×

NMB BANK
NIC ASIA

बारामा नजर लगाउँदै उपेन्द्र यादव

उपेन्द्रले संसद् छिर्ने बाटो खोज्दा सरोजकुमार यादवलाई मुख्यमन्त्रीको चिट्ठा !

पुस २७, २०७९

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सप्तरी- २ छाडेर बारा- २ सर्ने तयारी थालेका छन् ।

Muktinath Bank

सोही तयारीका क्रममा उनले बारा- २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई प्रतिनिधिसभा संसदीय दलको नेता बनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

र, बाराबाटै निर्वाचित प्रदेशसभा सदस्य सरोजकुमार यादवलाई उनले मधेश प्रदेशको मुख्यमन्त्री पद 'उपहार' दिएका छन् ।


Advertisment
Nabil box
Kumari

त्यसबाहेक बाराकै निवर्तमान प्रतिनिधिसभा सदस्य रामबाबुकुमार यादवलाई यसअघि नै उपेन्द्रले जसपाको मधेश प्रदेश समिति अध्यक्ष बनाएका थिए ।

Vianet communication

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी नेकपा एमालेकी ज्वाला साहसँग पराजित भए ।

सरोज यादवलाई मुख्यमन्त्री बनाउन रामबाबुको पनि महत्त्वपूर्ण भूमिका छ । यादव मुख्यमन्त्रीमा नियुक्त भएपछि जानकी मन्दिर जाँदा रामबाबुसँगै देखिनुले पनि उनको भूमिका रहेको संकेत मिल्छ ।

त्यसैगरी प्रतिनिधिसभा संसदीय दलका नेता रामसहायप्रसाद यादव उपेन्द्रका पुरानै विश्वासपात्र हुन्, तर सरोज यादव भने प्रदेशसभा चुनावअघि मात्र जसपा प्रवेश गरेका नेता हुन् ।

पार्टीका एक से एक पुराना नेता प्रदेशसभामा हुँदाहुँदै नवप्रवेशी सरोज यादवलाई मुख्यमन्त्री पदको चिट्ठा पर्नुले पनि उपेन्द्रको आगामी रणनीतिको संकेत मिल्ने जसपा नेताहरू बताउँछन् ।

उपेन्द्र सप्तरी- २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित भएका थिए ।

जसपाका एक नेता सप्तरी-२ मा सीके राउतले जितेपछि अब फेरि उपेन्द्र त्यस क्षेत्रबाट नलड्ने पक्कापक्की जस्तै भएको बताउँछन् ।

'अब त्यो क्षेत्रबाट सीके राउत पछि हट्नुहुन्न । हाम्रो अध्यक्षजी नै कतै अन्त जानुपर्ने हुन्छ,' जसपाका ती नेताले लोकान्तरसँग भने, 'तत्काल यदि जसपाले उपराष्ट्रपति पाउने अवस्था आयो भने बाराबाट निर्वाचित सांसद तथा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई अघि सारेर उपनिर्वाचनबाट प्रतिनिधिसभा जान सकिने विकल्पलाई पनि उहाँले नियालिरहेको अवस्था छ ।'

त्यो अवस्था नहुँदा पनि बारालाई नै केन्द्रमा राखेर राजनीति अगाडि बढाउने तयारीमा उपेन्द्र रहेको ती नेता बताउँछन् ।

'मध्यावधि निर्वाचन भयो भने पनि उहाँले बारालाई नै सबैभन्दा सुरक्षित क्षेत्र देख्नुभएको छ,' उनले थपे, 'त्यसैका लागि उहाँले बाराबाट निर्वाचित भएका प्रदेश सांसद सरोज यादवलाई मुख्यमन्त्री बनाउनुभएको हो ।'

बारा- २ उनको पहिलो रोजाइ रहेको ती नेताले खुलाए । 'साविकको मधेशी जनअधिकार फोरम नेपालदेखि हालको जसपासम्म अनवरतरूपमा साथ दिँदै आएका नेतालाई प्राथमिकतामा नराखेर चुनावअघि मात्र जसपा रोजेकालाई कसैले मुख्यमन्त्री बनाउँछ त ?,' ती नेताले थपे, 'यादव जातिलाई खुशी पार्नुका साथै बाराका मतदातालाई समेत खुशी पार्नका लागि अध्यक्षजीले रामसहाय र सरोज यादवलाई ठूलो अवसर दिनुभएको हो ।'

