×

NMB BANK
NIC ASIA

स्थानीय सरकार

घरघरमा पुगेर आधुनिक सेवा दिँदै गल्याङका मेयर गुरु

माघ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

देश संघीय शासन प्रणालीमा गएपछि गाउँगाउँमा सिंहदरबार पुग्यो भन्दा पनि भ्रष्टाचारको विकेन्द्रीकरण भएको आरोप लागिरहेको बेला कुनै–कुनै स्थानीय तहले राम्रा कामहरू पनि गरेका छन् । अपवादकै स्थानीय तहका रूपमा राम्रा काम गर्नेमध्येका एक हुन् स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई ।

Muktinath Bank

स्थानीय तहमा जनतालाई घर पायककै सरकारले सेवासुविधा प्रदान गर्न सकून् भन्ने उद्देश्यले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको हो । खास गरेर गाउँगाउँका जनताले आफ्नो घर–टोलमा नै सेवा पाउन सकून् भन्ने मुख्य उद्देश्यलाई भट्टराईले सही रूपमा पुष्टि गर्ने केही प्रयास गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरघरमा पुगेर एकीकृत घुम्ती सेवा


Advertisment
Nabil box
Kumari

नगरपालिकाबाट नागरिकलाई सेवा प्रदान गर्ने हरेक कार्य नागरिकले आफ्नो घरमा नै पाउन सकून् भन्ने उद्देश्यले उनले गत पुस १४ गतेदेखि माघ ३ गतेसम्म एकीकृत घुम्ती शिविर सञ्चालन गरिसकेका छन् । वडाका योजना सम्झौता, बैंक खाता सञ्चालन गर्ने कामदेखि स्वास्थ्य शिविर होस् वा अन्य कुनै पनि सिफारिस सबै कामहरू एकीकृत घुम्ती शिविरमा सम्पन्न गरिएको उनी बताउँछन् । सेवा लिनका लागि नगरपालिकासम्म आउन  ६०–७० वर्षका वृद्धवृद्धालाई पारिवारिक समस्यादेखि विभिन्न प्रतिकूलता हुने हुँदा त्यसलाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

कृषि बीउबिजन वितरण, घाँसको बीउ वितरणदेखि प्राविधिक/अप्राविधिक काम, स्वास्थ्य शिविर सञ्चालन, योजना सम्झौता लगायत थुप्रै कामहरू गरेको उनी बताउँछन् ।

‘योजना सम्झौता गर्नकै लागि पनि उपभोक्ता समितिलाई अनावश्यक रूपमा नगरपालिकामा पटक–पटक धाउनुपर्ने हुन्थ्यो । कुनै दिन कुनै कर्मचारी नहुने, कुनै दिन कुनै प्राविधिक नहुने हुँदा समयमा योजनाको सम्झौता नै नहुने स्थिति थियो,’ नगर प्रमुख भट्टराईले लोकान्तरसँग भने, ‘विकास निर्माणदेखि अन्य सबै योजना बनाउने काम वडा तथा टोलमै पुगेर गर्नुपर्छ भनेर हामीले ११ वटै वडामा पुगेर ४०० योजना सम्झौता गरेका छौं ।’ यसरी घरमै पुगेर सेवा प्रदान गर्दा सेवाग्राहीहरूको समयदेखि अर्थको समेत बचत हुने उनले बताए ।

५० हजार रुपैयाँका योजनादेखि ४ लाख रुपैयाँसम्मका योजनाहरू सम्झौता गरिएको उनले बताए । सम्पन्न गरिएका ती ४०० योजनामध्ये ११ वटा योजनाहरू ठेक्का प्रक्रियामा समेत गइसकेको उनले खुलाए ।

एकीकृत शिविर अन्तर्गत सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर सम्बन्धी स्क्रिनिङ गरिएको थियो । १ हजार २२१ जनाको स्क्रिनिङ गरिएकोमा ३ जनालाई क्यान्सर भएको हुनसक्ने आशंका गरिएको उनले बताए ।

