×

NMB BANK
NIC ASIA

के–के भयो प्रचण्ड, देउवा र ओली सहभागी भएको बैठकमा ?

माघ २३, २०७९

NTC
Premier Steels

पुस १० गते नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । 

Muktinath Bank

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षा सहितका विषयमा केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीले सम्बन्धित निकायका प्रमुखलाई राखेर गर्नुभएको सीमा व्यवस्थापन र सुरक्षासम्बन्धी ब्रिफिङमा कांग्रेस सभापति र एमाले अध्यक्ष सहभागी हुनुभएको हो,’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘यो ब्रिफिङमा सरोकारवाला मन्त्री, सुरक्षा प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।’ 


Advertisment
Nabil box
Kumari

तिमल्सिनाले राष्ट्रपति चुनाव, सत्ता गठबन्धनको विषयमा कुराकानी नभएको दाबी गरे तर प्रधानमन्त्री निकट स्रोतका स्रोतका अनुसार ३ नेताबीच समसामयिक राजनीतिका विषयमा पनि कुराकानी भएको छ । 

Vianet communication

‘भन्नलाई सीमा व्यवस्थापन र राष्ट्रिय सुरक्षा सम्बन्धमा ब्रिफिङ भनिए पनि शीर्ष ३ दलका नेताबीच पनि संवाद भएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘विभिन्न विषयका विधेयक अड्किएका छन् । संसदलाई बिजनेश दिने विषयमा पनि संवाद भएको छ । अरु समसामयिक विषयमा पनि कुराकानी भएको बुझेका छौं ।’

प्रधानमन्त्री प्रचण्डले संसदको बिजनेशबारे सोमवार बालुवाटारमा दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गरेका थिए । 

फागुन २५ गते राष्ट्रपति चुनाव आउँदै गरेकाले भेटलाई महत्त्वका साथ हेरिएको छ । नयाँ गठबन्धन बन्ने, कांग्रेसले विश्वासको मत दिने वातावरण भएपछि दलबीच आपसमै अनेक आशंका छन् । गठबन्धनको सहमति अनुसार राष्ट्रपति एमालेले लिने भन्ने छ तर पुस २५ गते कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि अवस्था फेरिएको छ । 

त्यसपछि माओवादीले राष्ट्रिय सहमति जुटाएर राष्ट्रपति चयन गर्नुपर्ने मत राख्दै आएको छ । कांग्रेसले पनि आफ्नो पक्षमा पार्न माओवादीको विश्वास जित्ने नीति लिएको छ । यहीबेला संसदका प्रमुख ३ दलका नेताबीचको भेट हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x