कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
फागुन ९, २०७९
लुम्बिनी प्रदेशका धेरैजसो प्रमुख शहर तथा व्यापारिक केन्द्रका अधिकांश मासु पसलहरू अस्वस्थकर रहेको रिपोर्ट गुणस्तर कार्यालयले प्रत्येक वर्ष सार्वजनिक गर्छ । उपभोक्ताहरू सडकपेटी, मुख्य राजमार्ग, खुला स्थान र ‘बेसिक’ मापदण्ड पूरा नगरी सञ्चालित मासु पसलको मासु उपभोग गर्न बाध्य छन् ।
स्थानीय सरकार, प्रशासन, उपभोक्ता हित संरक्षण मञ्च, गुणस्तर तथा वाणिज्य कार्यालयबाट हुने अनुगमनमा अस्वस्थकर मासु बिक्री हुने पसलको अनुगमन भए पनि कारवाही हुँदैन । अस्वस्थकर मासु बन्देज हुने गरी आर्थिक वर्ष २०६६/६७ सालमै बुटवलमा पशु वधशाला निर्माणको शुरूआत गरिएको थियो तर निर्माण गर्ने निकायको ढिलाइले वधशाला सञ्चालनमा पनि ढिलाइ भयो ।
वधशालाका लागि विभिन्न समयमा विभिन्न निकायबाट करीब २७ करोड रूपैयाँ खर्च भइसकेको छ । पूर्वाधारहरू जीर्ण हुने अवस्थामा छन् । बुटवल उपमहानगरका निवर्तमान मेयर शिवराज सुवेदीको पालामा सार्वजनिक निजी साझेदारीमा वधशाला सञ्चालन गर्ने मोडालिटी बन्यो । त्यसैअनुरूप बजेट विनियोजन भई पूर्वाधार निर्माण तयार भएको छ ।
सञ्चालनका लागि निजी क्षेत्रलाई दिने र सोबापत भाडा असुल्ने गरी बनेको योजना कार्यान्वयनमा गई परीक्षण समेत सफल भएको छ । अब बुटवलका मासु पसलहरूले जथाभावी खसीबोका काटेर बिक्री गर्न पाउने छैनन्, वधशालाबाट मासु किनेर ल्याई बिक्री गर्नुपर्नेछ ।
मासु पसल अब बिक्री केन्द्र मात्र हुनेछन्, बुढा भएका र रोगी खसीबोका काटेर बिक्री गरिने छैन ।
वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच पशु वधशाला सञ्चालन गर्ने सहमति भएको छ । २ पक्षबीच भएको सहमति अनुसार पशु वधशाला छिट्टै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।
सार्वजनिक, निजी, सहकारी उत्पादक साझेदारी अवधारणा बमोजिम वधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइनेछ । वधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।
वधशाला सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म निर्माण र सञ्चालनमा साझेदार रहेका र सोहीअनुसार वधशाला सञ्चालन हुनेछ । वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ ।
विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । कानूनी हिसाबले समेत सहज हुने गरी वधशाला सञ्चालन हुने र यसबाट बुटवलवासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउनेछन् ।
वधशाला सञ्चालनका लागि १ हप्ताभित्र विस्तृत सम्झौता हुने र लगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । पन्थीले वधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रूपमा अनुगमन र व्यवस्थापन समेत गर्ने निर्णय भएको बताए । बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु वधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिट्टै नै वधशाला सञ्चालन हुने बताए ।
वधशालाको परीक्षण समेत भइसकेकाले सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर वधशाला सञ्चालनमा ल्याइनेछ ।
वधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा वधशाला निर्माण भएको छ । वधशालामा लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगर, हेफर इन्टरनेसनल सहितको लगानी छ । दैनिक १ हजार खसीबोका वध गर्न मिल्ने गरी वधशाला बनाइएको छ । यहाँ बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंचा निर्माण भएका छन् । यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर बायो ग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ ।
वधशाला निर्माण तथा सञ्चालनको प्राविधिक तथा सामाजिक परिचालनको जिम्मा लिएको हेफर र उपमहानगरबीच भएको सम्झौताअनुसार वधशाला निर्माणपश्चात् उत्पादक किसानहरू र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले वधशाला सञ्चालन गर्ने सहमति छ ।
बुटवल वधशालामा करीब १२ हजार खसीबोका उत्पादक महिला किसान र ३०० जना मासु व्यवसायी सहभागी हुने बताइएको छ । रूपन्देहीमा दैनिक २०० खसीबोकाको मासु खपत हुँदै आएको छ । वधशालामा वध गर्ने अन्य ८०० सम्म खसीबोका लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा लगेर बिक्री सकिन्छ ।
उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले वधशाला सञ्चालनमा आएपछि मासुको गुणस्तर र स्वच्छता नमूना हुने बताए । ‘अब यहाँका मासु पसलहरू बिक्रीका लागि मात्र हुन्,’ पाठकले लोकान्तरसँग भने, ‘भारतबाट तेल ल्याएर नेपाल आयलमा राखिन्छ । त्यहाँ पुगेर यहाँका पेट्रोल पम्पहरूले इन्धन ल्याएर बिक्री गरेजस्तै अब । यहाँमा मासु पसलले वधशालामा पुगेर मासु खरिद गरेर मात्र बिक्री गर्नुपर्छ ।’
बुटवलमा वधशाला आवश्यक छ भनेर विक्रम संवत् २०५५ सालमा उपभोक्ताबाट उठेको आवाजले साढे २ दशकपछि पूर्णता पाएको छ ।
पहिलो चरणमा खसीबोका मात्रै काट्ने गरी पशु वधशाला सञ्चालनको चरणमा छ । अबको चरणमा राँगा, बंगुर र कुखुरा वध गर्ने गरी बृहत् पशु वधशाला पनि बुटवलमा आवश्यक रहेको उपभोक्ता अधिकारकर्मी पाठकको भनाइ छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...