×

NMB BANK
NIC ASIA

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने ।
– शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने ।
– सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने ।
– पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने ।

Muktinath Bank

निवासबाहिर भक्तजनहरूको लाइन प्रदर्शन गर्दै भित्र माफियाहरूलाई सोफामा विराजमान गराउने अनि राजकीय संरचनाहरूलाई नातावाद र गुटवादको इपिसेन्टरमा परिणत गर्ने । हामीले कहिल्यै यस्तो लोकतन्त्रको परिकल्पना गरेका थिएनौं । कृपया ‘ब्याक टु सोसाइटी’ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेलो नेताजी, तपाईंहरूले निरंकुशताविरुद्ध लोकतन्त्र, असमानता र अन्यायविरुद्ध, न्याय र समानताका लागि विभेद र भेदभावविरुद्ध कानूनी शासनको वकालत गर्दै जिन्दावाद भन्दै सडकमा ओर्लिएकाहरूको अवस्था के छ ? एकपटक त्यो धरातलमा फर्किनुस् । खासगरी सुशासनको नारामा देशभर प्रदर्शन र सामाजिक सञ्जालमा कोकोहोलो गर्ने तपाईंहरू एकपटक आफ्नो विगत अभियानतिर फर्किनुस् । स्वार्थ बाझिने गरी माफियाहरूको भागमा पारिएका मन्त्रालयहरूले दिन खोजेको सन्देश के हो ? सबै प्रस्ट भइसक्यो ।


Advertisment
Nabil box
Kumari

सिंहदरबारबाट मुस्किलले ५ किलोमिटर पर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुस्, दैनिक विदेश जाने झण्डै ३ हजार युवाहरूको अनुहार पढ्नुस् । अँ एकछिन पर्खिनुस् र सोध्नुस् । कफिनमा प्याक भएर आउने दैनिक ६–७ वटा शवहरू हेर्नुस् त ! यति गरिसकेपछि तपाईंको हृदयमा उत्पन्न करुणाको प्रतिक्रिया मष्तिस्कले कसरी दिन्छ ? त्यसलाई आफ्नो राजनीतिक जीवनको दृढ अठोट र कठोर संकल्प सहितको प्रतिबद्धतामा ढाल्नुस् । विमानस्थलबाट फर्केपछि कुनै दिन फुर्सद मिलाएर सिंहदरबारबाट मुस्किलले १ किलोमिटर पर त्रिपुरेश्वरस्थित पासपोर्ट वितरणस्थल जानुस् र युवाहरूको लाइन हेर्नुस् ।

Vianet communication
Laxmi Bank

तपाईं सिंहदरबार प्रवेश गर्दा वा फर्किंदा माइतीघर मण्डलामा यो संरचनाको पिँधका मान्छेहरू अनशनमा रहेको, धर्नामा रहेको, प्लेकार्ड, ब्यानर र कहिलेकाहीँ माइकिङसहित उपस्थित रहेको देखिरहनुभएको छ । कालो सिसा भित्रैबाट पनि त्यतापट्टि हेर्ने कष्ट गर्नुस् । ती मान्छेहरू क्वार्क वा अमिबाभन्दा ठूलै छन् ।

भलै कमिला नै सम्झिनुस्, कमिला आँखाले देख्न सकिन्छ । त्यसैगरी आँखाले हेरेर त्यो दृश्यको सञ्चार मष्तिस्कसम्म पुग्ने समय दिनुस्, थोरै समय तपाईंको कठोर हृृदयलाई पनि दिनुस् । उसले त्यस्ता दृश्यहरू अनुभूत गर्ने समय पायो भने तपाईंको कठोर हृदय भावुक पो बन्छ कि ? अनि तपाईं साँच्चै यो देशका पिँधका मान्छेहरूको पक्षमा काम गर्न थाल्नुहुन्छ कि ?

