×

NMB BANK
NIC ASIA

पोखराको लेकसाइडमा भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा

माघ २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पोखराको लेकसाइडस्थित हल्लनचोकमा रहेको लेकसाइड सेन्टरको भवनमा आज साँझ लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ । 

Muktinath Bank

हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भूइँतलामा रहेको गोदामबाट साँझ ४ः३५ बजे सुरु भएको आगलागी ६ः४५ बजे पूर्ण नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बैदामका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार आगलागीबाट सेन्टरमा सञ्चालित आधा दर्जन व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ । आगलागीका समयमा कर्मचारी तथा ग्राहक पसलमा भए पनि मानवीय क्षति भने भएको छैन । प्रहरी निरीक्षक पौडेलले भने, “आगलागी पूर्ण नियन्त्रणमा लिएका छौँ । अहिले राति भएकाले क्षतिको सबै विवरण सङ्कलनमा कठिनाइ भएकाले भोलि बिहानमात्र घटनास्थलको मुचुल्का गर्नेछौँ ।” विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

आगलागी नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थल र पोखरा महानगरको गरी चारवटा बारुणयन्त्र र निजी खानेपानी कम्पनीका ट्याङ्करसमेत परिचालन गरिएको थियो । लेकसाइडको मुख्य सडक क्षेत्रमा भएको आगलागीका कारण प्रहरीले सवारी आवागमन रोकर घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।

Vianet communication
Laxmi Bank

आगलागीबाट सेलवेज डिपार्टमेन्टल स्टोर्सको गोदाम पूर्ण क्षति भएपनि हिमालयन जाभा क्याफे, नासा ट्रेकिङ इकुप्मेन्ट सप, प्याडल नेपाल, तिब्बतीयन कल्चर सप, मसला बिटलगायतका पसलमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x