माघ १३, २०७९
सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि तय गरिएको थियो । ...
काठमाडाैं | माघ ९, २०७९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल तर्फको व्यवस्थापन शाखा प्रमुख नवौं तहका पूर्णप्रसाद चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
शाखा प्रमुख चुडाललाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले लोकान्तरलाई जानकारी दिए ।
यात्रुहरूलाई यात्रा सहज बनाइदिने भनेर सेवाग्राहीबाट घुस लिएको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
अख्तियार स्रोतका अनुसार उनको साथबाट घुस वापतको १ लाख ५० हजार र स्रोत नखुलेको थप ८ लाख रुपैयाँ बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।
सर्वोच्च अदालतमा परेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताबारेको मुद्दाको सुनुवाइ शुक्रबार पनि हुँदैछ । माघ ११ गते लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबारका लागि तय गरिएको थियो । ...
सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका ‘सभापति’ रवि लामिछाने नागरिकताविहीन भएका छन् । सर्वोच्च अदालतले उनले निर्वाचनका समयमा प्रयोग गरेको नागरिकतालाई मान्यता नदिएपछि उनी अना...
चितवन कालिका नगरपालिका वडा नम्बर ५ को भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद कँडेलले किर्ते शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै अख्तियारले आरोप पत्र दायर गरेको छ। कँडेलले निमावि तृतीय त...
‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) ब...
मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत तत्कालीन मालपोत अधिकृत लेखा पनेरू महतको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेकी भावना महतले बयान व्यहोराको प्रतिकूल बकपत्र दिएकी छन्। पनेरुले १ लाख ५० हजार रुपैयाँ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतलगायत ३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। उनीहरूले गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौरमा फिल्ड निर्माण गर्ने क्...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...