×

NMB BANK
NIC ASIA

प्रचण्डको व्यवहारबाट दुःखी छु : माधव नेपाल

पुस १२, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहारबाट दुःखी भएको बताएका छन् । 

Muktinath Bank

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशले पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी गठबन्धनमा थियौं । सरकार गठनको बारेमा छलफलमा थियौं तर प्रचण्डले हामीलाई जानकारी समेत नदिई अरूको समर्थनमा प्रधानमन्त्री भए । प्रचण्डको यो व्यवहारले दुःखी छु,’ नेपालले भने । 


Advertisment
Nabil box
Kumari

कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई हेपेको टिप्पणी पनि नेपालले गरेका छन् । ‘चुनावमा हामीले गठबन्धन कायम राख्छौं भनेका थियौं, राख्यौं । चुनावमा कांग्रेस केही ठूलो शक्ति भएर आयो तर २०७४ सालमा एमाले जस्तो ठूलो भएको पनि होइन । यो नतिजाले पनि कांग्रेसको भूइँमा खुट्टो रहेन,’ उनले भने, ‘चुनावको नतिजापछि कांग्रेसले पनि हामीलाई हेप्यो, माओवादीले पनि हेप्यो ।’

Vianet communication

निर्वाचनमा भने गठबन्धनले गर्दा एकीकृत समाजवादीलाई फाइदा नै भएको नेपालले सुनाए । कांग्रेसले एकीकृत समाजवादीकै कारण सरकार चलाउन पाएको र अहिलेको अवस्थामा पुगेको भए पनि कांग्रेसका नेताहरूले गुण नदेखेको नेपालले टिप्पणी गरे । 

चुनावका बेला १–२ सीटमा पनि कांग्रेसले एकदमै असहयोग गरेको उनले बताए । पछिल्ला दिनमा आफू निरन्तर प्रचण्डसँग कुराकानीमा रहेको भन्दै उनले परिस्थिति जटिल अवस्थामा रहेको नेपालले बताए । 

‘रवि लामिछानेले क्रान्तिकारी कुरा गरेर आएका छन् तर जनताको असन्तुष्टि सम्बोधन गर्न शेरबहादुरबाट हुँदै प्रचण्ड नै अगाडि सर्नुपर्छ भनेर मैले नै भनेको हो तर प्रचण्डले एक्लाएक्लै भेटेर खुसुखुसु कुरा गरेर प्रधानमन्त्रीको आश्वासन लिइहाल्नुभयो,’ उनले भने । 

तर पछि देउवाले प्रधानमन्त्री दिन नचाहेपछि मात्रै प्रचण्डले आफूलाई पहल गरिदिनुपर्‍यो भनेको नेपालले सुनाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x