‘शिविरमा परीक्षण गरिएका ती महिलाहरूमध्ये ३७ जनाको पाठेघरमा मासु पलाएको पाइएको थियो,’ भट्टराईले लोकान्तरसँग थपे, ‘३७ जनालाई नै क्यान्सर भएको हुनसक्ने भनी सबैलाई रेफर गरिएको छ ।’

स्वास्थ्य शिविरमा १०७ जनालाई प्रजनन् अंगको रोगको उपचार गरिनुका साथै ज्येष्ठ नागरिक लगायत अन्य समेत गरी १ हजार ४३२ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको उनले बताए ।

अब मिर्गाैला परीक्षणका लागि प्रत्येक वडामा २/३ दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको योजना छ ।

अतिविपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

नगरपालिकामा आर्थिक विपन्नताका कारणले विद्यार्थीहरू विद्यालयमा भर्ना भए पनि ‘ड्रप आउट’ हुने गरेको समस्यालाई समाधान गर्नका लागि उनले अतिविपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएका छन् ।
 
१२ कक्षामा अध्ययनरत विद्यार्थीहरूमध्ये २० प्रतिशत अतिविपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगरपालिकाबाट पूर्ण छात्रवृत्ति प्रदान गरिएको उनी बताउँछन् । कलेज तहमा १० प्रतिशत अतिविपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको उनले बताए ।

पालिकाभित्रका विद्यालयहरूमा अध्यापन गराउने शिक्षकहरूको गुणस्तर वृद्धि गराउन तथा अपडेट गराउनका लागि तालिम प्रदान गर्ने योजना रहेको उनले सुनाए ।

‘शिशु कक्षामा पढाउने शिक्षकहरूलाई अपग्रेड गराउने उद्देश्यले १ हप्ताको तालिम सञ्चालन गरिसकेका छौं,’ मेयर भट्टराईले थपे, ‘अब अन्य कक्षाका शिक्षकहरूलाई पनि क्रमशः तालिम दिने योजना छ ।’

नगरपालिकाबाट ई–भुक्तानी 

नगरपालिकाले सेवाग्राही तथा पक्षहरूलाई अब चेक भुक्तानी दिनुको साटो ई–पेमेन्ट शुरू गरेको छ । नगरपालिकाबाट अहिलेसम्म ई–पेमेन्टमार्फत ११ करोड ४० लाख रुपैयाँ भुक्तानी गरिसकेको उनले बताए ।

‘उपभोक्ता समितिदेखि ठेकेदार आदिलाई अब हामीले चेकबाट भुक्तानी गर्नुको साटो ई–पेमेन्ट शुरू गरेका छौं,’ उनले लोकान्तरसँग भने, ‘चेक काटेर बैंक पठाउने कामलाई निरुत्साहित गर्नका लागि ई–पेमेन्ट शुरू गरेका हौं । अब त्यसले गर्दा बैंक धाउनुपर्ने झन्झट हटेको छ ।’

बाँदरको आतंक हटाउने प्रयासदेखि एक घर एक धारासम्मको योजना 

आलुको बीउ उत्पादनका लागि नगरपालिका चर्चित छ । मेयर भट्टराईका अनुसार गण्डकी प्रदेशभरमै करीब ६५ प्रतिशत आलुको बीउ उत्पादन तथा बिक्री गर्ने काम पालिकामा हुन्छ । त्यसबाहेक धान, गहुँ आदिको पनि राम्रो खेती हुन्छ तर पालिकामा मात्र नभएर समग्र स्याङ्गजा जिल्लामै बाँदरको आतंक तथा आक्रमणका कारण खेती पूर्ण रूपमा प्रभावित हुँदै आएको उनले सुनाए ।

‘किसानले बाली लगाए पनि बाँदरले सबै बालीनाली नष्ट गरिदिने गर्छन्,’ उनले थपे, ‘बाँदरलाई किसानले धपाउन जाँदा मान्छेलाई झम्टिने, पिट्ने, आक्रमण गर्ने गरेको छ ।’ करीब २–३ हजारसम्मको संख्यामा बाँदरले पालिकामा आतंक मच्चाएको उनले बताए ।

बाँदरकै आतंकका कारण पालिकाको ५०–६० प्रतिशतसम्म कृषियोग्य जग्गा बाँझै रहने अवस्था उत्पन्न भएको उनले बताए ।

