×

NMB BANK
NIC ASIA

ग्यास सिलिण्डर विष्फोट

कसरी भएको थियो चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर विस्फोट ?

फागुन ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेस सांसद चन्द्र भण्डारीको बुद्धनगरस्थित घरमा ग्यास विस्फोट भएपछि उनकी आमाको निधन भयो।

Muktinath Bank

बुधबार राति खाना पकाउने ग्यास विस्फोटमा परी घाइते भएकी भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको उपचार क्रममा बिहीबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुद्धनगरस्थित भण्डारीको भाइको घरको भुइँ तलामा गएराति आमाछोरा मात्रै थिए । राति साढे १० बजेतिर ग्यास लिक भएको गन्ध आएपछि आमाले छोरालाई बोलाएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

‘ग्यासको गन्ध आएपछि आमाले छोरालाई बोलाउनुभएछ । लगत्तै सांसद भण्डारी के भएको रहेछ भनेर बत्ती बाल्न लाग्नुभएछ’, काठमाडौं प्रहरी परिसरका एसपी सीताराम रिजालले लोकान्तरसँग भने, ‘के भएको रहेछ भनेर बत्ती बालेर हेर्न खोज्दा स्पार्क निस्केर फैलिएको ग्यासमा आगो सल्किएको र विस्फोट भएको भन्ने अहिलेसम्म बुझेका छौं।। अरू विषयमा हामी पनि अनुसन्धान गर्दैछौं ।’

Vianet communication
Laxmi Bank

आगलागीपछि विस्फोटले झ्यालका सिसा फुटेका छन् । आगलागीबाट भण्डारीका आमाले लगाएका सबै कपडा जलेर शरीरका विभिन्न भागमा गहिरो चोट घाउ लागेको थियो ।

तातो हावा र ग्यास फोक्सोसम्म पुगेपछि दुवैको अवस्था गम्भीर बनेको अस्पतालले जनाएको छ। 

आमाको शरीरको ७० प्रतिशत  रत सांसद भण्डारीको ३० प्रतिशत भाग जलेको अस्पतालले जनाएको थियो। साथै फोक्सोसम्म ग्यास र तातो हावाको असर परेकाले सां‌सद भण्डारीको पनि स्वास्थ्य अवस्था सहज नभएकाले थप उपचारका लागि भारत लान चिकित्सकले सिफारिस गरेका छन् ।

भण्डारीको अनुहार पनि गहिरो रुपमा जलेको छ । हात र खुट्टामा पनि जलन भएको छ । यसैले गहिरो गरी पोलेको घाउमा छाला नै फेर्नुपर्ने भएकोले नेपालमा सम्भव नहुने भन्दै अस्पतालले भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा रेफर गरेको हो ।

भण्डारीले भारतमा उपचार गर्न मानेका थिएनन् । तर परिवार र कांग्रेस नेताले समस्या बढ्न सक्ने भन्दै सचेत गराएपछि उनी तयार भएका हुन् ।

बिहीबार बिहानसम्म उनी सामान्य कुराकानी गर्न सक्ने अवस्थामा थिए ।

भण्डारी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी १ बाट निर्वाचित सांसद हुन्। 

आगलागीपछि उनलाई उपचारका लागि राखिएको कीर्तिपुरस्थित अस्पतालमा नेता कार्यकर्ताको ठूलो भीड लागेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख, अर्थमन्त्रीसहित, कांग्रेस उपसभापतिहरू महामन्त्रीसहितका नेता कार्यकर्ता कीर्तिपुर पुगेका थिए । 

उनलाई अहिले भने उपचारका लागि भारतको मुम्बई लगिएको छ। उनलाई एअर एम्बुलेन्समार्फत भारत लगिएको हो।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x