मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
पुस २३, २०७९
पश्चिम दैलेखको आठबिस नगरपालिका–१ सात्तलाकी ५० वर्षीय गमता विक राजनीतिसँगै सामाजिक अभियन्ताको रूपमा परिचित नाम हो । ग्रामीण रुढीवादी समाजमा जातीय विभेद, उत्पीडन, छाउपडी कुप्रथा उन्मूलन, खुला दिसामुक्तजस्ता अभियानको नेतृत्व गर्दै राजनीतिमा उदाएकी उनी यसपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् ।
उनलाई नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीबाट कर्णाली प्रदेश सभामा पठाएको हो । एक अतिविपन्न दलित समुदायकी गमता ‘माननीय’ बन्नुमा अनेकौं संघर्षका कथाहरू जोडिएका छन् ।
स्कूल नटेकेरै साक्षर
४ भाइ र ३ बहिनीमध्ये जेठो सन्तान हुन् गमता । बुवा उदय कामी कालापहाड जानुपर्ने बाध्यताका कारण आमासँगै मेलापात गर्दै भाइबहिनी हुर्काउने दायित्व उनकै काँधमा आइलागेको थियो । ३० को दशकमा उनले स्कूल पढ्ने कल्पना बाहिरको कुरा थियो । गाउँमा स्कूल पनि थिएन ।
परिवारिक चेतना र आर्थिक अवस्था दुवैका कारण उनी शिक्षाको उज्यालोबाट टाढै थिइन् । २०६१ सालमा विश्व खाद्य कार्यक्रम अन्तर्गत सञ्चालित कामका लागि खाद्यान्न कार्यक्रमले उनको गाउँमा महिला समूह गठन गर्यो । साक्षरता कक्षा सञ्चालन गर्ने त्यो कार्यक्रमको उद्देश्य थियो । कार्यक्रमले सबै तयारी गर्यो तर पढ्न कोही महिला आएनन् ।
‘गाउँका मान्छेले हाम्रो पढाइ बिथोल्न थुपै्रपटक हुलदंगा गरेको सम्झना ताजै छ, पुरुषहरू महिलालाई साक्षरता कक्षामा पठाउन मान्दैन्थे,’ गमता भन्छिन्, ‘उल्टै सहजकर्तालाई लेखेट्ने योजना बन्यो, त्यसको प्रतिवाद गर्दै एक्लै भए पनि पढ्ने साहस गरें ।’ पछि उनले क्रमशः अरु महिलाको साथ पाउन थालिन् ।
उनीजस्तै निरक्षर १५ जना महिला कक्षा लिन तयार भए । साँझको खाना खाइवरी महिलाहरू काखीमा बच्चा च्यापेर दियालो बाल्दै कक्षा घरमा पुग्थे । त्यहाँ दुई–अढाइ घण्टा पढेर सुत्न घर फर्किन्थे । ‘लालटिनको उज्यालोमा ६ महिनासम्म कक्षा लिएर लेखपढ गर्न सक्ने भएँ, अक्षर चिन्न, पढ्न, लेख्न सक्ने भएँ, हिसाबकिताब गर्न जान्ने भएँ,’ उनी भन्छिन्, ‘त्यही साक्षरता कक्षाबाट सिकेको ज्ञानले सामाजिक काममा थप सक्रिय हुन प्रेरित गर्यो ।’ अहिले उनी संविधान, विभिन्न ऐनकानूनदेखि पार्टीका दस्तावेजहरू खरर पढ्न सक्ने भएकी छन् ।
