×

NMB BANK
NIC ASIA

खेल विकासलाई गिज्याइरहेको खेलकुद संरचना [फोटो फिचर]

पुस ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । एकपछि अर्को खेलहरूमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ । क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरूबाट स्पष्ट हुन्छ । नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा भएका थिए । 

Muktinath Bank

यद्यपि मुख्य प्रशिक्षक परिवर्तनपछि भएका दुई मैत्रीपूर्ण खेल भने नेपालले जितेको छ । तर, फ्यानहरूका लागि त्यो पनि सन्तोषजनक छैन । दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन । हालै नामिबियामा सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन २ अन्तर्गत भएका सबै खेलमा नेपाल पराजय व्यहोर्न बाध्य भयो । साथै अन्य समूह चरणका खेलमा पनि नेपालले सन्तोषजनक नतिजा निकाल्न सकेको छैन । खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरू पनि कमजोर र जीर्ण बन्दै गइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढिरहेको नेपालमा भएका केही संरचनाहरूको समेत उचित संरक्षण र सम्बद्र्धन हुन नसक्नु दुःखद हो । यिनै जीर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरू बाध्य बनेका छन् । 


Advertisment
Nabil box
Kumari

भत्केका संरचनाहरू बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरू चनाखो देखिँदैन । संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ । सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ । 

Vianet communication
Laxmi Bank

खेलका संरचनाहरू बिग्रिँदै गएका छन् । सातदोबाटोस्थित स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाडौंको मूलपानीको क्रिकेट रंगशालालगायत अधिकांश काठमाडौं उपत्यकाका खेलकुद संरचनाहरू जीर्ण बनिरहेका छन् । त्रिपुरेश्वरस्थित स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ । रंगशालामा फ्याँकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरू तस्वीर हेर्दा नै कस्तो अवस्था रहेछ भन्नेकुरा स्पष्ट बुझिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x