×

NMB BANK
NIC ASIA

बिजनेसविहीन बीआईसीसी

कार्यविधि नबन्दा बुटवलको बीआईसीसी अलपत्र, खर्च मासिक १२ लाख, आम्दानी शून्य

फागुन ८, २०७९

NTC
Premier Steels

बहुउपयोग गर्ने उद्देश्यले १ अर्ब ११ करोड लागतमा निर्माण गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) ‘बिजनेसविहीन’ बनेको छ । 

Muktinath Bank

बुटवल रामनगरस्थित सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि नबन्दा ८ वर्ष लगाएर तयार पारिएको ठूलो परियोजना बेकामे बन्न पुगेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६ महिना अगाडि (११ भदौ) तामझामका साथ तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मेलन केन्द्रको उद्घाटन गरेका थिए । तर, अहिलेसम्म उपयोग भएको छैन । 


Advertisment
Nabil box
Kumari

शहरी विकास मन्त्रालयले बनाएको भवनबाट सेवा सञ्चालन नहुँदा करोडौं मूल्यका उपकरणहरू बिग्रिने जोखिम बढ्न थालेको छ । सम्मेलन केन्द्रको सञ्चालन खर्च मात्रै मासिक १२ लाख रूपैयाँभन्दा बढी छ । 

Vianet communication

आम्दानी शून्य हुँदा सम्मेलन केन्द्र ‘सेतो हात्ती’ बन्ने त होइन भन्ने चिन्ता बढेको छ । अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी र सेमिनार सहजीकरणका लागि निर्माण गरिए पनि बीआईसीसी सुनसान छ ।

पूर्वाधार र व्यवस्थापन पूर्णरूपमा तयार भए पनि बुटवल उपमहानगरपालिका वडा नम्बर– १२ बुटवल मण्डपमा रहेको सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि बन्न सकेको छैन ।  

भवन डिभिजनले गत जेठमा सम्मेलन केन्द्र सञ्चालनका लागि कार्यविधिको मस्यौदा बनाएको थियो । मन्त्रालयका सूचना अधिकारी प्रदीप परियारले सञ्चालन कार्यविधि बनाएर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको बताए । 

‘विभागबाट आएको कार्यविधि सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएका छौं । अहिलेसम्म अर्थबाट सहमति प्राप्त भएको छैन,’ परियारले लोकान्तरसँग भने, ‘सहमति प्राप्त भएपछि मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइन्छ । स्वीकृत भएपछि सञ्चालनमा आउने हो । निजी क्षेत्रलाई पनि दिन सकिने गरी कार्यविधिमा छलफल गरेका छौं ।’

कार्यविधिका लागि विभागका उपमहानिर्देशकको संयोजकत्वमा कार्यदल बनेको छ । 

सम्मेलन केन्द्र एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलको अग्रसरतामा बनेको आयोजना हो । पौडेलले कार्यविधि छिटो बनाएर बीआईसीसी पूर्ण ‘फेज’मा दीर्घकालीनरूपमा सञ्चालन गर्न चासो दिएका छन् । 

सम्मेलन केन्द्रमा १ हजार जना अट्ने गौतमबुद्ध नामक मुख्य सभाहल छ । यससहित २ हजार ७ जना अट्ने क्षमताका १३ वटा साना–ठूला अन्य हलहरू छन् । तिनलाई सम्मेलन, गोष्ठी र भीआईपी बैठक गर्न मिल्ने गरी तयार गरिएको छ । 

स्थानीय तहले सञ्चालन गर्ने भन्दै बुटवल उपमहानगरपालिकाले सम्मेलन केन्द्र निर्माणका लागि बुटवल मण्डपमा रहेको ९ बिघा ६ कट्ठा क्षेत्रफल जग्गा उपलब्ध गराएको थियो । तर, यी दुई सरकारी निकायबीच समन्वय नहुँदा अहिलेसम्म केन्द्र कसले कसरी सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन । 

सम्मेलन केन्द्रका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले मन्त्रालयले बजेट नपठाउँदा विद्युत् महसुल समेत सम्मेलन केन्द्रले तिर्न नसकेको बताए । १० लाख रुपैयाँ विद्युतको महसुल पुगिसकेको छ,’ पन्थीले लोकान्तरसँग भने, ‘विद्युत् प्राधिकरणले लाइन काटिदिन्छु भन्छ । अहिले बन्द गरेर राखिएको छ । बजेट पाइएको छैन ।’

