फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
पुस १३, २०७९
पछाडि एउटा झोला, साइडमा अरू २ वटा अलि साना झोला भिरेकी छन् । दुवै हातमा लिएकी छन् ‘स्ट्रबेरी’को सानो–सानो प्याकेट । न्यूरोडको सडकपेटीमा हिँड्दै गरेकी ३८ वर्षीया माया खत्री पैदल हिँड्नेहरूलाई भन्दैछिन्, ‘ल स्ट्रबेरी लिनुस्, स्ट्रबेरी ।’
हातको ‘स्ट्रबेरी’ सकिएपछि झोलाबाट फेरि ३ वटा प्याकेट निकालेर उनी त्यसैगरी बिक्री गर्छिन् ।
‘सडकमा राखेर बिक्री गर्न दिँदैनन् । यहीँ बट्टा (प्याकेट) बनाएर बिक्री गर्दै हिँड्ने हो,’ उनले भनिन्, ‘नगर प्रहरी आइहाले भने झोलामा राख्ने हो । त्यही पनि देखे भने खोस्न आइहाल्छन् ।’
दुःखजिलो गरी उनले सडकपेटीमा व्यापार गर्दै आएको वर्षौं भएको छ तर हिजोआज त्यो दुःख र तनाव निकै बढेर गएको सुनाउँछिन् खत्री ।
सडकपेटीमा व्यापार गर्दै हिँड्दा पनि कतिबेला नगर प्रहरी आएर सामान खोसिदिन्छन् भन्ने डरले घेरिरहन्छ उनलाई । चनाखो रहँदारहँदै कहिलेकाहीँ हातको सामान खोसिएको पनि छ ।
खत्रीलाई यसरी व्यापार गर्न रहर छैन । तैपनि दैनिक गुजारा र २ छोरीको पढाइका लागि यो काम नगरी सुखै छैन उनलाई ।
दोलखाकी उनका श्रीमान् बेपत्ता भए । छोराछोरी भएपछि श्रीमान्ले छाडेर गएको उनी सुनाउँछिन् । २ छोरीको लालनपालन उनी स्वयंले यसैगरी सडक व्यापारबाट गर्दै आएकी छन् । यसरी सडकमा आएर व्यापार गर्दा उनले मुस्किलले दैनिक ४००–५०० रुपैयाँ कमाउँछिन् । एकदिन सडकमा आइनन् भने साँझ आफू के खाने हो ? छोरीहरूलाई कसरी खुवाउने हो ? सोच्दा पनि उनी थप पिरोलिन्छिन् ।
‘कहिलेकाहीँ बिरामी भएँ भने पनि गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘अस्ति १ हप्ता बिरामी भएँ । त्यो बेला छोरीहरू साथीहरूकोमा गएर १/१ छाक खाना खानुपरेको थियो ।’
२ छाक टार्नै धौधौ परिरहेको अवस्थामा छोरीहरूलाई स्कूल पठाउन उनलाई सजिलो थिएन । उनले एकपटक पढाउन नसक्ने स्थिति भएर मन भारी बनाउँदै छोरीहरूलाई स्कूलबाट निकाल्न समेत खोजेकी थिइन् तर शिक्षकहरूको सहयोगमा छोरीहरूको पढाइ खर्च कोही मन हुने धनाढ्यले व्यहोर्ने भए । ‘यहीँ न्यूरोडको एकजना दाइले सानी छोरीको पढाइ खर्च तिरिदिँदै आउनुभएको छ । ठूली छोरी पनि त्यसैगरी पढाएकी हुँ,’ उनले भनिन् ।
०००
७० वर्षीया मञ्जु शाक्य आफ्नो २ बित्ताको पेट पाल्नका लागि न्यूरोड परिसरको सडकपेटीमा सानो व्यापार गर्दै आएकी छन् ।
मास्क लगायतका साना–साना सामग्रीहरू बिक्री गर्नु उनको हिजोआजको दिनचर्या हो । ५ वर्ष अगाडिसम्म उनी सडकमा तरकारी व्यापार गर्थिन् ।
‘तर बिहान ३ बजे उठेर तरकारी लिन जानुपर्ने । बूढीमान्छे, त्यो पनि एक्लै भएकाले एकदमै गाह्रो भयो,’ उनले भनिन्, ‘त्यसपछि यतातिर लागें ।’ परिवारमा कोही छैनन् उनको । न्यूरोडनजिकै ५ हजार भाडा बुझाउने गरी एउटा डेरा लिएकी छन् उनले । २ छाक टार्न र कोठा भाडा बुझाउन उनले नगर प्रहरीसँग दिनहुँ लुकामारी गर्दै व्यापार गर्नुपर्छ । उनको पनि धेरैपटक सामान खोसिएको छ । हिजोआज व्यापार गर्दा पनि चनाखो भइरहनुपर्छ ।