ती सबै बाँदरलाई धपाएर कुनै जंगलमा पठाउन सकिन्छ कि भन्ने विषयमा सम्बन्धित निकायसँग छलफल गरिरहेको उनले बताए ।

सिँचाइमा राम्रो गर्नका लागि एक घर एक धाराको योजनालाई अगाडि ल्याएको उनले जानकारी दिए । आगामी ३ वर्षभित्रमा योजना सम्पन्न गर्ने गरी काम गरिरहेको उनले बताए । ठाउँठाउँमा स–साना झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको उनी बताउँछन् । 

अहिले सडक गुरुयोजना समेत निर्माण भइरहेको उनले बताए । प्राथमिकीकरण गरी अल्पकालीन र दीर्घकालीन योजनाअनुसार सडक निर्माण गरेर निर्वाहमुखी विकासको काम अन्त्य गर्ने योजना रहेको उनले सुनाए ।
 
त्यसबाहेक गल्याङ नगर पर्यटन गुरुयोजना निर्माणको काम पनि पर्यटन बोर्डबाट भइरहेको उनले बताए । आँधीखोला, रामनदी धाम, उत्तरवाहिनी, सेती बेढी शिला, तम्किकोट, गेजाकालिका, आलम देवी लगायतका स्थानको धार्मिक पर्यटकीय सम्भाव्यता अध्ययन गरेर धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको उनी बताउँछन् ।

स–साना ड्याम बनाएर पर्यटकहरूका लागि स्टिमर, मोटर बोट सञ्चालन गर्ने, माछा खेती गर्ने लगायतको योजना रहेको उनले बताए ।

खास गरेर पालिकाका युवाहरू रोजगारीका लागि विदेशिएको हुँदा स्थानीय स्तरमै भएका स्रोतसाधनको परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने काम मुख्य प्राथमिकतामा रहेको उनी बताउँछन् ।


  
‘गाउँमा युवा नै छैनन् । कि त बच्चा छन्, कि त वृद्धवृद्धा,’ उनले थपे, ‘युवाहरूको विदेश जानुपर्ने बाध्यता अन्त्य गर्न विभिन्न रोजगारको अवसर सिर्जना गर्न लाग्ने मेरो सोच छ ।’ 

त्यसका लागि उनले बाँसका विभिन्न फर्निचरका ‘आइटम’ उत्पादन गर्न लगाएर बिक्री वितरण गराउने योजना रहेको उनले सुनाए । पालिकामा जताततै बाँसको घारी छ । ‘ती बाँसलाई काटेर विभिन्न फर्निचरका ‘आइटम’ उत्पादन गराउने तथा बिक्री वितरण गराएर पनि युवाहरूलाई रोजगारमा लगाउने मेरो योजना छ,’ उनले थपे, ‘पर्यटकीय स्थलहरू विकास भएपछि धेरै जनाले त्यसै पनि रोजगार पाउनेछन् ।’

विद्यार्थीकालदेखि राजनीतिमा, केही नयाँ गर्ने सोच 

भट्टराई विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भएर राजनीतिमा लागेको बताउँछन् । २०५४ सालमा वालिङ बहुमुखी क्याम्पसमा आईकम पढ्दा नै उनी नेविसंघको इकाई कमिटीका सहसचिव भएका थिए । २०६३ सालमा उनी नेविसंघको जिल्ला सभापति नै भए । २०६८ सालमा उनी नेविसंघको केन्द्रीय सदस्य भएका थिए ।

त्यसअघि २०६७ सालमा पार्टीको जिल्ला कमिटीमा कार्यसमिति सदस्य भएका उनी अहिले पार्टीको जिल्ला सचिव हुनुका साथै पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य पनि हुन् ।

गत स्थानीय निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रेलाई पराजित गर्दै उनी गल्याङ नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । ‘अहिले गरेको कामबाट म आफैं सन्तुष्ट हुनसकेको छैन । मलाई अझै धेरै काम गर्नु छ,’ उनले लोकान्तरसँग भने, ‘प्रशासनिक झन्झट तथा कानूनी प्रक्रियाका कारण धेरैजसो काम भनेकै बेला हुनसकेको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x