×

NMB BANK
NIC ASIA

गृह मन्त्रालयको विषयले सत्ता गठबन्धन संकटमा पर्दैन- ओली

माघ १९, २०७९

NTC
Premier Steels

एमाले अध्यक्ष केपी ओलीले बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग सरकार संकटमा नपर्ने बताएका छन् ।

Muktinath Bank

गृहमन्त्रालयको विषयले सत्ता गठबन्धनमा नै खटपट आउने सक्नेतर्फ संचारकर्मीले सोधेको प्रश्नमा ओलीले सरकार संकटमा पर्छ जस्तो नलाग्ने बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मुख्य कुरा राजनीतिक एजेण्डा कार्यान्वयन गर्ने प्रतिबद्धता हुन् । सरकार संकटमा पर्छ भजस्तो लाग्दैन । तर प्रणालीमा अस्थिरता रोपिएको छ । निर्वाचन लगत्तैदेखि भनेको थिएँ असाधारण अस्थिरतमा देश छ भनेर । राजनीतिक अस्थिरता रोपिएको छ’ ओलीले भनेका थिए, ‘नेपाल कहिल्यै पनि स्थिरतामा चलेन । राणा र राजशाही हुँदा दमनले अस्थिरता जस्तो देखियो । दमन र नियन्त्रणका भरमा चले ।


Advertisment
Nabil box
Kumari

तर जब बज डेमोक्रेसी भन्यो तब बढी अस्थिरता हामीले भोग्यौं । ७ सालमा राणा शासन ढलेपछि कुनै सरकार ५ वर्ष चलेन ।’

Vianet communication

ओलीले शासन प्रणाली मुख्य हो भन्दै शासन प्रणालीलाई कसरी अगाडि बढाउने र निर्वाचन प्रणालीलाई कस्तो विधिमा लाने भन्ने पनि मुख्य विषय भएको बताए ।

लोकतन्त्रलाई बढी संस्थागत र सुदृढ गर्न सकिन्छ भन्नेमा लाग्नुपर्ने ओलीको भनाइ थियो ।

नागरिकताको मुद्दामा दोषी पाइएपछि १९ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकार छोड्नेसम्मको चेतावनी दिइरहेका बेला ओलीले सरकारको संकटबारे आजै बोलेका हुन् ।

लामिछानले पनि फेसबुकमा धम्कीपूर्ण स्टाटस लेख्दै सरकारबाट फिर्ता हुनेसम्मको संकेत गरेका छन् ।

‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’ लामिछानेले लेखेका छन् । 

आजै रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि डाकेको छ । यो बैठकले सरकारबाट बाहिरिन सक्ने निर्णय गर्ने बुझिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x