कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
माघ ३, २०७९
३३ वर्षदेखिको अनुभव हासिल गरेका वरिष्ठ क्याप्टेन कमल केसीले उडाइरहेको यती एयरलाइन्सको एटीआर ७२ जहाज आइतवार पोखरामा दुर्घटनामा पर्यो ।
२०४६ देखि निरन्तर उडान गरिरहेका ६० वर्षीय क्याप्टेन केसीको कमान्डमा रहेको जहाज पोखरामा अवतरण अनुमति (ल्यान्डिङ क्लियरेन्स) पाइसकेपछि दुर्घटनामा परेको थियो ।
वरिष्ठ पाइलट केसी आफैं प्रशिक्षक पाइलट थिए । उनले प्रशिक्षणमा दर्जनौं को–पाइलट क्याप्टेन भइसकेका छन् । तर, उनकै कमान्डको विमान दुर्घटना हुँदा आन्तरिक उडानमा सबैभन्दा ठूलो क्षति हुन पुग्यो ।
दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरिसकेकाले वास्तविक कारण उक्त आयोगले पत्ता लगाउला ।
आइतवारको दुर्घटनामा प्राविधिकसँगै मानवीय त्रुटिको विषयलाई पनि कतिपयले कारणको रूपमा चर्चा गरिरहेका छन् ।
सहज बाटो छाडेर असहज बाटोबाट अवतरण गर्न खोजेको र ‘शार्प टर्न’ लिएकाले जहाज खसेको अनुमान भइरहेको छ । तर, यो प्राविधिक विषय भएकाले अनुसन्धान नभई यही भन्न सकिने अवस्था छैन ।
यसअघि २०७८ जेठ १५ मा म्याग्दीमा भएको तारा एयरको जहाज दुर्घटनामा पनि वरिष्ठ पाइलट तथा प्रशिक्षक पाइलट प्रभाकर घिमिरे परेका थिए ।
२०७२ मा म्याग्दीमा तारा एयरको जहाज दुर्घटना हुँदा पनि प्रशिक्षक पाइलट रोशन मानन्धर परेका थिए । मानन्धरले उक्त जहाजमा कमान्ड गरेको भए पनि दुर्घटनाबाट उनले जोगाउन सकेनन् ।
यसअघि २०६९ सालमा जोमसोममा दुर्घटना हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रशिक्षक पाइलट प्रभुशरण पाठक परेका थिए ।
यस्तै मकवानपुरमा २०६७ भदौ ८ मा भएको अग्नि एयरको विमान दुर्घटनामा २३ वर्ष उडान अनुभव भएका लक्ष्मीप्रकाश विक्रम शाह (लक्की) परेका थिए ।
उक्त जहाज पहाडमा ठोक्किएर दुर्घटना हुँदा पाठकको कमान्डले काम गर्न सकेन र पाठकसहित अन्य यात्रुहरूले पनि ज्यान गुमाए । त्यो दुर्घटनामा एयर होस्टेस भने बाँच्न सफल भएकी थिएन ।
हवाई जहाज दुर्घटनामा एकपछि अर्को गर्दै वरिष्ठ तथा प्रशिक्षक पाइलटले ज्यान गुमाइरहेका छन् । प्रशिक्षक पाइलटले उडाएको जहाज दुर्घटना परेको र उनीहरूको कमान्डले समेत काम नगरेको विषय अनुसन्धानको विषय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले बताए ।
वरिष्ठ नै किन बढी दुर्घटनामा छन् भन्ने खोजीको विषय भएको उनको भनाइ छ । तर यसमा सामान्य तर्क गरेर दोषारोपण भने गर्न नमिल्ने उनी बताउँछन् ।
‘वरिष्ठ पाइलट आफैं पर्नुले ओभर कन्फिडेन्स हो कि भनेर कतिपयले आशंका गरे पनि यो विषयमा अनुसन्धानविना केही भन्न सकिने अवस्था छैन,’ देउजाले भने ।
प्राविधिक विषय नबुझी हचुवाको भरमा बोल्न नहुने उनको भनाइ छ ।
त्यसो त हवाई क्षेत्र आफैंमा प्राविधिक विषय भएकाले वरिष्ठ पाइलटले आत्मविश्वास बढी देखाउँदा जोखिम हुनसक्छ भन्ने कुरा भने बारम्बार उठ्ने गरेको छ ।