मधेश प्रदेशमा जसपासँगै जनमत पार्टीले पनि मुख्यमन्त्री दाबी गरिरहेको थियो । आलोपालो दुबैले मुख्यमन्त्री पाउनेगरी केन्द्रमा सहमति भएपछि पहिलो कार्यकाल जसपाको भागमा परेको हो ।

'मध्यावधि चुनाव भएपनि त्यसअघि नै बारामा पर्याप्त बजेट खन्याउन पाइने हिसाब-किताब गरेर नै अध्यक्षजीले पहिलो कार्यकालका लागि अडान राखिरहनु भयो,' जसपाका अर्का एक नेताले लोकान्तरसँग भने, 'सप्तरी-२ बाट चुनाव नलड्ने भन्ने संकेत दिएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि प्रदेशमा पहिलो कार्यकालको नेतृत्व लिने अडानबाट पछि हट्न तयार हुनुभयो ।'

उक्त संकेत पाएकै कारण सीके राउतले हरेक जसो भाषणमा जसपा अध्यक्ष उपेन्द्र यादवप्रति सम्मान व्यक्त गरिरहेको उनले खुलाए । अहिले उपसभामुख र दोस्रो कार्यकालमा मुख्यमन्त्री लिन राउत सहमत हुनुलाई पनि यसैलाई कारण मानिएको छ ।

सत्ता गठबन्धनका नेताहरूबीच भएको भागबण्डाअनुसार एमालेले सभामुखसहित २ मन्त्रालय, जसपाले मुख्यमन्त्रीसहित २ मन्त्रालय, जनमतले उपसभामुखसहित २ मन्त्रालय र माओवादीले १ मन्त्रालय र दुई स्वतन्त्रमध्ये एकलाई १ मन्त्रालय दिनेगरी मोटामोटी सहमति भएको उनले खुलाए ।

मधेश प्रदेश संसदीय दलको नेतामा यादव सर्वसम्मत भएसँगै जसपाका नेता तथा कार्यकर्ताहरूले उपेन्द्र अब सप्तरी-२ को साटो बारा- २ मा केन्द्रित भएको संकेत पाइसकेका थिए ।

किनभने निवर्तमान मुख्यमन्त्री लालबाबु राउत र रामअशिष यादवले पनि संसदीय दलको नेताका लागि तयारी गरेका थिए । राउत यसअघि संसदीय दलको नेता तथा रामअशिष उपनेता थिए । तर, चुनावअघि मात्र जसपा रोजेका सरोजकुमार यादवका लागि मैदान खाली गर्नुपर्ने स्थिति आयो ।

जसपाकै एक सांसद लालबाबुलाई यसपटक अगाडि नबढाउने संकेत उपेन्द्रले पहिल्यै गरेको बताउँछन् ।

'रामअशिष यादवले दाबी गर्नु त भयो तर उपेन्द्रजीको निर्देशनपछि उहाँ पनि मैदानबाट पछाडि हट्नुभयो,' ती सांसदले लोकान्तरसँग भने, 'यादवमध्ये सरोज यादवकै नाममा यादव जातिका अन्य सांसदको समेत समर्थन जुटेपछि लालबाबु पछि हट्ने पर्ने परिस्थिति बन्यो ।'

मुख्यमन्त्री नियुक्त भएका यादव २०७४ को निर्वाचनमा साविकको राष्ट्रिय जनता पार्टी (राजपा)नेपालबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

सद्भावना पार्टीको पृष्ठभूमिबाट राजनीति गरेका उनलाई राजपाको कोटाबाट तत्कालीन अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सभामुख बनाएका थिए ।

सभामुख पदका लागि त्यति बेला सद्भावना पृष्ठभूमिकै मनिषकुमार सुमनले पनि दाबी गरेका थिए । तर, जातीय समीकरण मिलाउनका लागि भन्दै महतोले यादवलाई नै सभामुख बनाएका थिए ।

