×

NMB BANK
NIC ASIA

गभर्नर अधिकारको अर्को रूप

अवसरवादी गभर्नर : जता पाक्छ काफल गेडी, उतै नाच्छ चरी !

एमालेबाट नियुक्ति, पछि कांग्रेससँग लसपस, फेरि एमालेकै चाकडी’

पुस २२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकले ७ भदौमा सार्वजनिक गरेको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन १ कात्तिकबाट लागू भएको थियो ।

Muktinath Bank

यो मार्गदर्शनलाई कम्तीमा दुई वर्ष पछाडि धकेल्न र तत्काल लागू नगर्न निजी क्षेत्रका व्यवसायीले दबाब दिइरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थतन्त्र सुधारका लागि र कर्जा अपचलन रोक्न भन्दै राष्ट्र बैंकले कात्तिकदेखि नै यसलाई लागू गर्‍यो ।


Advertisment
Nabil box
Kumari

मार्गदर्शन लागू गरेर राष्ट्र बैंक करीब डेढ महिनासम्म आफ्नो हठबाट टसमस भएन । निजी क्षेत्र सडकमा बसेर कराइरह्यो ।

Vianet communication
Laxmi Bank

व्यवसायीले राजनीतिक नेतृत्वलाई भेटेर ज्ञापनपत्र दिनेदेखि सार्वजनिकरूपमै राष्ट्र बैंकको नीति र गभर्नरको कार्यशैलीको विरोध गर्दै आए ।

केन्द्रीय बैंक ९ पुससम्म निजी क्षेत्रको मागप्रति बेवास्ता गरेरै बसेको थियो । यतिसम्म कि निजी क्षेत्रलाई भेटका लागि समय दिएर गुनासो सुन्न समेत गभर्नर अधिकारी तयारी भएका थिएनन् ।

१० पुसमा नयाँ सरकार बनेपछि भने गभर्नर अधिकारी एकाएक ‘यूटर्न’ भए । पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग टकराव परेका कारण आफ्नै नीति र हठमा लागेका गभर्नर अधिकारी सरकार परिवर्तन भएको एक सातामै केन्द्रीय बैंकको नीति परिमार्जन गर्न तयार भए । 

११ गते एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा काठमाडौंबाहिर रहेका अधिकारी मन्त्रीको स्वागतमा देखिएका थिएनन् । तर, भोलिपल्टबाटै अर्थमन्त्रालय धाउन थालेका अधिकारीले बुधवार चालू पूँजी कर्जासम्बन्धी निर्देशन संशोधन गर्नुअघि १० पटक अर्थमन्त्रीलाई भेटिसकेका थिए ।

उनले निजी क्षेत्रले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमदेखि आफैं सदस्य हुने समितिको बैठकसम्ममा अर्थमन्त्रीलाई भेटेर निर्देशनानुसार काम गर्ने प्रतिबद्धता पटक–पटक दोहोर्‍याएका थिए ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मा हुँदा देखभेट समेत नहुने गरी टकरावमा रहेको अधिकारी बीचमा पटक–पटक विवादमा समेत तानिए ।

एमालेको अर्थ विभागमा एम. अधिकारी नामबाट रहेको पाइएपछि उनलाई राजीनामा दिन चर्को दबाब समेत आएको थियो ।

गम्भीर नैतिक प्रश्न उठ्दा न उनले राजीनामा दिएन, न म एम. अधिकारी हैन भन्ने चित्तबुझ्दो जवाफ दिन सके ।

त्यतिबेला नैतिक प्रश्नलाई बेवास्ता गर्दै बसेका अधिकारीले अहिले भने नयाँ सरकार आएपछि अतिरिक्त सक्रियता देखाउन थालेका छन् ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार नयाँ सरकार बनेपछि त्यस्तो कुनै दिन छैन, जुन दिन उनले अर्थमन्त्रीलाई नभेटेको होस् । कुनै दिन त एकपटक भन्दा बढी पनि भेटेका छन् ।

