कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पुस १६, २०७९
बुटवलका गंगाधर आचार्यको जीवन आफैंमा एउटा फिल्मजस्तो छ । पर्वतको साविक जलजलामा जन्मे–हुर्केका आचार्यलाई सानैमा पोलियो भयो, समयमै उपचार हुन नसक्दा उनी जीवनभर अपाङ्ग हुन पुगे ।
कहिल्यै निको नहुने पोलियोले निम्त्याएको बेचैनी र पीडा जितेर उनी अक्षर र तस्वीरसँग रमाइरहेका छन् ।
गंगाधर पाइला–पाइलामा अप्ठ्यारा पर्खाललाई छिचोल्दै अहिले सफल कलाकार (आर्टिस्ट) को रूपमा स्थापित भएका छन् । २५ वर्षदेखि सिर्जनशीलतामा रमेका गंगाधर अहिले ‘गंगा आर्टस्’को नामले बढी परिचित छन् ।
रूपन्देहीका शहरका भित्तामा चित्र बनाउने/लेख्नेदेखि बोर्ड–ब्यानर, सन्देश सामग्री बनाउन उनकै खोजी हुन्छ । ४३ वर्षका गंगाराम भन्छन्, ‘दुःखमा भोगेका अलग रंगहरू अहिले म पेन्टिङमा देख्छु । एक्लै सिर्फ एक्लै संघर्ष गरेर यहाँसम्म आइपुगें ।’
‘समस्याबाट भागेको भए उनी अहिले यो अवस्थासम्म आइपुग्ने थिएनन् । समस्यासँग डराउनु भनेको अन्य समस्यालाई निमन्त्रणा दिनुजस्तै हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्ने रहेछ । जीवन नै यहीँ रहेछ भन्ने मैले संघर्षबाटै सिकें/बुझें,’ गंगाधर थप्छन् ।
गंगाधरका बुवाको सानैमा निधन भयो । पोलियोले अपाङ्गता बन्न पुगेर हिँडडुल गर्न नसक्ने आचार्यलाई आमा लक्ष्मीले बुटवल ल्याएर छाडिदिइन् । आमालाई घरधन्दा र खेतीपातीले गर्दा फुर्सद हुँदैन्थ्यो । दाइदिदी पढ्न स्कूल जान्थे, गंगाधर दिनभर हातखुट्टाले टेकेर घर वरिपरि फन्को मार्थे । स्कूल टाढा हुँदा उनी पुग्न सक्थेनन्, गाउँघरमा बोकेरै पुर्याउन पनि सम्भव भएन । गंगाधरको उमेर बढ्दै जाँदा सास्ती पनि थपिँदै गयो ।
बुटवलस्थित समाज कल्याण केन्द्र (हाल बालगृह) ले अनाथ तथा अपाङ्गता भएका बालबच्चालाई आश्रय दिन्छ । प्रवेशिका परीक्षा (एसएलसी) सम्म पढाइदिन्छ तर घरपरिवारमा रेखदेख गर्ने र आश्रय दिने व्यक्ति भए केन्द्रले राखिदिने खबर उनकी आमा लक्ष्मीले पाइन् ।
विक्रम संवत् २०४२ सालमा गंगाधर ७ वर्षको हुँदा लक्ष्मीले बुटवल ल्याएर छोरालाई छाडेर गइन् । गंगाधरलाई त्यो ७ वर्षमा आमाले बिरानो शहरमा छाडेर गएको सम्झना अझै ताजा छ ।
बुटवल आएको ३ वर्षजति उनी मसिना खुट्टा घिसारेरै हिँडे । गोलीगाँठोभन्दा तलको भाग बाङ्गो थियो, सिधा नभएर एकअर्कामा फर्किएका । बुटवल राजमार्ग चौराहामा रहेको केन्द्रमा बस्न थालेपछि उनी पढ्न भनेर तत्कालीन कालिका माध्यमिक विद्यालयमा भर्ना भए । एक–डेढ किलोमिटर टाढाको स्कूल पुग्न गंगाधरलाई घन्टौं लाग्थ्यो ।
पछि विक्रम संवत् २०४५ सालतिर उनलाई केन्द्रबाटै उपचारका लागि काठमाडौं लगियो । १ वर्ष उपचारपछि पैताला अगाडि फर्किए । बाङ्गिएकै भए पनि खुट्टा टेकेर बाहिर–भित्र हिँडडुल गर्न सक्ने भए । थप सुधार हुँदै थियो, २०४६ सालको जनआन्दोलन शुरू भयो । उपचार अघि बढ्न सकेन । उनी बुटवल फर्किए र पढाइलाई निरन्तरता दिन थाले ।
विक्रम संवत् २०५२ सालमा एसएलसी दिएका उनी उत्तीर्ण हुन सकेनन् । केन्द्रमा एसएलसीसम्म मात्रै बस्न पाइन्थ्यो, त्यसैले त्यहाँबाट बाहिरिनुपर्यो ।
