ मा गरेको भन्दा एक गोल बढी हो । त्यससँगै उनले दुईवटा असिस्ट पनि गरेका छन् । 

पछिल्ला दुईवटा खेलमा उनले कुनै गोल नगरेको भए पनि उनको प्रभाव ती दुवै खेलमा परेको थियो । मोरक्कोविरुद्धको खेलमा उनले गोल नगरे पनि फ्रान्सले गरेका दुवै गोल उनको उपस्थितिकै कारण भएको थियो । 

मेसी र एम्बाप्पे दुवैले यस विश्वकपमा समान ५–५ गोल गरेका छन् । अघिल्लो विश्वकपको समेत गणना गर्दा प्रत्येकले ११ गोल वा असिस्ट गरेका छन् । त्यो अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । 

पछिल्लोपटक यी दुई टोली सन् २०१८ को विश्वकपमा भिडेका थिए । त्यतिखेर राउन्ड अफ १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएको थियो । त्यो उक्त प्रतियोगिताकै सर्वोत्कृष्ट खेल थियो । 

आज हुने फाइनल त्यस्तै किसिमको होला भन्न सकिन्न । 

अर्जेन्टिना र फ्रान्स दुवैमा यस प्रतियोगितामा अधिकतम गोल गर्ने खेलाडीहरू छन्: मेसी, एम्बाप्पे, ओलिभिएर जिरू र जुलियन अल्भारेज । तर यी दुवै टीम आफ्नो बलियो डिफेन्सका लागि परिचित छन् । 

दुवै टीमले बल खेलाउनुभन्दा डिफेन्ड गर्नुमा सहज अनुभव गरेका छन् । क्वार्टरफाइनल र सेमिफाइनल दुवैमा यिनीहरूले आफ्नो विपक्षीभन्दा कम पोजेजन लिएका थिए । 

फ्रान्स ठाडो र काउन्टर अट्याक फूटबल खेल्दा अब्बल प्रदर्शन गर्छ । जिरूको शक्ति र एम्बाप्पेको गतिका कारण फ्रान्सले कुनै पनि डिफेन्सलाई हावाकावा खेलाउन सक्छ । 

अर्जेन्टिनाले बललाई डिफेन्सबाट अट्याकमा छिटो पुर्‍याउन सकिरहेको छैन । तर यस टोलीले बलका साथ खेललाई नियन्त्रणमा लिने कोशिश गर्नुभन्दा पनि विपक्षीलाई छेक्न चाहिरहेको देखिन्छ । 

डिफेन्सिभ टीम भएकाले अर्जेन्टिना टुक्राटुक्रामा अब्बल भन्दा पनि एकढिक्का रहेर नै बलियो छ । उसले आफ्ना पछिल्ला ४२ खेलमा एउटा मात्र हारेको छ । 

प्रतियोगिताभरिको कुरा गर्दा अर्जेन्टिनासँग निकै उच्च प्रतिशत पोजेजन रह्यो । तर बलिया विपक्षीहरूसँग खेल्दा उसले बल आफ्नो नियन्त्रणमा लिन चाहेको देखिँदैन ।

फाइनलमा दुवै टोलीले घरिघरि बललाई नियन्त्रणमा लिने अनि अरू समयमा बलको नियन्त्रण विपक्षीलाई दिँदा पनि खुशी नै हुने सम्भावना छ । 

खेल शैली भन्दा पनि दुईजना खेलाडीको वरिपरि प्रश्नहरू केन्द्रित हुनेछन् । अर्जेन्टिनाले एम्बाप्पेलाई बल लिएर खुरुरु दौडिनका लागि स्पेस नदिने हिसाबमा कसरी रोक्छ ? फ्रान्सले आफ्नो डिबक्समा मेसीलाई बल लिनबाट कसरी रोक्न सक्छ ? 

बल खुट्टामा परेपछि मेसी र एम्बाप्पे दुवैलाई रोक्न निकै गाह्रो हुन्छ । त्यसैले यी दुई सुपरस्टारलाई बल पाउनबाट रोक्न सक्ने टीमले नै विश्वकप जित्छ ।

सीएनएन डट्कममा प्रकाशित एलसडेयर होवोर्थको सामग्रीलाई लोकान्तरका लागि विन्देशदहाल उल्था गरेका हुन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x