यदि तपाईं थप समयको म्यानेज गर्न सक्नुहुन्छ भने भक्तपुरको सानोठिमीस्थित ‘नो अब्जेक्सन लेटर’ (एनओसी) वितरण गर्ने कार्यालयको भीड हेर्नुस् । जहाँ विदेश पढ्न जाने विद्यार्थीहरूको तनावपूर्ण अनुहारका रेखाहरूलाई तपाईं सहजै पढ्न सक्नुहुन्छ । यदि तपाईं मुलुकको युवा पलायनबारे गम्भीर र संवेदनशील हुनुहुन्छ भने देशका अधिकांश सीमानाका जहाँबाट पासपोर्ट विना छिमेकी मुलुक भारत आवतजावत हुन्छ, त्यसको पनि रेकर्ड राख्न लगाउनुस् र ती डेटाहरूलाई तथ्यांकमा ल्याउनुस्, त्यसपछि देशवासीलाई भन्नुस्, कुन वाद र विचारधारा, कुन सिद्धान्त र राजनीति अनि कुन गठबन्धन र नेताले यस कहालिलाग्दो अवस्थाबाट मुक्ति दिन्छ ?

के तपाईंहरू देशको डरलाग्दो भविष्यको यो चित्र बदल्न योग्य हुनुहुन्छ ? हुनुहुन्छ भने एउटा साझा प्रतिबद्धता गर्नुस् र देशवासीका नाममा सम्बोधन गर्दै समय माग्नुस् । ५ वर्ष वा १० वर्ष कति हो ? हामीले तपाईंहरूसँग मागेको जम्माजम्मी प्रतिबद्धता यत्ति हो, हाम्रो अपेक्षाको आकार पनि योभन्दा ठूलो छैन । 

हामीले हाम्रा नेताहरूसँग सार्वभौम दृष्टिको अपेक्षा गरेका छैनौं । युरोपको अनिश्चितता, अमेरिकी दिग्भ्रम, चिनियाँ तटस्थता, रसियन पुनरोदयको दुस्साहसको जोखिमपूर्ण यात्रा र भारतीय अलमलको निकास दिन तपाईंहरूले वैचारिक र राजनीतिक नेतृत्व दिनुपर्छ भन्ने आशा, आग्रह, अपेक्षा र चाहना राखेका छैनौं ।

हामीले स्वर्णयुग, समृद्धिको युग, चन्द्रमामा यान पठाउने, अन्तरिक्षमा सेटेलाइट राख्ने, अझ भनौं बंगालको खाडीमा ध्वजाबाहक नेपाली पानीजहाज सयर गराउने यस्ता अनगिन्ती सपनाहरूलाई केही समय दराजमा थन्क्याउन सक्छौं । पहिले मात्रै देशको युवा पलायन, बौद्धिक पलायन, भ्रष्टाचार, संरचनाको पिँधका पीडितहरूको अन्याय, अस्तव्यस्तता, अव्यवस्थालाई निर्मूल होइन, ती प्रत्येक सीमान्तकृत नागरिकलाई अनुभूत हुने गरी न्युनीकरण गरिदिनुस् ।

अर्को प्रश्न हो – जनताको नाममा राष्ट्रिय राजनीतिमा उदाएका तपाईंहरूले ईश्वर वा जनताका नाममा शपथ लिनुभयो, भाषाशैली जेसुकै भए पनि त्यसको आशय र मर्म देश र जनताकै पक्षमा काम गर्छाैं भन्ने होला होइन र ? यदि जनतामाझ गरिएका वाचा कृत्रिम होइनन् र व्यवस्थापिकादेखि कार्यपालिकासम्म लिइएका शपथहरू कर्मकाण्डी परम्पराका औपचारिक मन्त्र मात्र नभई ती जीवन व्यवहारका प्रण हुन् भने तपाईंहरूका वरिपरि परिवार, आफन्त, बिचौलिया र माफिया मात्रै सक्रिय हुनुपर्ने कारण के हो ? यी जनताका प्रश्नहरू हुन्, यस्तै प्रश्नहरूले तपाईंहरूको स्पेस खुम्चिँदै गएको छ । आलोचनाबाट निधार खुम्च्याउँदै भागेर आफ्नो आकार थप खुम्च्याउने वा जनताकोे नजरमा गलत देखिएको र तपाईंको बाध्यताले सही देखेको व्यवहार सच्याउने ? त्यो निर्णय गर्ने जिम्मा तपाईंमाथि छ ।

हामीले हाम्रा नेताहरूसँग सार्वभौम दृष्टिको अपेक्षा गरेका छैनौं । युरोपको अनिश्चितता, अमेरिकी दिग्भ्रम, चिनियाँ तटस्थता, रसियन पुनरोदयको दुस्साहसको जोखिमपूर्ण यात्रा र भारतीय अलमलको निकास दिन तपाईंहरूले वैचारिक र राजनीतिक नेतृत्व दिनुपर्छ भन्ने आशा, आग्रह, अपेक्षा र चाहना राखेका छैनौं ।