२०४९ सालमा गाउँकै हरि विकसँग उनको बिहे भयो । हरि २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य थिए । त्यसैले उनी पनि राजनीतिप्रति झुकाव राख्न थालिन् । एमालेको वडा, गाउँ, इलाका र निर्वाचन क्षेत्रीय कमिटीमा लामो समय काम गरिन् । २०७२ सालमा दैलेख बजारमा सम्पन्न जिल्ला अधिवेशनमा उनी जिल्ला कमिटी सदस्य निर्वाचित भइन् ।
जिल्ला कमिटी अहिलेजस्तो जम्बो आकारको थिएन । ३५ सदस्यीय कमिटीमा उनी प्रतिस्पर्धाबाट छानिइन् । गमता अहिले एमालेको कर्णाली प्रदेश कमिटी सदस्य छिन् । गाविसमा जनप्रतिनिधि नहुँदा कर्मचारीलाई सहयोग गर्न राजनीतिक दलहरू सम्मिलित संयन्त्र बनाइएको थियो । गाउँ सभाजस्ता महत्त्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि बनाउँदा प्रमुख दलका माथिल्लो वरियतालाई आधार बनाउने प्रचलन बसालिएको थियो । उनी जिल्ला कमिटी सदस्य थिइन् । सात्तला गाविसमा अन्य पार्टीमा त्यो तहका नेताहरू थिएनन् तर गाउँसभामा उनी दलित महिला भएकै कारण प्रमुख अतिथि स्वीकार्न तयार भएनन् तर उनी त्यस्तो विभेदपूर्ण प्रवृत्तिको भण्डाफोर गर्दै ‘स्पेश’ लिन थालिन् ।
छाउपडीविरुद्ध विद्रोह
राजनीतिसँगै सामाजिक सेवामा उत्तिकै अग्रसर हुन्थिन् उनी । त्यसैले सदरमुकामबाट जाने हरेक सरकारी र गैरसरकारी कार्यक्रममा उनलाई खबर हुन्थ्यो । छाउपडीविरुद्ध पनि उनले सशक्त अभियान चलाएकी थिइन् । त्यो बेला पश्चिम दैलेखमा छाउपडी कुप्रथा व्याप्त थियो । गमताले आफ्नै घर परिवारबाट छाउविरुद्ध विद्रोह गरिन् ।
महिनावारी हुँदै उनी भान्साभित्र पसेर खाना बनाउन थालिन्, भैसी दुहुन थालिन्, तरकारीबारीमा पस्न थालिन् । महिनावारी नबारे देउता लाग्छ’ भन्ने मान्यताले जरो गाडेको समाजमा उनले निडरताका साथ विद्रोह गरिन् ।
‘अहँ ! देउता केही लाग्दो रहेनछ, त्यो त महिलालाई कमजोर बनाउन गलत संस्कार बसालिएको रहेछ,’ उनी भन्छिन्, ‘पछि मेरै नेतृत्वमा गाउँभरका छाउगोठ भत्काउन सफल भयौं, शुरूमा अवरोध भए पनि पछि सबै दिदीबहिनीहरूले साथ दिए ।’
छाउपडी विरुद्धको आफ्नो अभियानमा गाउँका धामी भिमसिं थापा र विज्ञान शिक्षक शेरबहादुर थापाबाहेक अरुले साथ नदिएको उनी सम्झिन्छिन् । महिनावारी भएकी महिलालाई छोएमा चोखो हुनुपर्छ भन्दै पूजा गर्ने समुदायको बाहुल्य रहेको गाउँमा दलित महिलाले महिनावारी नबार्ने अभियान चलाउनु कम्ता चुनौती थिएन । उनी भन्छिन्, ‘मेरोजस्तै अभियान चलाउने संघसंस्था पनि आए, प्रशासनको सहयोग पाएँ, नत्र त मलाई गाउँबाट लखेटिहाल्थे नि !’
