×

NMB BANK
NIC ASIA

‘महोत्सवमा ढुंगा प्रहार’बारे दुर्गेशको प्रष्टीकरण – यत्तिकै हल्ला फैलाइयो

पुस १७, २०७९

NTC
Premier Steels

गायक दुर्गेश थापा पछिल्लो समय मेला महोत्सवमा ब्यस्त देखिएका छन् । देशका विभिन्न जिल्लामा भइरहेका स्टेज कार्यक्रममा पुगेर उनले आफ्नो साङ्गीतिक प्रस्तुतिमार्फत माहोल तताइरहेका छन् । 

Muktinath Bank

उनै गायक थापा शनिबार कपिलवस्तुमा आयोजित ‘सातौंँ चन्द्रौटा महोत्सव’मा पुगेर प्रस्तुति दिए । उनलाई र उनको प्रस्तुति हेर्न महोत्सवमा दर्शकहरुको बाक्लो भीड लागेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त महोत्सवमा प्रस्तुति दिँदै गर्दा उनीमाथि ढुंगा प्रहार भएको हल्ला समेत यतिबेला चर्चामा छ । 


Advertisment
Nabil box
Kumari

केही स्थानीय अनलाइनहरुमा समेत उनीमाथि ढुंगा प्रहार भएको भनेर समाचारहरु आएका छन् । 

Vianet communication

गायक दुर्गेशले भने उक्त कुरा हल्ला मात्रै भएको बताएका छन् । ‘केही भएको होइन् । त्यो कुरा हल्ला मात्रै हो’ लोकान्तरसँग कुरा गर्दै उनले भने, – ‘मैले कार्यक्रमको भिडियो एवं फोटो पनि फेसबुकमा राखेको छु । एकदमै राम्रो तरिकाले कार्यक्रम भएको थियो ।’

त्यहाँको स्थानीय तहका प्रमुखले नै फेसबुकमा स्टाटस् लेखेर गलत हल्ला फैलाएको दुर्गेशको आरोप छ । 

स्थानीय तहका प्रमुख र मेला आयोजक संस्थाका अध्यक्ष फरक राजनीतिक दलको रहेको कारण नगरप्रमुखले गलत हल्ला फैलाएको दुर्गेशको आरोप छ ।

मेला बिथोल्नका लागि गलत हल्ला फैलाएको उनी बताउँछन् ।

‘स्थानीय सञ्चारमाध्यमलाई प्रयोग गरेर गलत लेख्न लगाइएको हो’ दुर्गेशले भने, – ‘८ हजार बढी दर्शक हुनुहुन्थ्यो, यदि मलाई ढुंगा हानेको भए कसै न कसैको भिडियोमा पनि देखिन्थ्यो होला ! यो सबै अफवाह हो ।’ 

महोत्सवमा बढेको ब्यस्तता
दुर्गेशले महोत्सवमा प्रस्तुती दिँदै गर्दाको भिडियो र तस्वीरहरु फेसबुकमा शेयर गरेका छन्, जहाँ दर्शकको बाक्लो भीड देखिन्छ ।

भिडियोमा दर्शकहरुले उनको नाम लिँदै चर्को हुटिङ गरेका छन् ।

केही समय मेला महोत्सवबाट सुस्ताएजस्तो देखिएका दुर्गेशको ब्यस्तता केही समययता फेरि बढेको छ ।

उनी हिजोआज दिनहूँजसो स्टेज कार्यक्रममा ब्यस्त बनिरहेका छन् । र, मेला महोत्सवमा उनको क्रेज पनि राम्रो देखिने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x