×

NMB BANK
NIC ASIA

पोखरामा ‘टाइगर कप’ भलिबल सुरु

माघ ८, २०७९

NTC
Premier Steels

पोखरा रङ्गशालामा आजदेखि तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । 

Muktinath Bank

प्रतियोगिताअन्तर्गत आज तीन खेल भएका छन् । पुरुषतर्फको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । गण्डकीले २५–२३, २५–२० र २५–१६ ले पुलिसलाई पराजित गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाटनपछिको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतियोगिताको साविक विजेता त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । एपीएफ २०–२५, २५–२२, २६–२४ र २५–१९ ले विजयी भएको हो । 


Advertisment
Nabil box
Kumari

महिलातर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी बनेको छ । न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले विजयी सुरुआत गरेको हो । आर्मीले २७–२५, २५–१७ र २५–२३ को सेटमा डायमण्डलाई पराजित गरेको हो ।

Vianet communication

प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहेको छ । 

पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ । महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच÷पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । महिला र पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ ।     गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफले जितेको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x