अमेजन, फेसबूक, ट्विटर लगायत विश्वका विशाल सेवामूलक कम्पनीहरूका हजारौं कर्मचारी हटाउने निर्णयलाई रोक्न पहल गर्नुस् वा ती बेरोजगार स्किलफुल श्रमिकहरूलाई रोजगारीको वैकल्पिक व्यवस्था गर्नुस् भन्ने माग गरेका छैनौं । लाखौं डलर खर्चेर अन्तरिक्ष घुम्ने योजना बनाएका पर्यटकलाई रोकेर गरीब निमुखालाई स्वास्थ्य शिक्षामा लगानी गर्न बाध्य पार्नुस् भनेका छैनौं । न त विश्वका १ प्रतिशत धनाढ्यहरूको हातमा रहेको विश्वको आधाभन्दा बढी सम्पत्ति खोसेर टाउकोमाथि छत र जिउमा मौसम अनुसारको लुगा नपाएकाहरूलाई व्यवस्था गर भनेका छौं । मात्रै हामीसँग उपलब्ध स्रोतसाधन र जनशक्तिको व्यवस्थापनमा केन्द्रित बन्नुस् भन्ने आग्रह हो ।

आ–आफ्नो पार्टीभित्र लोकप्रिय उदारवादका प्रवक्ता र समाजवादका प्रवचकहरूसँग हामी गम्भीरतापूर्वक इमान्दारिताका साथ प्रश्न गर्न चाहन्छौं – अप्रसांगिक विषयहरूको प्रशंसा, जानकारी आदानप्रदान र दैनिक जीवन व्यवहारमा उपयोगी नहुने विषयवस्तुको कथाकहानीमा समय खर्चिनुको साटो ग्रामीण बेरोजगारहरू, असन्तुष्ट शहरीया वर्ग र त्रिभुवन युनिभर्सिटीका डिग्रीधारी बेरोजगारहरू जो अझै आशावादी छन्, उनीहरूलाई आकर्षित गर्न र तिनका समस्या सम्बोधन गर्न समय खर्चिनुस् ।

बीपीमाथि महामानवको मिथक भिराइदिएर, मदन भण्डारीमाथि जननेताको मिथक भिराइदिएर अनि प्रचण्डमाथि प्रचण्ड पथको मिथक भिराइदिएर मात्रै समयले सकारात्मक बाटो लिने छैन । यदि तपाईंलाई वर्तमानमा जिउन इतिहासको सहारा लिनैपर्ने बाध्यता हो भने सिक्काको अर्को पाटोलाई पनि हेर्नुस्, दुईतिहाइ बहुमतका बाबजुद बीपीले बहुदल जोगाउन सकेनन्, बरु आफैं कारागारको यातना शिविरमा रहे । उनको मृत्युको ६ वर्षपछि मात्रै बहुदलीय व्यवस्था पुनःस्थापना भयो । 

मदन भण्डारीले एउटा कम्युनिस्ट पार्टीलाई राजाको श्रीपेचमुनि बन्धक राखे र संवैधानिक राजतन्त्र स्वीकार गरे । राजतन्त्रात्मक व्यवस्था र कम्युनिस्ट सरकार एकैसाथ चल्नु कुनै वैचारिक तालमेल र दृष्टिकोणको स्वाभाविक चरणका रूपमा लिन सकिन्छ र ? सापेक्षिक रूपमा प्रचण्डले गणतन्त्र ल्याए ।

गणतन्त्र अघिको अन्तरिम सरकारमा पनि उनी सहभागी भएनन् र गणतन्त्रको पहिलो प्रधानमन्त्री बनेपछि मात्रै उनले सत्तायात्राको शुरूआत गरे । गणतन्त्रको स्थापना, गणतान्त्रिक संविधान, राज्यको शासकीय स्वरूप जस्ता थुप्रै परिवर्तनकारी कार्य सम्भव बनाएका प्रचण्ड संविधान जारीपछिको राजनीतिक संक्रमणमा अल्झिएका छन् । आफूले ल्याएको व्यवस्था टिकाउन, त्यसलाई स्थायित्व दिन र त्यसको रक्षा एवं विकासका लागि प्रचण्ड गतिशील वा अस्थिर बन्नैपर्नेछ । संगठनको दायरा फराकिलो नभएकै कारण आफ्नो व्यक्तित्व, कर्तव्य र दायित्व एवं दलको आकारबीच सन्तुलन कायम हुन नसक्दा अस्थिरता उनको बाध्यता बनेको छ तर परिस्थितिले अब प्रचण्डपथको गुणगान गाउँदैै सुप्रिमो टर्मिनोलोजीको बजनदार सम्बोधनले मात्रै पार्टी राजनीतिलाई दिशानिर्देश गर्न सकिने छैन ।

