×

NMB BANK
NIC ASIA

कोशी अस्पतालमा डाक्टरले मृत घोषणा गरेको शिशुले हातखुट्टा हल्लाएपछि ...

माघ ४, २०७९

NTC
Premier Steels

विराटनगरको कोशी अस्पतालमा उपचार गर्न ल्याएका बच्चालाई डाक्टरले मृत घोषणा गरेपछि विवाद भएको छ । 

Muktinath Bank

अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले बिरामी भएर उपचार गर्न ल्याएका नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि विवाद भएको होे  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएको १८ दिनको जीवित नवजात शिशुलाई डाक्टर यादवले मृत घोषणा गरेका थिए ।


Advertisment
Nabil box
Kumari

मोरङको जहदा गाउँपालिका–३ भात्तिगन्जकी उमा मुखियाले कोशी अस्पतालमा पुस १७ गते छोरीलाई जन्म दिएकी थिइन् । नवजात शिशुको तौल १ किलो ४०० ग्राम थियो । केही दिनपछि बच्चासहित उनी माइतमा बस्दै आएकी थिइन् । उनका पति दिलीप मुखिया एम्बुलेन्स चालक हुन् । दिलिप विराटनगरमै एम्बुलेन्स चलाउँछन् । 

Vianet communication

बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पतीले बिहान ८ बजे छोरीलाई कोशी अस्पतालको आकस्मिक कक्षमा लिएर आएका थिए । उनीहरूले बच्चा लिएर आउँदा डा. आकाश यादवसहित अहेबहरू लक्ष्मण माझी र टीका भण्डारी आकस्मिक कक्षमा थिए । आकस्मिक कक्षमा चिकित्सक यादवले नवजात शिशुको स्वास्थ्य जाँच गरेका थिए । छोरीको स्वास्थ्य परीक्षण गरेपछि डाक्टरले मरिसकेको भनेर भनेको दिलीप मुखियाले बताए । 

‘डाक्टरले भनेको सुनेपछि श्रीमती उमा र आफन्तहरूको आकस्मिक कक्ष बाहिर रुवाबासी गरिरहेका थिए,’ उनले भने, ‘तर बच्चा बाहिर लिएर निस्किँदा बच्चाको शरीर चल्यो ।’

छोरीलाई बोकेर बाहिर निस्किँदा छोरीले हातखुट्टा हल्लाएको उनले बताए । जिउँदो छोरीलाई डाक्टरको लापरबाहीले मृत भनिदिएको उनको भनाई छ । बिरामीको उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कडा कारबाही गर्न समेत उनले माग गरेका छन् ।

छोरीको उपचार गोल्डेन अस्पतालमा भइरहेको दिलिपले बताए । छोरीलाई एनआईसीयूमा राखेर उपचार शुरू गरिएको उनले बताए । 

उपचारमा लापरबाही गरेको भन्दै बालिकाका अभिभावकले डाक्टरमाथि कुटपिट गरेका छन् । नवजात शिशुका आफन्तले डा. यादवलाई कुटपिट गरेका हुन् । जिउँदै बच्चालाई मृत घोषणा गरेको भन्दै आक्रोशित भएका आफन्तले यादवमाथि कुटपिट गरेका छन् । कुटपिटबाट डा. यादवको टाउकोमा चोट लागेको छ । 

चिकित्सकमाथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्काे १ जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको दिलीप मुखियाले बताए । कोशी अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको बताइएको छ ।

अहिले नवजात शिशुका आफन्त र हस्पिटल प्रशासनबीच छलफल चलिरहेको छ । कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले घटनाका विषयमा बुझ्ने काम भइरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x