×

NMB BANK
NIC ASIA

त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लब सेमिफाइनलमा प्रवेश

फागुन ४, २०७९

NTC
Premier Steels

 हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा आज भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४– २ को गोलअन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।  

Muktinath Bank

डिफेन्डिङ च्याम्पियन समेत रहेको त्रिभुवन आर्मी क्लब भर्सेज सशस्त्र प्रहरीको एपीएफ क्लबबीच भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा  दुवै टिमले समान अवसरहरू प्राप्त गरेपनि दुवै टिमले सदुपयोग गर्न भने सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 खेलको  २८ औ मिनेटमा एपीएफका मणि लामाले डिबक्स भित्रबाट प्रहार गरेको बल गोल पोप्ट नजिकै बाहिर जाँदा गोल हुनबाट चुक्यो । यस्तै आर्मीका नवयुग श्रेष्ठले ३६ औ मिनेटमा राम्रो अवसर प्राप्त गरेपनि त्यसको सदुपयोग गर्न सकेनन् ।


Advertisment
Nabil box
Kumari

 निर्धारित समयको पहिलो हाफमा दुवै टिमको कुनैपनि गोल हुन सकेन । यस्तै दोस्रो हाफको सुरुवाती समयमा आक्रमण खेल प्रदर्शन गरेको त्रिभुवन आर्मी क्लबले ५३ औ मिनेटमा विपक्षी गोलपोप्ट नजिकै पाएको फ्रिकिक बलको अवसरलाई पुग्न खेर फाल्न पुग्यो । आर्मीका टेक बहादुर बुढाथोकीले हानेको प्रहार गोल पोप्ट नजिकैबाट बाहिरिन पुग्यो । 

Vianet communication

त्यस्तै आर्मीकै दीपक गुरुङको लङसुट पासलाई दिनेश हेम्जनले खेर फाले । उता एपीएफ क्लबले पनि ७२ औ मिनेटमा विपक्षी टिमको गोलपोप्ट नजिकै बुद्धिमान राईले दिएकोराम्रो पासलाई सनिश श्रेप्ठले सदुपयोग गर्न सकेनन् । निकै रोमाञ्चाक  प्रतिस्पर्धात्मक खेलको निधारित समयमा दुवै टिमले कुनैपनि गोल हुन नसक्दा खेल टाइब्रेकरको धकेलिन पुग्यो । 

टाइब्रेकरका त्रिभुवन आर्मी क्लबका टेकबहादुर बुढाथोकी र विकास खवासले मात्र गोल गर्न सफल भए । नवयुग श्रेष्ठ र दीपक गुरुङको प्रहार सशस्त्रका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे  ।
यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबका लागि  नवीन लामा, सुदिप सिख्राकार, सनी श्रेष्ठ र दिपेश धिमालले गोल गरे । अन्ततः सशस्त्र प्रहरी ४– २ को गोलअन्तरले विजेता हुँदै सेमिफाइनलमा आफनो सिट सुरक्षित गर्न पुग्यो ।

आज भएको खेलमा सशस्त्रका गाोलरक्षक राजु नगरकोटीले म्यान अफ दी म्याच घोषित भए । उनले उनले नगद १० हजार रूपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । भोलि (शुक्रबार) घरेलु (आयोजक) टोली मकवानपुर ११ र मनाङ मर्स्याङ्दी क्लब भिड्ने भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x