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरपालिकालाई सञ्चालनको अनुमति दिए चलाउन तयार रहेको बताए । उनले अन्य प्रक्रियाबाट भए पनि सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए । 

‘हामीलाई चलाउन दिए तयार छौं भनेर अगाडिदेखि नै भन्दै आएका छौं,’ प्रमुख पाण्डेयले भने, ‘चलाउने भएपनि छिटो चलाए हुने । सञ्चालन नहुँदा परिसर जीर्ण होला, उपकरणहरू काम नलाग्ने होलान्, त्यसैले छिटो निर्णय गर्दा हुन्थ्यो ।’ 

सम्मेलन केन्द्र सञ्चालनमा नआउँदा पनि रेखदेख र सरसफाइ खर्च हुने गर्दछ । सम्मेलन केन्द्र परिसरमा दुबो कटिङ र पानी हाल्ने, रूखहरू गोडमेल गर्ने, सरसफाइ र रेखदेखका लागि सुरक्षातर्फका गरेर १८ जना कर्मचारी खटिएका छन् । त्यस्तै, जडान भएको बिजुली नबाले पनि महिनाको ८४ हजार नेपाल विद्युत् प्राधिकरणलाई महसुल तिर्नुपर्ने हुन्छ ।

बुटवललाई महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडेर पर्यटन प्रबर्द्धन गर्न र ग्रेटर लुम्बिनी क्षेत्रभित्र पूर्वाधार विकास गर्न भन्दै बनाइएको सम्मेलन केन्द्र आकर्षक र अत्याधुनिक छ । आधुनिक किसिमले बनाइएको हललाई आकर्षक किसिमले सिंगारिएको छ । 

प्रयोग भएका सामग्री र त्यसको सजावट उन्नत र अन्तर्राष्ट्रिय प्रविधिका छन् । बाल्कोनीसहितका हलमा आकर्षक तरिकाले कुर्सी र साउन्ड सिस्टम जडान गरिएको छ । सम्मेलन केन्द्र निरन्तर सञ्चालनमा नआए ती सामान बिग्रँदै जाने इन्जिनीयरहरू बताउँछन् । 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले सम्मेलन केन्द्र सञ्चालनमा ढिलाइ गर्न नहुने बताउँछन् । सम्मेलन केन्द्रमा दुईवटा भवन छन् । ती राष्ट्रिय झण्डाको चन्द्रसूर्य आकारका छन् । चन्द्र आकारमुनि दुईवटा ठूला हल छन् भने सूर्य आकारको भवनमा ११ वटा हल छन् । केन्द्रभित्रै दुईतले भवनमा व्यावसायिक क्षेत्र, रेस्टुराँ, बैंक एटीएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । कर्मचारीका लागि तीन तलाको छुट्टै आवासगृह छ । सम्मेलन केन्द्रको चारैतिर आकर्षक चारवटा प्रवेशद्वार बनाइएको छ । हेलिप्याडसहित ४०० गाडी र ४००  मोटरसाइकल अटाउने क्षमताको खुला पार्किङ छ । 

केन्द्रमा विशिष्ट व्यक्तिहरू सिधै आउनका लागि सभाहल परिसरभित्र नै हेलिप्याड बनेको छ । लिफ्टको सुविधासहित बनेको सभाहलमा विद्युत आपूर्ति टान्फर्मरसँगै ठूलो क्षमताको जेनेरेटर जडान गरिएको छ ।

सम्मेलन केन्द्र सञ्चालन हुँदा पानीको माग धेरै हुने भएकाले खानेपानी र अन्य प्रयोजनका लागि छुट्टै बोरिङको व्यवस्था गरिएको छ । १० हजार प्रतिघण्टा वाटर ट्रिटमेन्ट प्लान्टलगायत ८० हजार लिटर क्षमताका ४ वटा अन्डर ग्राउन्ड पानी ट्याङ्की निर्माण गरिएको छ । 

त्यसैगरी कुनै कारणवश आगलागी भयो भने तत्काल आगो निभाउनका लागि हरेक हल र प्यासेज क्षेत्रमा फायर फाइटिङको व्यवस्था गरिएको छ । त्यसका लागि सम्मेलन केन्द्र परिसरमा ८० हजार लिटरको अन्डरग्राउन्ड ट्याङ्की र सातवटा अटोमेटिक पम्प जडान गरिएको छ । आकर्षण थप्नका लागि सम्मेलन केन्द्रमा रहेको खुला क्षेत्रमा दुबो र रुख रोपिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x