भदौ १७, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका स्थानीय कमिटीले सम्भावित उम्मेदवारको नाम धमाधम सिफारिश गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका तल्ला निकायले सम्भावित उम्मे...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ ।
प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो कार्यकालका लागि मंगलवार शपथ लिएका छन् । प्रचण्डले सोमवार नै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । चुनावबाट चौथो दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी भएको छ ।
देशको अर्थतन्त्र शिथिल रहेको बेलामा प्रचण्डले नयाँ सरकारको नेतृत्व गरेका छन्, उनका सारथि बनेका छन्, नेपालमा सफल अर्थमन्त्रीको परिचय बनाएका विष्णु पौडेल । मन्त्रिपरिषद्को पहिलो बैठकमार्फत सरकारले अर्थतन्त्र सुधारका लागि केही स्वागतयोग्य निर्णय गरेको छ ।
अर्थतन्त्रमा देखापरेको तरलता संकुचन, उच्च ब्याजदरलाई सम्बोधन गरी अर्थतन्त्रलाई चलायमान बनाउने । सार्वजनिक खर्च मितव्ययी गराउन मन्त्रीहरूले बढेको तलब नलिने निर्णय प्रशंसनीय छन् ।
राज्यलाई पैसा तिरेर पाउनुपर्ने पासपोर्ट, राष्ट्रिय परिचयपत्र बनाउन पनि मानिसहरू घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने सरकारको अर्को महत्त्वपूर्ण निर्णय हो । विगतका सरकारले पनि यो गर्न सक्थे, तर पासपोर्ट लिनेको लाइनअगाडि मन्त्रीहरूले रवाफ देखाउँदै हिँडे ।
सरकारी सेवा लिनका लागि भइरहेको सास्तीका कारण सरकार र राजनीतिक दलहरूप्रति आमनागरिकमा वितृष्णा उत्पन्न भएको थियो । कम्तीमा सरकारले आफ्नो पहिलो निर्णयमार्फत नै केही सुधारको संकेत देखाएको छ ।
शपथपछिको प्रतिक्रियामा प्रधानमन्त्री प्रचण्डले केही नयाँ गरिछाड्ने संकल्प भएकाहरू सरकारमा रहेकाले जनअपेक्षा पूरा गर्न लाग्ने बताएका छन् ।
प्रचण्डले अहिलेसम्म राम्रा सारथि पाएका छन्, विष्णु पौडेल र रवि लामिछाने । पौडेल अर्थमन्त्री बन्नासाथ शेयर बजारमा सकारात्मक सन्देश प्रवाह भएको छ । यसले अर्थ क्षेत्रका अन्य सूचकमा पनि आत्मविश्वास बढाउने छ । गृहमन्त्री लामिछानेले पनि केही सुधारका काम थालनी गरेका छन् ।
सरकारको परम्परागत कार्यशैलीप्रति जनताले आम निर्वाचनमा आक्रोश पोखेका थिए । त्यो जनआक्रोश मत्थर गर्नका लागि प्रचण्ड नेतृत्वको सरकारले धेरै गर्नुपर्नेछ ।
जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको काममा सरकारको ध्यान जाओस् । प्रधानमन्त्री प्रचण्डलगायत नयाँ सरकारको उत्साही टीमलाई जनताको मन जित्ने गरी काम गर्न शुभकामना ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका स्थानीय कमिटीले सम्भावित उम्मेदवारको नाम धमाधम सिफारिश गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका तल्ला निकायले सम्भावित उम्मे...
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक महिनाको समय बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता पालना गराउने काममा सक्रियता देखाएको छ । सरकारका मन्त्री र दलका शीर्ष तहका नेतासँग पनि आयोग...
चुनाव ज्यादै खर्चिलो र भड्किलो भइरहेको गुनासो बढिरहेका बेला निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केही कसिलो आचारसंहिता प्रस्ताव गरेको छ । उम्मेदवारले गर्न पाउने चुनावी खर्चको सीमा तोक्दै आयोगले सोमवा...
तमाम अन्योल र आशंकाबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उम्मेदवारी मनोनयनपछि पनि तोकिएको मितिमा चुनाव हुनेमा दलकै नेताहरूले सन्देह व्यक्त गरेका थिए । देशका...
लोकतान्त्रिक विश्व समुदाय ‘खुला सरकार’को बहसमा रहेको समयमा नेपाली समाजलाई अँध्यारो युगतिर फर्काउने सोचसहित सूचनाको हकलाई संकुचित गर्ने प्रयास भएको छ । संविधानले नै सुनिश्चित गरेको सूचनाको हक...
आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीवार मध्यरातिबाट मौन अवधि शुरू भएको छ । राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका लागि पर्याप्त समय पाएका थिए । बिहीवार साँझसम्ममा उम्मेदवारले घ...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...