×

NMB BANK
NIC ASIA

माओवादी सरकारमा नआए पनि मुख्यमन्त्री कार्कीले मन्त्री नियुक्त गर्ने

पुस २५, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री हिक्मत कार्कीले माओवादी बाहेकका सत्ता गठबन्धनका अन्य सांसदलाई समेटेर मन्त्री बनाउने भएका छन् ।

Muktinath Bank

मुख्यमन्त्रीको शपथसँगै सत्ता गठबन्धनमा रहेका जसपा र राप्रपाका सांसदलाई पनि उनले मन्त्री बनाउने भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘माओवादीका साथीहरू पहिलो चरणमा सरकारमा नआउने भनेर मिडियाबाट थापा पायौं,’ नेकपा एमालेका प्रमुख सचेतक रेवतीरवण भण्डारीले भने, ‘हामीले मुख्यमन्त्रीलाई मात्रै एक्लै सरकारमा पठाउने कुरा भएन ।’ उनले माओवादीले नाम पठाएपछि मन्त्री बनाउने बताए । 


Advertisment
Nabil box
Kumari

केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले तत्काल सरकारमा सहभागी नहुने बताउन थालेको छ ।  माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेशको सिंगो माओवादी पार्टीको अपमान भएको बताए ।

Vianet communication

आइतवार  साँझ सत्तारुढ दलहरूको बैठकले प्रदेशको भागबण्डा गरेको थियो । भागबण्डामा प्रदेशमा माओवादीले सभामुख मात्रै पाएको छ भने मुख्यमन्त्री आलोपालो गर्ने विषय उल्लेख छैन । 

सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ । माओवादी केन्द्रले एमालेसँग आधा–आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको थियो । 

एमालेका तर्फबाट आइतवार नै मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई सोमवार दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । कार्कीको शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल सोमवारै विस्तार गर्ने तयारी छ ।

माओवादी नभए पनि प्रदेश सरकार बहुमतमै हुन्छ । अहिलेको सत्ता गठबन्धनमा एमालेका ४०, माओवादी केन्द्रका १३ र राप्रपाका ६ र जसपाका १ सांसद छन् । सरकारका बनाउन ४७ सांसद आवश्यक पर्छ । माओवादी नभए पनि एमाले, राप्रपा र जसपाका सांसद मिलेर आवश्यक बहुमत संख्या पुग्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x