×

NMB BANK
NIC ASIA

कांग्रेसविरुद्ध खनिए ओली

सत्ताबाहिर बस्नु पर्दा कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको छ– ओली

माघ २२, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर बस्नु पर्दा नेपाली कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको बताएका छन्। 

Muktinath Bank

चुनावी नतिजापछि आफ्नो पार्टी प्रतिपक्षमा बस्ने मनस्थितिमा रहे पनि संवैधानिक संकट आउन नदिन नयाँ समीकरण बनाउन तयार रहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा ओलीले नियतिले प्रतिपक्षमा पुगे पनि कांग्रेसले त्यो कुरालाई आत्मसात गर्न नसकेको टिप्पणी गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘प्रतिनिधि सभा र प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट नआएपछि हामी जसरी पनि सरकार बनाउने सत्तालिप्सामा थिएनौँ, प्रतिपक्षमा बस्न तयार थियौँ । कांग्रेसमा सरकार गठनको व्यग्रता थियो । अनिश्चय बढ्दै गएको अवस्थामा राजनीतिक निकाश दिन एमालेले सरकार गठनको पहल लिनु पर्ने अवस्था आयो’, ओलीले भने, ‘प्रतिपक्षमा पुगे पनि कांग्रेसले प्रतिपक्षी अस्तित्व स्वीकार गरेको छैन, कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको छ, सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभका लागि खप्पिस छ । म मेरा मित्र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उहाँलाई आग्रह गर्न चाहन्छु, बृहत्तर राष्टिय हितमा काम गरौँ । कोही पनि जालान्धर नबनौँ। स्वास्थानीको बेला छ । राष्टलाई अस्थिरतातर्फ धकेल्नेतर्फ नलागौँ ।’ 'आफूबाहेक अरूको नेतृत्व स्वीस्कार्नै नसकेर, सरकारलाई हठात् विश्वासको मत दियो । सरकारमाथि विश्वास मागेको मान्न सकिँदैन । ढोक्सा थापेको हो भने गल्ती हो,' ओलीले भने, ​'ढोक्सा बेलुका थापिन्छ, अँध्यारामो माछा मार्न खोजिन्छ, बिहान भएपछि रित्तो डोको बोको घर फर्क्यो । सरकार माथिको विश्वास होइन सभामुख र उपसभामुख निर्वाचनमा खिचलो खडा गर्ने दुराशय देखिन्छ । 

Vianet communication

यस्तो छ जालान्धरको कथा

लान्धारले पार्वतीलाई आफ्नी पत्नी बनाउन आग्रह गरेका थिए। यसबाट क्रुद्ध पार्वती र महादेवले जालन्धरसँग युद्ध गर्नुपरेको थियो। 
वृन्दाको पवित्रताका कारण भगवान शिवको हरेक आक्रमणलाई जालन्धरले प्रभावहीन बनाएको थियो। पछि देवताहरूले मिलेर एउटा योजना बनाएर भगवान विष्णु जालन्धरको भेषमा वृन्दावन पुगेका थिए। 
पछि वृन्दाले भगवान विष्णुलाई आफ्नो पति जालन्धर मानेर उनलाई पत्नीको रूपमा व्यवहार गर्न थालेका थिए। जसका कारण वृन्दाको पतिको धर्म भंग भएको र शिवले जालन्धरको वध गरेका स्वस्थानी कथामा उल्लेख छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x