×

NMB BANK
NIC ASIA

राजनीतिक दौडधुप

राष्ट्रपतिको उम्मेदवारबारे कांग्रेस आन्तरिक छलफलमा, कार्यसम्पादन समितिको बैठक राख्ने तयारी

फागुन ११, २०७९

NTC
Premier Steels

राष्ट्रपतिमा नेकपा माओवादी केन्द्रको समर्थनको आश्वासन पाएपछि नेपाली कांग्रेसले उम्मेदवारबारे आन्तरिक छलफल शुरू गरेको छ । 

Muktinath Bank

माओवादी नेताहरूसँग बुधवार साँझ भएको छलफलपछि देउवाले पार्टीभित्र छलफल शुरू गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूहरू आन्तरिक छलफलमा रहेको भन्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कार्यसम्पादन समितिको बैठक बसेर राष्ट्रपतिमा उम्मेदवारबारे निर्णय गर्ने जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘राष्ट्रपतिको उम्मेदवारबारे हामी आन्तरिक छलफलमा छौं, कार्यसम्पादन समितिको बैठक राख्ने तयारी छ,’ महतले लोकान्तरसँग भने । पार्टीमा सबै पक्षको भन्दा देउवाले आफू निकटका नेतासँग बिहीबार बिहान छलफल गरेका हुन् । 

Vianet communication

माओवादी, जसपा र नेकपा एकीकृत समाजवादी, लोसपा सहितका दलसँग पनि बिहीवारै छलफल गर्ने तयारीमा कांग्रेस रहेको जानकारी महतले दिए । 

‘हामीले राष्ट्रपतिमा उम्मेदवारी दिने भएपछि बढी तयारी र अग्रसरता हामीले नै लिनुपर्छ । यसको लागि आन्तरिक र द्विपक्षीय छलफल चलिरहेका छन् । यो छलफलपछि यसअघिको गठबन्धनमा सँगै रहेका दलहरूको बैठक गर्ने तयारीमा हामी छौं,’ महतले लोकान्तरसँग भने ।

द्विपक्षीय छलफलपछि भ्याए बिहीवारै नभए शुक्रवार बिहान पार्टीको बैठक बस्ने जानकारी महतले दिए । 

बुधवार राति बालुवाटारमा भएको छलफलमा राष्ट्रपति उम्मेदवारमा माओवादीले समर्थनको आश्वासन दिएको कांग्रेस नेताहरुले दाबी गरिरहेका छन् । कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आगामी १३ गते शनिवार उम्मेदवार मनोनयनको कार्यसूची छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x