×

NMB BANK
NIC ASIA

प्लाष्टिकजन्य फोहोर प्रशोधन गरेर आम्दानी गर्दै टीकापुर अस्पताल

पुस २०, २०७९

NTC
Premier Steels

कैलालीको टीकापुर अस्पतालले फोहोर प्रशोधन गरेर कमाइ गर्न थालेको छ ।

Muktinath Bank

कैलालीमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन सबैलाई चुनौती बनिरहेको समयमा अस्पतालले १ महिनादेखि प्लाष्टिकजन्य फोहोर प्रशोधन गरेर आम्दानी लिन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालले १ महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

अस्पतालमा जडान भएका २ अटोक्लेभ मशिनमा प्लाष्टिकजन्य फोहोर प्रशोधन हुन १ घण्टा लाग्छ भने रगतजन्य पदार्थ लागेका सामग्री प्रशोधन हुन २ घण्टा लाग्छ । अस्पतालमा एउटा अटोक्लेभ मशिन १० वर्षअघि कोरियाली सहयोग नियोग (कोइका) ले दिएको थियो भने अर्को मशिन विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको थियो । 

Vianet communication

स्वास्थ्य संगठनकै सहयोगमा मशिन जडान भई सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए । ‘प्लाष्टिकजन्य फोहोर व्यवस्थापन चुनौती रहेका बेला हामीलाई मशिन जडानपछि सहज भएको छ,’ उनले भने, ‘हामीले स्थानीय पालिकामा संकलन भएको फोहोर प्रशोधनमा पनि सघाउन सक्छौं । हामीले आसपासका केही पालिकासँग कुरा पनि गरेका छौं । पालिकाहरूले चाहेमा हामी प्रशोधनमा सघाउन सक्छौं ।’

अस्पतालमा फोहोर निर्मलीकरण हुन थालेपछि हरेक वार्डमा फरक–फरक रंगका बाल्टिन राखिएका छन् । प्लाष्टिकजन्य  र रगतजन्य फोहोर राख्नका लागि हरेक वार्डमा रातो, निलो, हरियो रंगका बाल्टिन राखिएका छन् । सिसाजन्य फोहोर राख्नका लागि साना बाल्टिन राखिएका छन् ।

फोहोर छुट्याएर तोकिएको भाँडामा राख्नका लागि अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र नर्सहरूले बिरामीलाई पटक–पटक आग्रह गर्ने गरेका छन् । यसरी अस्पतालमा संकलन भएको फोहोर दैनिक अस्पताल परिसरमै रहेको फोहोर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरिन्छ । ‘निर्मलीकरण भएको फोहोर बिक्रीका लागि राखिन्छ । बिक्रीका लागि खासै समस्या छैन,’ अध्यक्ष सोडारी भन्छन्, ‘यसरी निर्मलीकरण गरेको रगतजन्य पदार्थ खाल्डोमा राखिने, प्याड सुकिसकेपछि आगोले जलाउन मिल्ने र अन्य सामग्री पुनः प्रयोगका लागि बिक्री गर्न थालेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x