आश्रमबाट निस्केपछि के गर्ने ? कहाँ बस्ने ? गंगाधरलाई केही थाहै थिएन । आमा र दाइ उनले एसएलसी दिने बेलासम्म पर्वतबाट बसाइँसराइँ गरी चितवन झरिसकेका थिए । भाइ निस्कने थाहा पाएपछि उनलाई लिन दाजु बुटवल आए पनि उनी घर जान तयार भएनन् । त्यसपछि संघर्षका दिन सडक र प्रतीक्षालयबाटै शुरू गरे उनले । शुरूमा केही समय प्रतीक्षालयमा बसे । दिनभरि पसल अगाडि च्यातिएका नोट जम्मा गर्थे । त्यही नोट जाडेर बैंक लैजान्थे । साटेर नयाँ नोट ल्याउँथे । त्यसैगरी केही समय बिताए । सधैं फाटेका नोट त कहाँ भेटिन्थे र ? गंगाधरले त्यसपछि केही गर्नुपर्छ भन्ने सोचविचार गरे ।
सानो उमेरमा उनको रुचि पेन्टिङमा थियो । फाटेका नोट जम्मा गरेर खान समेत नपुगेपछि उनले विक्रम संवत् २०५३ सालदेखि पेन्टिङको काम शुरू गरे । कोठा भाडामा लिएर बस्न र पेन्टिङ गर्न थाले ।
त्यो बेला अहिले जस्तो डिजिटल साइन बोर्डहरू थिएनन् । हातले नै लेखेर बोर्ड, ब्यानर राखिन्थ्यो । उनले पेन्टिङ गर्न थालेपछि जीवन सहज मात्र चलेन, केही आर्थिक बचत पनि हुन थाल्यो । त्यो बेला देशमा निर्वाचन हुँदै थियो । झण्डा बनाउने, व्यानर बनाउने कामले उनलाई भ्याइँनभ्याइँ भयो ।
‘चुनावको बेला धेरै काम पाइन्थ्यो । चुनावबाटै भएको आम्दानीले २०७४ सालमा घर किन्न सफल भएँ,’ गंगाधरले भने । राजनीतिक दलका झण्डा, राष्ट्रिय झण्डा, स्कूल तथा कक्षाका भित्तामा विभिन्न चित्र तथा अक्षर लेख्न परे उनकै नाम पहिले आउँछ । अहिलेको अवस्थासम्म आइपुग्न उनकी आमाको त्यागसँगै गंगाधर आफ्नो मेहनतको पनि ठूलो देन छ ।
पेन्टिङ गरेरै उनले बुटवलमा घर बनाएका छन् । केही गर्ने मनमा इच्छाशक्ति भए अपाङ्गताले नछेक्ने उनको बुझाइ बनेको छ । २०६२ सालमा बुटवलकै एउटा रेडियोमा गंगाधरको अन्तर्वार्ता बज्यो । त्यो अन्तर्वार्ता बजेपछि गौरी नाम गरेकी युवतीले उनलाई पत्र पठाइन् । ४ महिनाजति पत्र आदानप्रदानको क्रम जारी रह्यो । पछि उनीहरूले भागेर बिहे गरे ।
‘म हिँड्न नसक्ने, मागेर नगर्देलान् भनेर भागेर बिहे गर्यौं । अहिले हामी दुवै खुशी छौं,’ गंगाधर भन्छन् । गौरीको साथ पाएपछि गंगाधरको हौसला बढेको छ । उनीहरूका २ सन्तान छन् । जेठी छोरी गरिमा कालिका मानवज्ञान माध्यमिक विद्यालयमा १० कक्षामा पढ्छिन् भने कान्छी कृति पनि सोही स्कूलमा ३ कक्षामा पढ्छिन् ।
गंगाधरलाई शुरूशुरूमा काम पाउन निकै मुस्किल पर्यो । धेरैले शरीरलाई काम गर्ने ‘जोखना’का रूपमा तुलना गरेको उनी बताउँछन् । ‘काम सानो–ठूलो हुँदैन्थ्यो तर मेरो शरीर हेरेर काम दिन गाह्रो मान्थे,’ गंगाधरले विगत सम्झे । उनलाई अहिले भने काम पाउन गाह्रो छैन । फोन सम्पर्कको भरमा अहिले काम पाइरहेका छन् उनी । एकपटक काम लगाएकाहरूले अहिले पनि गंगाधरबाटै काम लगाउने गरेका छन् ।
ठूला भित्ते पेन्टिङ गर्न गंगाधरलाई खुट्टाले दिँदैन । भूइँमै बसेर र सामान्य उभिएर गर्नुपर्ने काम एक्लै गर्छन् । ठूला पेन्टिङको काम साथीहरूसँग मिलेर गर्दै आएका छन् ।
आचार्य भन्छन्, ‘पहिले खासै व्यापार हुन्थेन, अहिले ‘आर्ट’लाई बिस्तारै बुझ्न थालिएको छ । मेहनतको प्रतिफल राम्रै भइरहेको छ । २–४ पैसा यसैबाट कमाइन्छ । आफूसहित परिवारलाई खुशी राख्न सकेको छु ।’
आर्ट मनको आनन्द पनि हो, कलाभित्र सन्तुष्टि हुनुपर्छ भन्दै निरन्तर लागिरहेका छन् आचार्य । ‘कला मेरो रोजाइँको विषय हो । यसबाट म सन्तुष्ट छु,’ गंगाधर भन्छन्, ‘हिजो भित्तेलेखन व्यवसाय खासै माथि उठ्न सकेको थिएन । यो व्यवसायका विषयमा ज्ञान समेत कम हुन्थ्यो । आज त्यो अवस्था छैन । आर्ट अध्ययन समेत गर्न पाइन्छ ।’ पछिल्लो समय कला क्षेत्रमा रुचि राख्ने युवाको संख्या पनि बढ्दो छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...