×

NMB BANK
NIC ASIA

राजनीति

पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ– 'देउवासँग आजै निर्णायक कुरा गर्छु, कुरा सकारात्मक छ'

पुस ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्वबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक कुरा गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यायल पेरिसडाँडामा बिहीवार बसेको पदाधिकारी बैठकमा प्रचण्डले पहिलो कार्यकालको प्रधामन्त्रीमा दाबी रहने बताएका हुन् । 

Muktinath Bank

‘सरकार गठनका लागि छलफल चलिरहेको छ, कुरा सकारात्मक नै छ । संसदीय दलको नेता चयनपछि आजै (बिहीवार साँझ) देउवाजीसँग कुरा गर्दैछु’, प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक सचिवले लोकान्तरसँग भने, ‘सकेसम्म माधवजी र मसँगै कुरा गर्न जान्छौँ ।’ प्रचण्डले एमालेसँग मिलेर सरकार गठनको सम्भावनाबारे भने केही बताएका थिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस संसदीय दलमा रामचन्द्र पौडेलले देउवालाई प्रस्ताव गर्नुले गठबन्धनमा सत्ता साझेदारीमा सहज संकेत देखिएको प्रचण्डले बताएका थिए । ‘रामचन्द्रजीले देउवालाई प्रस्ताव गर्नुको अर्थ छ, गठबन्धनमा सहमतिको संकेत हो’, प्रचण्डले भनेका थिए । 


Advertisment
Nabil box
Kumari

बिहीवार संसद् परिसरमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता पौडेलले राष्ट्रपति बन्ने सम्भावना इन्कार गरेका थिएनन् । राष्ट्रपति बन्दै हुनुहुन्छ रे नि भन्ने पत्रकारको प्रश्नमा पौडेलले भनेका थिए, ‘त्यही बेला थाहा हुन्छ !’ पौडेलले भनेका थिए ।

Vianet communication
Laxmi Bank

देउवाले पनि संसदीय दलको निर्वाचनपछि ‘पावर शेयरिङ’बारे छलफल गर्ने बताएका थिए । देउवा बुधवार संसदीय दलको नेता चयन भएका छन् । प्रचण्ड पनि बिहीवार संसदीय दलको नेता चयन भइसकेका छन् । 

प्रधानमन्त्री सिफारिस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय पुस १० गते आइतवार सकिँदैछ । बुधवार राष्ट्रपति कार्यालय र बिहीवार संसद् भवन परिसरमा ओली र प्रचण्डबीच भलाकुसारी भएको थियो । 

बिहीवार ओलीले प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयारी गर्न आग्रह गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x