×

NMB BANK
NIC ASIA

डब्लुएचओले दिइरहेको छ डबल हेल्मेटको दवाव

माघ १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे छलफल शुरु गरेपछि सर्वसाधारणको चासो बढेको छ । सोमबार मन्त्रालयमा भएको छलफल पछि त्यसबारेमा व्यापक आलोचना पनि शुरुभएको छ । तर सरकारले सो दवाव विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको जनाएको छ । 

Muktinath Bank

सो संस्थाले मोटरसाइकलको पछाडि बस्ने यात्रुको सुरक्षाका लागि सरकारले पर्याप्त ध्यान दिनुपर्ने सुझाव दिएको छ । सो संस्थाले मन्त्रालयलाई दवाव दिएपछि त्यसबारेमा छलफल शुरुभएको मन्त्रालयका एक पदाधिकारीले बताए । मन्त्रालयमा भएको छलफलमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि ग्याम्पो दोर्जीले डबल हेल्मेटको प्रचलन अन्तर्राष्ट्रिय रुपमै अनिवार्य भइसकेकाले नेपालमा पनि त्यसको कार्यान्वयन हुनुपर्ने सुझाव दिएका थिए । मन्त्रालयका एक अधिकारीका अनुसार डब्ल्यूएचओले यस्तो नियम लागु गर्न सरकारसँग वकालत गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा सवारी दुर्घटनाबाट हुने मृत्युदर घटाउने प्रतिवद्धता गरेको छ, त्यसको अनुगमन डब्ल्ययूएचओले गरिहरेको छ । मन्त्रालयले त्यसबारेमा छलफल थाले पनि सरोकारवाला सबै पक्षसँग छलफल पछि मात्र त्यस विषयमा ठोस निर्णय लिइने ती अधिकारीले बताए । अहिले त्यसबारेमा सकारात्मक र नकारात्मक दुवै किसिमको प्रतिक्रिया बाहिर आए पनि मन्त्रालयले तत्काल त्यसबारेमा निर्णय गरिनहाल्ने उनले बताए । यसअघि पनि सरकारले डबल हेल्मेट लगाउने निर्णय गरेको थियो । तर त्यसको व्यापक आलोचना भएपछि निर्णय फिर्ता लिएको थियो । 


Advertisment
Nabil box
Kumari

यातायात व्यवस्था विभागका अनुसार मोटरसाइकल दुर्घटनामा धेरैजसो २० देखि ३५ वर्षसम्मका युवाहरुले ज्यान गुमाइरहेका छन् । बढ्दो मोटरसाइकल दुर्घटनाले हुने मानवीय, सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्न आवश्यक रहेको विभागको पनि भनाइ छ । डबल हेल्मेट लगाउँदा दुर्घटनामा पर्ने यात्रुको सुरक्षाका लागि भएकाले त्यसमा सकारात्मक सोच राख्नुपर्ने विभागको बुझाइ छ । 

Vianet communication
Laxmi Bank

कानुनी व्यवस्थाअनुसार पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनु पर्छ । तर अहिलेसम्म त्यसको ठोस कार्यान्वयन हुन सकेको छैन । यसअघि सरकारले सो कानुन कार्यान्वयनको प्रयास गर्दा आलोचना भएपछि पछाडि हटेको थियो  । डबल हेल्मेट लगाउने निर्णय व्यापारीहरुसँगको मिलेमतोमा आउने गरेको टिप्पणी बजारमा हुनेगरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x