यदि सफलताका लागि माओवादीले आफूलाई तयार पार्न खोज्ने हो भने आफ्नो बाटो आफैंले तय गर्नुपर्छ । आफूले बनाएको बाटोमा हिँड्दा सफलता प्राप्त गर्नबाट कसैले रोक्न सक्दैन ।

बजारका तमाम राजनीतिक विश्लेषकहरूले माओवादीको भविष्यवाणी गर्छन् अर्थात् उनीहरूको पूर्वानुमान के छ भने अब माओवादीको प्रत्यक्ष तर्फको सिट २ अंकको बन्न सम्भव छ ? निःसन्देह माओवादी कार्यकर्ताहरूलाई स्तब्ध तुल्याउने गम्भीर प्रश्न हो यो । यसको सटिक जवाफ के हो भने स्वीकार गर्ने हिम्मत र सुधार गर्ने नियत छ भने माओवादीले अझै चमत्कार गर्न सक्छ । अर्थात् माओवादीको ‘रिभाइभ’ सम्भव छ ।

यदि सफलताका लागि माओवादीले आफूलाई तयार पार्न खोज्ने हो भने आफ्नो बाटो आफैंले तय गर्नुपर्छ । आफूले बनाएको बाटोमा हिँड्दा सफलता प्राप्त गर्नबाट कसैले रोक्न सक्दैन । भीडमा हिँड्न त हामीलाई कुनै समस्या छैन तर भीडमा हिँड्दा हामीले आफ्नो शक्ति बिर्सिंदै गयौं । जसले गर्दा हामीलाई आफ्नो शक्तिमाथि विश्वास रहेन अनि हामी सफलताका लागि तड्पिनुपर्ने ठाउँमा पुग्दैछौं । त्यसकारण गल्तीलाई स्वीकार गर्दै त्यसलाई सुधार गर्‍यौं भने हामीले गल्तीबाट थुप्रै पाठहरू सिक्ने छौं । जो आगामी यात्राका लागि हामीसँग परिपक्व अनुभवको एक निर्णायक तत्व हुनेछ ।

तर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई सुप्रिमो र हेडक्वार्टर भन्दै घेराबन्दी गर्ने, आरती गाइरहने एउटा सानो भजनमण्डलीलाई त्यस कुराको कुनै चिन्ता रहेन र आफ्नो स्पेसका लागि त्यसले समाजको आजका चरित्र, प्रवृत्ति र विकासबारे बुझेर नयाँ रणनीतिमा सहयोगी बन्ने नेता कार्यकर्ताहरूको पंक्तिलाई ढोका बन्द गर्‍यो भने हाम्रो एल आकारको ओरालो यात्रालाई कसैले यू आकारमा लानसक्ने छैन । केही समय आफ्नो रवाफिलो राजनीतिक करिअर सुरक्षाका लागि एकाध साथीहरूको एउटै रेडिमेड जवाफ छ – हिजो पनि हामीले प्रचण्डलाई साथ दियौं र आज पनि हामीले छोड्दैनौं । खबरदार हिजो प्रचण्डको विरोध गर्नेहरू ... ।

प्रचण्डको मष्तिस्कका न्युरोनहरूले देउवाको दिमागमा क्रेडिबिलिटी डिपोजिट र ओलीको दिमागमा अर्थपूर्ण भिजिट एकैसाथ गर्छन् तर पार्टीभित्र र बाहिरका सक्षम, इमान्दार र प्रतिभावान मान्छेहरूलाई संगठनको जिम्मेवारीमा ल्याउन चाहने उनको दिमागका न्युरोनहरूलाई पनि ह्याङ बनाउने एउटा सानो घेराले आफ्नो पार्टीभित्रैका दिमागलाई रिड गर्न रुचाउँदैन ।

त्यस प्रवृत्तिलाई पार्टीमा योग्य र दक्ष मानिसहरूलाई ‘हाई’ गर्नुभन्दा ‘गुड्वाई’ भन्न हतारो देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x