×

NMB BANK
NIC ASIA

लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाँदै, को-को बन्दैछन् मन्त्री ?

पुस २९, २०७९

NTC
Premier Steels

सरकारको ​न्यूनतम साझा कार्यक्रममा आफूहरूको माग सम्बोधन भएको भन्दै सरकारको चौथो ठूलो दल राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएको छ ।

Muktinath Bank

सरकारमा जान पेस गरेका राष्ट्रियता, सुशासन र सेवा प्रवाहका विषय साझा कार्यक्रममा समेटिएको भन्दै राप्रपा सरकारमा जाने तयारीमा लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कार्यसम्पादन समितिको बैठकले सहमति कार्यान्वयन भए सरकारमा जाने भन्ने निर्णय गरेको थियो । सरकारको न्यूनतम साझा कार्यक्रममा हाम्रा राष्ट्रिय, सुशासन र सेवा प्रवाहका विषय समेटिएपछि सरकारमा जाने बाटो खुलेको छ ,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले लोकान्तरसँग भने, ‘ढिलोचाँडो राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा सहभागी हुन्छ । ‘हामीसँग अनुभवी योग्य र आफ्नो क्षेत्रमा काबिल सांसद हुनुहुन्छ ।सत्तारुढ गठबन्धनमा सहमति भएपछि पात्रमा प्रवेश गर्दा हामी ५ मिनेटमा नाम टुंगो लगाउँछौं ।’


Advertisment
Nabil box
Kumari

कति मन्त्रालय पाउँदैछ राप्रपाले, को छन् दाबेदार ? 

Vianet communication

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी गरेको छ । तर सरकारमा सहभागी दल धेरै हुने भएपछि सत्तारुढ गठबन्धनको भागबण्डामा राप्रपाले कम्तीमा २ र बढीमा ३ वटा मात्रै मन्त्रालय पाउने भएको हो ।

राप्रपाले यसअघि बागमती प्रदेशको मुख्यमन्त्री पनि दाबी गरेको थियो । तर यो माओवादीको भागमा परेपछि एक मन्त्रालय बढी पाउनुपर्ने माग राप्रपाको छ । राप्रपाले सत्ता गठबन्धनको भागबण्डामा बागमतीको सभामुख भने पाइसकेको छ । 

प्रवक्ता श्रेष्ठका अनुसार राप्रपा जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने र विकासे मन्त्रालय लिएर काम गर्न इच्छुक छ । मन्त्रालयको जिम्मेवारीको क्रममा गठबन्धनमा यस्तै प्रस्ताव लाने श्रेष्ठ बताउँछन् । अध्यक्ष लिङ्देनले ऊर्जा मन्त्रालयमा इच्छा देखाइरहेका छन् ।

यसपटक अध्यक्ष लिङ्देनसहित राप्रपाबाट मन्त्रीका लागि धवलशमशेर राणा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र ज्ञानेन्द्र शाही मन्त्रीका लागि मुख्य दाबेदार छन् । त्यस्तै, पशुपतिशमशेर राणा, विक्रम पाण्डे र दीपक बोहोरा पनि मन्त्रीका लागि दाबेदार छन् । तर यसपटक राप्रपाले यी ३ जनामध्ये एक जनालाई पनि मन्त्री नबनाउने बुझिएको छ ।

राजनीतिक जीवनको अन्त्यतिर पुगे पनि पशुपतिशमशेर राणाले यसपटक राजकीय पदमा इच्छा देखाए पनि उनलाई कुनै पद दिने अवस्था नरहेको राप्रपा स्रोत बताउँछ । उनले उपराष्ट्रपतिसम्ममा इच्छा देखाएका छन् । नभए एकपटक मन्त्रीमै चित्त बुझाउने तयारीमा राणा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x