'त्यति बेला उपेन्द्रजीले मुस्लिम समुदायका लालबाबु राउताजीलाई मुख्यमन्त्री बनाएर मुस्लिम-यादव जातिगत समीकरणको कार्ड खेल्नुभएको थियो,' लोसपाका एक नेताले लोकान्तरसँग भने, 'त्यसपछि राजपाले पनि यादव जातिलाई सभामुख बनाएर राजपाले पनि यादव कार्ड खेलेको थियो ।'

सभामुख नबनेका कारण प्रदेशसभामा नै सुमनले सत्ता पक्षकै सांसद भएर पनि सरकारको काम कारवाहीको खुलेर आलोचना तथा विरोध गर्ने गर्थे ।

पछि उनलाई पनि अर्थ समितिको सभापति बनाएपछि उनले विरोध गर्न छाडेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दा जसपाबाट लोसपा विभाजित भएपछि सुमनले जसपा रोजेका थिए ।

अहिले मुख्यमन्त्रीमा नियुक्त भएका यादवले भने त्यतिबेला  लोसपा नै रोजेका थिए । सभामुख भएका कारण उनी तटस्थ भएको भन्न सकिए पनि उनले लोसपा नै रोजेको नेताहरू बताउँछन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रसँग मुख्यमन्त्रीको नियुक्ति लिँदै सरोजकुमार यादव

स्थानीय तहको निर्वाचन हुनुअघि मधेश प्रदेश सरकारका तत्कालीन मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले सरोज यादवलाई उपेन्द्रसँग पहिलोपटक भेट गराएका थिए ।

'स्थानीय चुनाव हुनुभन्दा तीन महिना पहिले मैले नै उपेन्द्रजी र तत्कालीन सभामुख यादवजीबीच भेट गराइदिएको थिएँ,' झाले लोकान्तरसँग भने, 'बारा जिल्लाको सबै मेयर, उपमेयरको टिकट आफूले वितरण गर्न पाउनुपर्छ भनेर सरोजजीले माग गर्नुभएको थियो ।'

मागअनुसार टिकट वितरण गर्ने अधिकार उपेन्द्रले नदिएपछि उनले आफ्नो संसदीय क्षेत्रमा लोसपाबाटै मेयर, उपमेयरका उम्मेदवार उठाएका थिए ।

स्थानीय तहको चुनावी परिणामपछि लोसपा कमजोर रहेको आकलन गर्दै सरोज उपेन्द्रसँग नजिकिएका थिए । प्रदेशसभाको  चुनावमा जसपाबाट टिकट हात पार्न सफल भए ।

'सभामुख भइसकेको व्यक्ति भएकाले उहाँले आफूलाई मुख्यमन्त्रीकै क्यान्डिडेटको रूपमा उभ्याउनुभएको थियो,' लोसपाका एक नेताले भने, 'हाम्रो पार्टीबाट चुनाव लड्दा उहाँले मुख्यमन्त्री पाउनुहुन्थेन, त्यसकारण उहाँले जसपा रोज्नुभएको हो ।'

सरोज यादवलाई  मुख्यमन्त्री बनाउनुपछाडि उपेन्द्रको आफ्नै व्यक्तिगत स्वार्थ रहेको लोसपाका ती नेताको पनि दाबी छ ।

'उपेन्द्रजीले बारातर्फ नै आफ्नो नजर लगाउनु भएको छ । त्यसैको तयारी स्वरूप चुनावको मुखैमा जसपा प्रवेश गर्नुभएका हाम्रा पूर्व नेतालाई मुख्यमन्त्री उपहारमा दिनुभएको हो,' लोसपाका ती नेताले लोकान्तरसँग भने ।

मुख्यमन्त्रीमा नियुक्त भएका यादव बारा- १ (२) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

उनी १५ हजार ९२७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतद्वन्द्वी नेपाली कांग्रेसका नागेन्द्रप्रसाद कानूले ११ हजार ४० मत ल्याएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x