अर्थमन्त्रीकै निर्देशनमा उनले चालू पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन संशोधन गरेको ती अधिकारीले लोकान्तरसँग बताए ।

यसअघि मंगलवार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री पौडेलसँग बालुवाटारमै भेटेर गभर्नर अधिकारी राष्ट्र बैंक फर्किएका थिए ।

अर्थतन्त्र सुधार्नभन्दा सरकार खुशी पार्न दौडधूप

गभर्नर अधिकारीको पछिल्लो दौडधूप निजी क्षेत्रले उठाएको समस्या समाधान गर्ने वा अर्थतन्त्रमा सुधार गर्ने भन्दा पनि सरकारलाई खुशी पार्ने मुख्य ध्येयमा केन्द्रित रहेको देखिन्छ ।

केही दिन अघिसम्म आफूहरूको माग सुन्न समेत तयार नहुने गभर्नर एकाएक यूटर्न भएको देख्दा निजी क्षेत्र पनि चकित छ । 

‘यही कुरा हामीले लामो समयदेखि गर्दै आएका थियौं । त्यतिबेला हाम्रो माग सुन्न र भेट समेत दिन तयार नहुने गभर्नर सरकार परिवर्तन भएपछि अतिरिक्त सक्रियता देखाएर माग सम्बोधनमा तयार हुँदा अचम्म लागेको छ । जे होस्, हाम्रो माग सम्बोधन हुनु खुशीकै कुरा हो,’ एक व्यवसायीले लोकान्तरसँग भने ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पनि राष्ट्र बैंक यतिबेला व्यवसायीको हितका लागि भन्दा सरकारमुखी भएर आफ्नो हठबाट पछि हटेको तर्क गरे ।

‘निजी क्षेत्रको अहिलेसम्मको योगदान मूल्यांकन गर्दै काम गर्न र हाम्रो माग सम्बोधन गरिदिन गरेको आग्रहलाई आजसम्म राष्ट्र बैंकबाट बेवास्ता भएकै हो,’ उनले भने ।

शुरूमा २५ करोड रुपैयाँभन्दा बढी चालू पूँजी लिएर बसेका व्यवसायीबाट यो मार्गदर्शन लागू गरेर त्यसपछि सानामा आउनुपर्छ भन्ने निजी क्षेत्रको माग थियो । यस्तो मागलाई बेवास्ता गरेको भन्दै निजी क्षेत्र असन्तुष्ट बनेको थियो ।

अहिले पनि ९७ प्रतिशत साना ऋणी र ३ प्रतिशत मात्रै ठूला ऋणी छन् । ठूलो हिस्सा बोकेका साना ऋणीलाई र ठूलालाई एउटै डालोमा हालेर हेरिनु नै मुख्य समस्या भएको निजी क्षेत्रको बुझाइ छ ।

यसका अलावा चालू पूँजी कर्जा कार्यान्वयन गर्दा व्यावसायिक सहजता र जटिलता पनि हेरिनुपर्छ भन्ने माग समेत व्यवसायीले गरेका थिए ।

नेपाल राष्ट्र बैंकका एक अधिकारी भने सरकार खुशी बनाउन नभएर बिग्रँदो अर्थ व्यवस्थालाई सम्हाल्न प्रयास भएको दाबी गर्छन् ।

‘केन्द्रीय बैंकले एक महिना चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गरेर हेरेको र बैंकहरूको सुझावका आधारमा संशोधन गरेको हो,’ ती अधिकारीले लोकान्तरसँग भने ।

मार्गदर्शन कार्यान्वयन गर्दा आइपरेका समस्या र बैंकहरूको सुझावका आधारमा संशोधन गरिएको उनको दाबी छ ।

‘राष्ट्र बैंकले कुनै व्यवसायीलाई खुशी पार्नुपर्छ वा सरकारलाई रिझाउनुपर्छ भन्ने हैन,’ ती अधिकारीले थपे, ‘व्यावहारिक रूपमा काम गर्न सहज हुने र अर्थतन्त्रलाई पनि जोगाउने विषयमा उपयुक्त निर्णय लिने काम गरेका हौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x