कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
फागुन ११, २०७९
बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नाम राष्ट्रपति उम्मेदवारको रुपमा अघि सारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको उपस्थितिमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी नेपाल (जसपा) का शीर्ष नेता सम्मिलित बैठकले नेपालको नाम राष्ट्रपतिको रुपमा अघि सारेको हो ।
बैठकपछि नेताहरुले छलफल जारी रहेको भनेपनि आन्तरिक रुपमा भने माधव नेपाललाई नै अघि सार्ने सहमति जुटेको बैठकपछि एक नेताले लोकान्तरलाई जानकारी दिए । ती नेताका अनुसार माधव कुमार नेपालको नामबारे शुक्रबार कांग्रेस र एमाले दुबैसँग वार्ता गरिनेछ ।
बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिको विषयमा सबैको सबैसँग छलफल चलिरहेको बताएका थिए । ‘छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले नै भइसकेको छैन’, उनले सञ्चारकर्मीलाई भने, ‘तर भोलि एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।’ यस्तै कांग्रेससँग समेत शुक्रबार नै थप छलफल हुने प्रचण्डको भनाइ थियो ।
यस्तै नेताहरुले नेकपा ब्युँताउने विषयमा समेत कुराकानी भइरहेको बताएका छन् । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले चुनाव अघिदेखि नै आफूहरुले गठबन्धनको कुरा गरेको भन्दै अझै पनि वाम समाजवादी मोर्चा बनाउन सकिन्छ कि भनेर पहल गरिरहेको बताए । यसैगरी उनले पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउन दलहरू तयार भए स्वभाविक रुपमा पार्टीले स्वीकार्ने बताए ।
शनिबार राष्ट्रपतिमा मनोनयन दर्ताको कार्यक्रम रहेकाले शुक्रबारको वार्ता महत्वपूर्ण हुने देखिएको छ । माधव नेपाललाई तीन दलले अगाडि सारेकाले अब हुने सहमतिलाई कौतुहलताका साथ हेरिएको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...