×

NMB BANK
NIC ASIA

एआईजी बढुवा

एआईजी बढुवाको गृहकार्य– भावी आईजीपीको दौडमा कसको पल्ला भारी ?

फागुन ८, २०७९

NTC
Premier Steels

रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सरकारले तयारी गरेको छ । गृहमन्त्रालयले फाइल तयार पारेर सोमवारको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरेको स्रोतले लोकान्तरलाई बतायो । 

Muktinath Bank

स्रोतका अनुसार मन्त्रालयले पुराना अर्थात् प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहका ब्याची ३ जना डीआईजीलाई छाडेर पछिल्लो ब्याचका डीआईजीहरूलाई बढुवा गर्ने तयारी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईजीपीका ब्याचीहरू १ महिनापछि अनिवार्य अवकाश जाने भएपछि २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएको टोलीबाट एआईजी बढुवा गर्न लागिएको हो । २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ डीआईजीबाटै घर जाने सम्भावना देखिएको छ ।  


Advertisment
Nabil box
Kumari

पछिल्लो समय कात्तिक २४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी रवीन्द्र धानुकले उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । त्यसअघि नै कात्तिक १४ गते प्रशासन विभागका प्रमुख एआईजी अरुणकुमार बी.सी अवकाशमा गएका थिए ।

Vianet communication

यी दुई एआईजी अवकाशमा गएसँगै नेपाल प्रहरीमा ५ जना एआईजीको पद रिक्त छ । यसअघि ५६ वर्षे उमेर हदका कारण २०७९ साउन २० गते एआईजी विश्वराज पोखरेलले अवकाश पाए । 

भदौ २३ गतेबाट एआईजी मुकुन्दराज आचार्यले अवकाश पाएका थिए भने फागुन ५ गते पूजा सिंह अनिवार्य अवकाशमा गएकी छन् ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसँगै २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका पोखरेल र आचार्यले उमेरहदका कारण अनिवार्य अवकाश पाएका हुन् । एआईजीद्वय पोखरेल र आचार्यले अवकाश पाएपछि प्रहरीको प्रदेश समन्वय विभाग र कार्य विभागको दरबन्दी रिक्त छ ।  

भावी आईजीपीको दौडमा दर्जन डीआईजी 

आईजीपी धीरजप्रताप सिंह आगामी चैत ११ गते ३० वर्षे सेवा अवधिका कारणले अनिवार्य अवकाशमा जाँदैछन् । ३० वर्षे सेवा अवधिका कारण आईजीपी सिंहले अनिवार्य अवकाश पाएपछि उनको ब्याचबाट हाल एआईजी र डीआईजी रहेका प्रहरी अधिकृतहरू पनि सँगै अवकाशमा जानेछन् ।   

सिंहको अवकाशसँगै आईजीपीका लागि २०७९ असार महिनामा बढुवा भएका डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा प्रतिस्पर्धामा छन् ।

खाली भएको ५ दरबन्दीमा पदपूर्तिका लागि आईजीपी ब्याचका डीआईजीहरू मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य मुख्य प्रतिस्पर्धी हुन् तर सरकारले पछिल्लो ब्याचबाट बढुवा गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

प्रचण्ड नेतृत्वको सरकार आएसँगै अहिले डीआईजीबाट एआईजी हुँदै भावी आईजीपीको बाटो तय गर्ने समीकरण फेरिएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा डीआईजीहरू अशोक सिंह, वसन्त कुँवर, दीपक थापा, मीरा चौधरी लगायतलाई क्रमशः बलियो दाबेदारका रूपमा हेरिएको थियो ।

अहिले समीकरण केही बदलिएको उच्च स्रोतले बतायो । अहिले एक नम्बरमा बढुवा भएका डीआईजी वसन्त कुँवर सबैभन्दा बलियो दाबेदार हुन् । त्यसपछि टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्याम ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र भीमप्रसाद ढकाल दाबेदार छन् ।

प्रचण्ड नेतृत्वको अघिल्लो सरकारका पालामा सुरक्षा निकायको प्रमुख बनाउँदा विवादमा आएका कारणले यसपालि विवादरहित बनाउने मनस्थितिमा देखिएको स्रोत बताउँछ । 

गृहमन्त्री रवि लामिछाने हुँदा नै सरकारले एआईजी बढुवाको तयारी गरेको थियो । त्यसैकारण बढुवाको मुखमा भएका डीआईजीहरूलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएर काज सरुवा गरिएको थियो । 

आईजीपी धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्समा भएको इन्टरपोलको कार्यक्रममा जानुभन्दा अगाडि नै एआईजी बढुवा गर्ने सरकारी तयारी थियो । तर आईजीपीले नमानेपछि रोकिएको थियो । 

फेरि एकपटक डीआईजीबाट आईजीपी बनाउनुपर्ने हो कि भन्ने चिन्ता व्यक्त भइरहेका बेला सरकारले एक महिनाका लागि एआईजी बनाएर आईजीपी बनाउने तयारी गरेको हो । एआईजी बढुवाको तयारी भएको थाहा भएपछि तीन डीआईजी बिदा मिलाएर काठमाडौं आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x