×

NMB BANK
NIC ASIA

भक्तपुरमा बढ्दो अपराध रोक्न स्थानीय तहसँग साझेदारी गरिने

पुस ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मानवअधिकार र आपराधिक घटना रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाका चारवटै स्थानीय तहसँग समन्वय एवं साझेदारी गर्ने भएको छ । भक्तपुरमा मानव अधिकारका घटना बढ्दै गएपछि त्यसतर्फ चिन्ता व्यक्त गर्दै आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय तहसँग क्षेत्राधिकार र बजेट रहेकाले उनीहरूसँग समन्वय र साझेदारी गरेर अपराध रोक्न सक्रिय रहने बताएकी हुन् ।

Muktinath Bank

उनले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिनेजानेकाबाटै हुने गरेको औंल्याउँदै चिनेजानेकाबाटै १८ वर्षमुनिका बालिका बढी पीडित हुने गरेको बताइन् । बहुविवाह र बालविवाहलगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउँदै उहाँले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनुपर्नेमा जोड दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहले महिला, बालबालिकालगायत धेरै क्षेत्राधिकार पाए पनि त्यसलाई समूचितरूपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय तहमा जानुपर्ने विषय जिल्ला प्रशासन कार्यालयमा आउने र त्यसको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । 


Advertisment
Nabil box
Kumari

जिल्लाका चारवटै नगरपालिकामा अपराधका घटना रोक्नदेखि प्रशासनका सेवा लिनसमेत सहज गर्ने गरी कार्य गरेका छौँ भन्दै प्रजिअ शर्माले यसबारेमा निर्वाचन अगाडि जिल्लाका दुई नगरपालिकासँग छलफल भइसकेको र अब बाँकी नगरपालिकासँग छलफल गर्ने बताइन् । 

Vianet communication
Laxmi Bank

स्थानीय तहसँग लैङ्गिक हिंसा रोकथाम कोष रहेको बताउँदै उनले अपराध रोकथाम, हिंसा न्यूनीकरण, उद्धार र पुनःस्थापना केन्द्र सञ्चालन गर्नेलगायतका कार्य अगाडि बढाउँदै गाउँगाउँमा चेतना अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याइन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घटना भने प्रहरीसम्म नआउने गरेको उल्लेख गर्दै स्थानीय तहले हिंसा न्यूनीकरणका लागि कार्यक्रम अगाडि ल्याउनुपर्नेमा जोड दिए । उनले सुरक्षादेखि समुदाय र विद्यालयस्तरमा समेत प्रहरीले सचेतना कार्यक्रम राख्दै आएको जानकारी दिए । 

भक्तपुरमा सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एक वर्षको अवधिमा महिला तथा बालिका गरी ५१ जना बलात्कारबाट पीडित भएका छन् भने चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुर्व्यवहारबाट पीडित भएको प्रहरीको तथ्याङ्कमा छ । 

यस अवधिमा आठ जनाको हत्या भएको छ भने १५ जनाको हत्या प्रयास भएको, ७० जनामाथि अभद्र व्यवहार भएको, एक जनामा जातीय छुवाछूतबाट पीडित भएको, १५ महिला बहुविवाहबाट पीडित भएको, एक सय ५३ जनाले आत्महत्या गरेको, चार जना आत्महत्या दुरुत्साहनमा परेको, एक सय ६८ जनाको सम्बन्ध विच्छेद भएको छ । त्यस्तै महिला, पुरुष र बालबालिका गरी यो वर्ष चार सय ४४ जना हराएकामा चार सय २४ जना फेला परेका छन् । 

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपाने, नेपाल पत्रकार महासङ्घ भक्तपुरका सल्लाहकार पुष्करराज बुढाथोकी, नेपाल पत्रकार महासङ्घ भक्तपुरका सचिव सञ्जिव शुभचिन्तक, चाँगुनारायण नगरपालिकाका सूचना अधिकृत नीला घिमिरे, सूर्यविनायक नगरपालिकाका पूर्व उपप्रमुख एवं अधिकारकर्मी जुना बस्नेतलगायतले सबै निकाय सचेत रहेमात्र अपराध न्यूनीकरण गर्न सकिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x