गाउँमा महिलाहरूलाई मेलापात र भान्सामै सीमित गरिन्थ्यो । गमताकै पहलमा गाविसले महिला सञ्जालको भवन निर्माणका लागि वर्षेनि १० हजार रुपैयाँ छुट्याएको थियो । उनी सञ्जालकी अध्यक्ष थिइन् तर खाता खोल्न सञ्जालमा महिला भेटिनन् ।
गमताका अनुसार महिलालाई सदरमुकाम पठाउन गाउँमा कोही पुरुषहरू तयार हुँदैनन् । हिँडेर २ दिन लाग्थ्यो सदरमुकाम पुग्न । बजेट निकासा गरेर भवन बनाउनुपथ्र्यो । खाता खोल्न सकस भयो । गाउँमा साथी नपाएपछि नागरिकता बनाउन सदरमुकाम पुगेकालाई बाटोबाटै फिर्ता ल्याइन् र खाता खोलिन्, भवन बन्यो । त्यो भवनमा अहिले पनि विभिन्न सामाजिक भेला, गोष्ठीहरू हुने गरेका छन् ।
खुला दिसामुक्त अभियानको नेतृत्व
गमताको गाउँ सात्तलामा ५२ कोठेसम्म ठूला घर थिए । ती घरमा शौचालय थिएनन् । शौचालय प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास भइसकेको थिएन । उनी सामाजिक कामको नेतृत्व गरेबापत अन्तर जिल्ला भ्रमण जाने अवसर पाउँथिन् । भ्रमणबाट उनलाई पनि घर फर्केर शौचालय बनाउनुपर्छ भन्ने चेतना जाग्यो । शुरूमा खाल्डे चर्पी बनाइन् । उनको वडामा चर्पी प्रयोग गर्ने गमताको परिवार पहिलो हो ।
चर्पी प्रयोग गर्दा छरछिमेकीले उनलाई खिसीटिउरी गर्थे । ‘घरका सबै एउटै घरमा दिसापिसाब गर्छन्, लाज पनि मान्दैनन भन्थे,’ उनी भन्छिन्, ‘बिस्तारै छरछिमेकीलाई बुझाउँदै शौचालय बनाउन लगाएँ ।’ अन्ततः गाविसका ९ वडामध्ये सबैभन्दा पहिले उनकै वडा खुला दिसामुक्त घोषणा भयो । सबै घरले चर्पी बनाएर प्रयोग गर्न थाले । उनकै पहलमा अन्य वडाहरू हुँदै २०७० सालमा सात्तला गाविस खुला दिसामुक्त बन्यो । शौचालयको नियमित प्रयोगबारे उनी गाउँ–गाउँ डुलेर अनुगमन गर्थिन् ।
गमताले २०६४–२०७४ सालसम्म महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरिन् । २०७४ सालमा उनलाई पार्टीले आठबिस नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनायो । स्वयंसेविकाबाट राजीनामा दिइन् । ४२ मत अन्तरले उनी पराजित हुन पुगिन् । उपप्रमुख लड्दा उनलाई ७ लाख बढी ऋण लाग्यो, ऋण तिर्न अझै बाँकी छ, ऋणकै घरले यसपटक प्रत्यक्ष उम्मेदवार बन्ने आँट गरिनन् उनी ।
यसपटक पनि उपप्रमुखको उम्मेदवार पार्टीले आफूलाई नै बनाएको बताउँदै उनी भन्छिन्, ‘आफूलाई आएको टिकट सहर्ष छाडें, निरन्तर पार्टी काम र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै समानुपातिक सूचीका लागि सिफारिस गर्यो ।’ दलित महिला र पिछडिएको क्षेत्रको कलस्टरमा उनी १ नम्बर प्राथमिकतामा थिइन् । अब संसदभित्र अन्धविश्वास, विभेद र उत्पीडनविरुद्ध सशक्त आवाज उठाउने सोच बनाएकी छन् उनले ।
‘धेरै ठूला कुरा गर्न नसके पनि हाम्रो समाजको जातीय विभेद, अन्धविश्वासविरुद्ध सशक्त आवाज उठाउने सोच बनाएकी छु, पार्टीले संसद र सरकारमा जेजस्तो जिम्मेवारी दिन्छ, कुशलतापूर्वक निर्वाह गर्छु,’ उनले भने ।
गमता र उनका पति हरिले २ सन्तानमै परिवार नियोजन गरे । गाउँमा २ सन्तानमै परिवार नियोजन गरेको भन्दै अनेक खाले टीकाटिप्पणी भए तर उनीहरूले कुनै पर्वाह गरेनन् । ‘२ वटा मात्र बच्चा हुँदा पालनपोषण र पढाइमा सजिलो हुन्छ, खर्च धान्न सकिन्छ भनेर श्रीमानलाई सम्झाएँ,’ उनी भन्छिन्, ‘मैले २ सन्तान मात्र जन्माउने भनेको कुरा घरमा र छरछिमेकमा मन परेको थिएन, हाम्रो यो निर्णय धेरै सन्तान जन्माउनुपर्ने अवस्था विरुद्धको विद्रोह थियो ।’
उनले संघर्ष र सफलतामा श्रीमान्को दरिलो साथ पाएकी छन् । उनी भन्छिन्, ‘एक्लै हिँड्दा समाजमा कुरा काट्ने धेरै हुन्थे, आइमाई मान्छे एक्लै कता–कता हिँडेकी भन्थे तर मेरा श्रीमान्ले सधैं साथ दिनुभयो, अरूको कुराको वास्ता गर्नुभएन ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...