×

NMB BANK
NIC ASIA

सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर

माघ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

 ‘पुसमा पाकेको माघमा खाने’ पर्वका रूपमा देशभर माघे सङ्क्रान्तिको रौनक थियो । मौसम सफा थियो । सरकारले सार्वजनिक बिदा दिएका कारण अधिकांश सरकारी वा गैरसरकारी कार्यालय बन्द थिए । चिसो मौसम धेरै जसो मानिस घाम ताप्न व्यस्त थिए । केही मानिस आफ्नो काममा व्यस्त थिए । 

Muktinath Bank

    कतिपय माघी मनाउन र अन्य काममा काठमाडौँबाट पोखरातर्फ जानेहरू आफन्त भेटने अपेक्षामा थिए । तर उनीहरूको सबै चाहना सेती खोँचमा बिलाउन पुग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    सबै प्रक्रिया पूरा गरेर उडेको थियो जहाज । यति एयरलाइन्सका वरिष्ठ पाइलट एवं प्रशिक्षक चालकका रूपमा परिचित कमल केसीको नेतृत्वमा एनवाइटी– ६९१, नाइन एन–एएनसी कलसाइन भएको जहाज बिहान १०ः३३ मा उडेको थियो । करिब ११ बजेतिर विमान पोखराको घारीपाटन नजिकै सेतीको खोँचमा दुर्घटना भयो । 


Advertisment
Nabil box
Kumari

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आज काठमाडौँबाट पोखराका कूल १६ उडान थिए । त्यसमा नौ वटा उडान बुद्ध एयरका थिए भने यतिका चार उडान । श्री एयरलाइन्सको एक र सौर्यको दुई उडान थिए । काठमाडौँ–पोखराको हवाई मार्ग अन्यत्रको तुलनामा सुरक्षित मानिन्छ । 

Vianet communication
Laxmi Bank

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सबै प्रक्रिया पूरा गरेर जहाज उडेको थियो । अवतरणका लागि जहाजले पोखरा विमानस्थलबाट अनमुति पाइसकेको थियो । तर, जहाज एक्कासि दुर्घटना पर्दा मुलुक नै शोकमा प¥यो । देशविदेशका सञ्चारमाध्यममा नेपालको हवाई दुर्घटनाको समाचार खरमा आगो लागे जसरी फैलियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानतर्फ डबल इञ्जिन जहाज दुर्घटनामा हालसम्मकै सबैभन्दा धेरै यात्रुको ज्यान गएको यो पहिलो पटक हो । विमान दुर्घटनामा परी ६९ को शव फेला परेको छ । त्यसमध्ये २३ जनाको सनाखत भइसकेको छ । 

सुरक्षित मानिएकै एटिआर जहाज दुर्घटनामा 

संसारभर नै एटिआर सिरिजका जहाजलाई नागरिक उड्डयनमा सुरक्षित र भरपर्दो मानिन्छ । नेपालको भौगोलिक अवस्थिति अनुकूल सुरक्षित उडानको सुनिश्चितताका लागि पछिल्लो प्रविधिको एटिआर जहाज भित्र्याएर सेवा सञ्चालन गरिएको छ । 

    वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार एटिआर जहाज हवाई उडानका दृष्टिले निकै सुरक्षित मानिन्छ । विमानमा कुनै पनि समस्या देखिए ‘इन्डिकेटर’मा सङ्केत आउँछ । सोही सङ्केतका आधारमा चालक दलले विमानको सुरक्षित अवतरणका लागि आवश्यक प्रक्रिया अपनाउँछन् । 

वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं सीता एयरका आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यले पनि तुलनात्मकरूपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटनामा पर्नु आफैँमा दुर्भाग्य भएको बताए । उनले भने, “नेपालमा साना जहाज बढी मात्रामा दुर्घटनामा परेका थिए । एटिआर नै दुर्घटनामा परेको भने यो पहिलो पटक हो ।”