यसअघि भएका दुर्घटना र यसका प्रकृतिले पनि ती आशंकालाई केही हदसम्म पुष्टि गर्छन् ।
त्यसो त जहाज दुर्घटनापछि हुने सबैजसो छानबिनमा दोष पाइलटमा नै थोपरेर प्रतिवेदन आउने गरेको छ ।
कतिपय अवस्थामा वायु सेवा सञ्चालकको स्वार्थका कारण प्राविधिक कमजोरी लुकाएर पाइलटलाई दोष लगाइएको गुनासो समेत आउने गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर वरिष्ठ तथा प्रशिक्षक पाइलट दुर्घटनामा पर्नुलाई संयोग मात्रै मान्न सकिने बताउँछन् ।
‘पाइलटको ओभर कन्फिडेन्स भएको भनेर विश्लेषण गर्ने गरिएको भए पनि मलाई भने त्यस्तो लाग्दैन । भवितव्य वरिष्ठ र कनिष्ठ सबैमा हुन सक्छ,’ उनले भने ।
हवाई विज्ञ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्री पनि यसभन्दा अगाडि दुर्घटनामा परेका केही क्याप्टेन आफ्नो त्रुटिभन्दा मौसमको खराबीका कारण दुर्घटनामा परेको बताउँछन् ।
तर, जोमसोममा भएको दुर्घटनामा परेका प्रभुशरण पाठकले साँघुरो ठाउँबाट जहाजलाई टर्न गराउँदा पहाडमा ठोक्किएको जाँचबुझ प्रतिवेदनले देखाएको थियो ।
पछिल्लो दुर्घटनाको कुरा गर्दा, पोखरा पूर्व र पश्चिम दुवैतर्फबाट अवतरण गर्न मिल्ने धावन मार्ग भएको अन्तर्राष्ट्रिय विमानस्थल हो ।
यो विमानस्थलमा भएको दुर्घटना नै अस्वाभाविक भएकाले अहिले नै यही कारण हो भनेर भन्नु हतारो हुने क्षेत्रीले बताए ।
‘जहाज दुर्घटना प्राविधिक विषय हो । वरिष्ठ पाइलटले आफैंलाई जोखिममा राखेर उडान गर्छन् भनेर हचुवामा विश्लेषण गर्न मिल्दैन,’ उनले भने ।
नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाले वरिष्ठ र कनिष्ठ भन्दैमा उडानका क्रममा गर्ने काम फरक नहुने बताए । जहाज दुर्घटना कतिबेला र कुन कारणले हुन्छ भन्ने पत्तो नहुने उनको भनाइ छ ।
‘म आफैं विमान चालक हुँ । उड्डयन प्राधिकरणले लाइसेन्स दिएका सबै पाइलटको काम जहाज नै उडाउने भएकाले वरिष्ठ र कनिष्ठले फरक पर्दैन,’ लामाले भने, ‘दुर्घटना कतिबेला र के कारणले हुन्छ भन्ने थाहा हुँदैन ।’
हरेक उडानमा एक न एकजना वरिष्ठ पाइलट हुने भएकाले दुर्घटनामा वरिष्ठहरू परे भनेर भनिरहनुको अर्थ नभएको उनको तर्क छ ।
नेपाल वायुसेवा निगमका पूर्व वरिष्ठ पाइलट केबी लिम्बू पनि पाइलट मान्छे नै भएकाले गल्ती कमजोरी हुन सक्ने तर, जानीजानी कसैले गल्ती नगर्ने बताउँछन् ।
‘पाइलटको काम नै जहाज उडाउनु हो । आफ्नो जिम्मेवारी पूरा गर्ने काम गरेकै हुन्छन् । कुनै पनि पाइलटले जानाजान गल्ती गर्दैनन् । भवितव्यमा पर्नु र नियन्त्रण बाहिर हुनु फरक विषय हुन्,’ लिम्बूले भने ।
कुनै पनि कम्पनीले कनिष्ठलाई एक्लै नछाड्ने र हरेक उडानमा एक न एक वरिष्ठ पाइलटको कमान्ड हुने उनले बताए ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...