चैत १३, २०७९
सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा आज साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हरा...
पाँचौं संस्करणको सम्झना कप टेबल टेनिस प्रतियोगिता माघ तेस्रो साताबाट लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेभएको छ । ललितपुर टेबल टेनिस क्लवले आइतवार पत्रकार सम्मेलन गरी टेबल टेनिस प्रतियोगिता माघ १७ देखि २१ सम्म आयोजना हुने जनाएको हो ।
प्रतियोगितामा विभिन्न देशका खेलाडीले समेत सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगितामा नेपाली खेलाडीका अलावा भारतका नौ, बेलायतका दुई तथा फ्रान्स र पोर्चुगलबाट एक एक खेलाडीले भाग लिनेछन् ।
पाँच दिनसम्म चल्ने प्रयितोगितामा मेन्स सिंंगल, वुमेन्स सिंंगल, मेन्स टिम, वुमेन्स टिम, मेन्स भेट्रान (४० वर्ष माथि), वुमेन्स भेट्रान (४० वर्ष माथि) र मेन्स भेट्रान सिंगल (५५ वर्ष माथि) गरी कुल सात विधामा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा पुरुषतर्फ कुल २ सय तथा महिलातर्फ ५६ खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगितामा मेन्स सिंंगल तथा वुमन्स सिंगलको विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा सेमिफाइनलबाट बाहिरिने दुई खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मेन्स टिम तथा वुमेन्स टिमतर्फको विजयीले पनि सोही पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ । यसैगरी भेट्रानतर्फको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र सेमिफाइनलबाट बाहिरिने दुई खेलाडीलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।
मुख्य प्रायोजकका रुपमा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. रहेको प्रतियोगितामा डबल हेपिनेसको बोर्डसँगै बल पनि प्रयोग हुनेछ । यसमा लाग्ने सम्पूर्ण खेल सामग्रीको प्रायोजन नेपालका लागि डबल हेपिनेसको अधिकारिक बिक्रेता चाइना ट्रेड लिंक लिमिटेड निङले गर्नेछ । चाइना ट्रेड लिंकको लि. निङले पनि प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कारको व्यवस्था गरेको छ । आइतवार एक कार्यक्रममाझ चाइना ट्रेड लिंक प्रालिका प्रवन्ध निर्देशक राजेन महर्जन र क्लवका अध्यक्ष उर्दीप जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा आज साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले हरा...
डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडस...
युरोकप छनोटअन्तर्गत गएरातिको खेलमा स्पेनले नर्वेलाई पराजित गरेको छ। स्पेनको जितमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका जोसेलुले २ गोल गरे। नर्वेलाई ३-० ले पराजित गरेको स्पेनका लागि अर्को गोल भन...
विराट गोल्डकप फुटबलमा लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । विराटनगरको शहीद रंगशालामा आइतबार भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टीमा पनि दुवै...
आयरल्याण्डविरुद्धको पहिलो टी २० खेलमा बंगलादेशले सहज जीत हात पारेको छ । २०८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले वर्षाले खेल रोकिनु अगाडि ८ ओभरमा ८१ रन बनाउँदा ५ विकेट गुमाएपछि डिएलस मेथडमा बंगलादेशले २२ रन...
बारा । ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...