    यती एयरलाइन्सका हवाई सुरक्षा शाखाप्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार प्राविधिक हिसाबले एटिआर विमान निकै सुरक्षित मानिने भए पनि कसरी दुर्घटनामा प¥यो छानबिनपछि मात्रै भन्न सकिन्छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले तुलनात्मकरूपमा एटिआर जहाज बढी सुरक्षित र भरपर्दो मानिने बताए । उनले भने, “हुनै नहुने दुर्घटना हुन गयो, यो नेपाली उड्डयनकै लागि दुर्भाग्य हो । छानबिनपछि आधिकारिक निर्णय आउला अहिले म थप केही भन्न सक्दिनँ ।”

नेपालको भूधरातलीय स्वरूप अनुरूप हवाई यातायात निकै सुलभ र भरपर्दो मानिन्छ । तर विमान दुर्घटनाको सिलसिला हेर्दा हवाई उडान सुरक्षामा विश्वासको सङ्कट पैदा भएको छ । पछिल्ला दुर्घटनाले हवाई सेवाप्रति नागरिकको विश्वास गिर्दो रहेको छ ।

    पटक–पटक हवाई दुर्घटना भएपछि त्यसको समाधानका लागि नेपालमा पनि एटिआर सिरिजका जहाज भित्र्याइए । तर आजको दुर्घटनाले त्यसमा पनि आशङ्का थपिदिएको छ । 

क्यानका प्रवक्ता जगन्नाथ निरौला पनि एटिआर जहाज प्राविधिक हिसाबले राम्रो र सुरक्षित मानिने बताउँछन् । उनले भने, “दुर्घटनामा परेको जहाज प्राविधिक हिसाबले राम्रो हालतमा थियो । अनुभवी प्रशिक्षक पाइलटले चलाएको विमान कसरी दुर्घटनामा प¥यो क्यान पनि आश्चर्यमा परेको छ”, प्रवक्ता निरौलाले दुर्घटनाको कारण छानबिन समितिको निष्कर्ष नआएसम्म अहिले नै यसै हो भन्न नसकिने उल्लेख गरे ।

नेपालमा कहिले भित्रियो एटिआर

नेपालमा पहिलो पटक नेकोन एयरले एटिआर जहाज भित्र्याएको थियो । कम्पनीले एटिआर–४२ जहाजमार्फत सेवा दिएको थियो । पछिल्लो पटक निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयर र यती एयरलाइन्सले एटिआर जहाजमार्फत उडान गर्दै आएका छन् । 

नेपालमा एटिआर–७२ र एटिआर–४२ सिरिजका जहाज सञ्चालनमा छन् । सबैभन्दा धेरै बुद्धसँग एटिआर–७२ का ११ वटा र एटिआर–४२ का तीन गरी कूल १४ विमान छन् । 

    यस्तै, यती एयरलाइन्ससँग छवटा एटिआर–७२ मध्ये आज एउटा दुर्घटनामा परेको छ । मुलुकको आन्तरिक उडानमा ११ हेलिकोप्टर कम्पनी र नौ ‘फिक्स विङ्स’ गरी कूल २० हवाई सेवा प्रदायकले उडान गर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दुईतर्फी दैनिक कूल दुई सय ६० उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

एटिआर जहाजको विशेषता 

यो जहाजको कूल वजन १२ हजार नौ सय ५० किलो हुन्छ । यो विमानले २२ हजार पाँच सय किलोग्राम बराबरको भारवहन गर्ने क्षमता राख्छ । एटिआर जहाज फ्रान्स र इटालीको संयुक्त उपक्रम रहेको अभिनस डी ट्रान्सपोर्ट रिजनलले उत्पादन गर्दै आएको छ । जहाज बनावटका हिसाबले पनि आकर्षक मानिन्छ । यो विमान छोटो दूरीको उडानका लागि प्रयोग गरिन्छ ।

विमान निर्माता कम्पनी, क्यान र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुरूप जहाज सञ्चालन हुने भएकाले पनि दुर्घटनाको कारण खोज्न छानबिन समितिको प्रतिवेदन नै कुनुपर्ने देखिन्छ । रासस/रमेश लम्साल

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x