×

NMB BANK
NIC ASIA

राष्ट्रपति चयनको सकस

राष्ट्रपति निर्वाचन : दिनभर नेताहरूको दौडधूप, निर्णय लिन विलम्ब गर्दै प्रचण्ड !

फागुन ११, २०७९

NTC
Premier Steels

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न दुई दिन बाँकी रहँदा कस्तो समीकरण बन्छ भन्ने अन्योल बढेको छ ।

Muktinath Bank

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते शनिवार दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको तालिका रहेकोमा बिहीवार साँझसम्म उम्मेदवार टुंगो लागेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिका आकांक्षी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमाले दुवैले ‘मतभारमा निर्णायक’ मानिएको नेकपा माओवादीको निर्णय कुरेर बसेका छन् ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसले आफ्नो पार्टीलाई माओवादीले समर्थन गर्ने भन्दै उम्मेदवार छान्ने आन्तरिक छलफल शुरू गरेको छ । बुधवार प्रचण्डसँग छलफल गरेका कांग्रेस नेताहरूले बिहीवार भने कुनै गतिविधि गरेनन् । 

Vianet communication

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको एमालेले पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनु पर्ने अडान लिइरहेको छ ।

कांग्रेस उत्साही भए पनि एमालेले राष्ट्रपतिमा आस मारिसकेको छैन । 

प्रचण्डले कांग्रेसलाई सपोर्ट गर्न मिल्दैन– ओली

कांग्रेस र माओवादीबीच भइरहेका छलफललाई 'वाच' गरिरहेका अध्यक्ष केपी ओलीले पुस १० गते आफूहरूसँग सम्झौता भइसकेकाले माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै नमिल्ने टिप्पणी गरेका छन् । 

आफ्नै निवास बालकोटमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले माओवादीले कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका हुन् ।

‘उहाँ –प्रचण्ड)ले सपोर्ट गर्दै गर्नुहुन्न, गर्नै मिल्दैन । हामीसँग पुस १० गते नै सम्झौता गर्नुभएको छ,’ ओलीले भने । 

बुधवार बालुवाटारमा भएको भेटमा ओलीले माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावपछि माधव नेपालले हिजो कांग्रेस नेतासँग छलफल गरेका थिए । 

७२ औं वसन्तमा प्रवेश गरेका ओलीले बिहीवार नै माओवादीलाई चिढ्याउने खालको एउटा अभिव्यक्ति दिएका छन्, जनयुद्ध दिवस सन्दर्भमा । 

सरकारले फागुन १ गते दिएको बिदालाई हिंसा दिवस भनेर ओलीले टिप्पणी गरेका हुन् । 

गठबन्धन ब्युँतिने कुरा टुंगो लागेको छैनः प्रचण्ड

राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न अड्कलबाजी चलिरहेको समयमा माओवादी अध्यक्ष प्रचण्डले चुनावअघिको पाँचदलीय गठबन्धन ब्युँतिने टुंगो नलागेको बताए ।

उम्मेदवार पनि फागुन १३ गते टुंगो लाग्ने उनले बताए । बुधवारको भेटपछि कतिपयले चुनावअघिको गठबन्धन ब्युँताउन कांग्रेस र माओवादी सहमत भएको दाबी गरेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘राष्ट्रपतिको उम्मेदवार १३ गते टुंगो लागि हाल्छ नि !’ 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ मा उम्मेदवारी मनोनयन हुँदैछ । अहिलेसम्म उम्मेदवारको टुंगो लागेको छैन । 

राष्ट्रपतिमा प्रस्तावित माधव नेपाल बिहीवार दिनभर छलफलमा व्यस्त रहे । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग पनि छलफल गरेका थिए । 

बिहीवार दिउँसो नै प्रचण्डले उपेन्द्र यादवसँग सिंहदरबारमा छलफल गरेका थिए । 

निर्णय लिन विलम्ब गर्दै प्रचण्ड

कांग्रेस र एमालेसँग समानान्तर छलफलमा रहेका प्रचण्डले कसलाई सघाउने भनेर अन्तिम निर्णय गरिसकेका छैनन् ।

बुधवार प्रचण्डसँगको छलफलमा रहेका कांग्रेसका एक पदाधिकारीले उपयुक्त समयमा निर्णय लिन्छु भन्ने जवाफ पाए पनि थप केही कुरा नआएको बताए ।

'उहाँले उपयुक्त समयमा निर्णय लिन्छु भन्नुभएको हो, निर्णय लिइसक्नुभएको जानकारी छैन,' ती पदाधिकारीले लोकान्तरसँग भने ।

एमालेका नेताहरू पनि प्रचण्डसँग नियमित सम्पर्कमा छन् । तर, अध्यक्ष ओलीसँग भने बिहीवार भेट भएको छैन ।

'प्रचण्डले पुस १० को सहमतिअनुसार हामीलाई नै समर्थन गर्नुहुन्छ भन्ने विश्वासमा छौं,' एमालेका एक नेताले भने, 'उहाँले आफ्नो विश्वसनीयता कायम राख्नका लागि पनि दुई महिनामै एमालेलाई धोका नदिनुहोला भन्ने लाग्छ ।'

माओवादी महासचिव देव गुरुङले राष्ट्रिय सहमति हुनुपर्छ भन्नेमा आफूहरू अडिग रहेको बताए । यद्यपि कुनै निर्णयमा पुगिनसकेको उनको भनाइ छ ।

‘अहिलेसम्म हामी कुनै निर्णयमा पुगेका छैनौं, राष्ट्रिय सहमति खोज्ने पार्टी निर्णयमा अडिग छौं,’ माओवादी महासचिव देव गुरुङले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x