‘ग्राहक सामान किन्न आउँदा व्यापार गर्नभन्दा पनि यताउति आँखा डुलाइरहनुपर्छ, सामान लुकाउन सके जोगियो, नत्र गयो,’ उनी भन्छिन्, ‘तर मसँग अरू काम गर्न सक्ने क्षमता पनि त छैन ।’
मञ्जु रायमाझीको बचपन नै न्यूरोड आसपासको सडकपेटीमा व्यापार गरेर बित्यो । आजपर्यन्त उनी सडकपेटीमा व्यापार गर्दै आएकी छन् । सिजन अनुसारको फलफूल बिक्री गर्दै आएकी उनी हिजोआज ‘स्ट्रबेरी’ बिक्री गर्दै गरेको भेटिन्छिन् । उनका श्रीमान्, छोरी र छोरा गरी ४ जनाको परिवार छ तर श्रीमान्को प्राइभेट जागिरले काठमाडौंमा बस्न, छोरीछोरा पढाउन सम्भव नभएकाले आफूले सडकको व्यापारलाई निरन्तरता दिएको मञ्जु बताउँछिन् ।
माया र मञ्जु न्यूरोड क्षेत्रमा सडकपेटीमा व्यापार गर्ने केही प्रतिनिधि पात्र हुन् । यद्यपि काठमाडौंमा उनीहरू जस्ता थुप्रै व्यक्तिहरू भेटिन्छन्, जो दैनिक गुजाराका लागि सडकपेटीको व्यापार गर्छन् । सडकपेटीमा व्यापार नगर्ने हो भने उनीहरूको साँझबिहानको छाक टर्दैन । जुन व्यापारका लागि उनीहरूले दिनहुँजसो नगर प्रहरीसँग ‘लुकामारी’ गर्नुपर्छ ।
‘गरीबहरू पनि यही देशका नागरिक हुन्’
३० वर्षदेखि सडकमा व्यापार गर्दै आएकी मञ्जु रायमाझीले अहिलेजस्तो गाह्रो अवस्था कहिल्यै नभोगेको लोकान्तरसँग बताइन् । महानगरको ज्यादती पहिल्यैदेखि भए पनि अहिले जस्तो गाह्रो अवस्थाबाट आफूहरू यसअघि गुज्रिनु नपरेको उनको अनुभव छ ।
उनका अनुसार नगर प्रहरीसँगको दौडधूपमा सडकमा व्यापार गर्ने एक वृद्ध महिलाको हात भाँचियो । ‘बूढाबूढीहरू, जससँग कुनै विकल्प छैन । कि मर्नुपर्यो कि गरिखान पाउनुपर्यो । गाह्रो भएकाहरूलाई हेरिदेओस् भन्ने आशा थियो,’ रायमाझी भन्छिन्, ‘गरीब पनि यही देशका नागरिक हुन्, विकल्प नभए पनि खान, बाँच्न त पाउनुपर्यो ।’
लुकाएर व्यापार गरिरहँदा नगर प्रहरीले देखेपछि भागेर २/३ तल्लासम्म पुगेकाहरूको सामान समेत समाउने गरेको उनको गुनासो छ । बाटोमा बसेर ब्यापार गर्न कसैलाई पनि रहर नहुने बताउँदै उनले थपिन्, ‘राम्रोसँग छानबिन गरेर अवस्था नहुनेहरूलाई गरिखाने वातावरण होस् ।’ ७० वर्षीया मञ्जु शाक्य पनि गरीब, दुःखी, असहाय छुट्याएर कुनै विकल्प दिनुपर्ने बताउँछिन् । ‘हाम्रो घर, सम्पत्ति केही छैन । सघाउने अरू कोही पनि छैनन्,’ उनले भनिन्, ‘केही नहुनेहरूलाई त महानगरले सहज गरिदिनुपर्ने हो । कि कुनै ठाउँ तोकिदेओस् कि समय तोकिदेओस् ।’
दिनहुँ लुकामारी गरेर व्यापार गर्दा कुनै दिन चोटपटक लागे उपचार कसरी गर्ने भन्ने चिन्ताले समेत सताउने उनको भनाइ छ ।
महानगरले निरीक्षण गरेर आफूहरू जस्तो दिनभर काम गरेर साँझ छाक टार्नेहरूलाई कुनै विकल्प दिनुपर्ने माया खत्री आग्रह गर्छिन् । ‘यस्ता जनता नै चाहिँदैन भन्ने लागेमा बरु मारिदिए भयो,’ उनी भन्छिन्, ‘होइन भने समय तोकेर, ठाउँ तोकेर गाह्रो नपर्ने ठाउँमा राखे राम्रो हुन्छ ।’ बाध्यता हो कि रहर हो भन्ने कुरा नगर सरकारले बुझिदिनुपर्ने उनको आग्रह छ ।
हेर्नुहोस्, भिडियो :
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...