×

NMB BANK
NIC ASIA

घोराही उपमहानरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न थाल्यो

फागुन १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न शुरू गरेर वितरण थालिएको छ।

Muktinath Bank

तत्काल सात सय घरमा ग्यास पुर्‍याउने तयारी रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपमहानगरपालिकाको १६ नं वडामा वितरण शुरू गरेको उनले बताए। 


Advertisment
Nabil box
Kumari

'उपमहानगरपालिका र नेपाल ऊर्जा विकास कम्पनी प्रालीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण हुनेछ', प्रमुख चौधरीले भने, 'यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र नगरपालिकाको आम्दानीको स्रोतमा वृद्धि गर्ने लक्ष्य छ ।'

Vianet communication
Laxmi Bank

ग्याससँगै कम्पोष्ट मल उत्पादन गर्ने र फोहर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको उनले बताए। 

फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा रहेको उनले बताए।

ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत भएको छ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ ।

नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ ।

जिल्लामा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो भएको नगर प्रमुख चौधरीले बताए। 

उपमहानगरपालिका र कम्पनीबीचको सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको उनको भनाइ थियो। 

उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १०, कपडा प्रतिकिलो पाँच, सूर्तीजन्य प्लाष्टिकको फोहर प्रतिकिलो दुई, गत्ता, कापीसहित वर्गीकरणअनुसार फोहरलाई १० देखि २० रुपैयँसम्म प्रतिकिलोमा खरिद गर्ने दर कायम गरिएको छ ।

यसरी खरिद गरिएको गल्ने फोहरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहरलाई उद्योगसँग समन्वय गरेर बिक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिए।

वडा नं १६ तरौटेमा करिब ३० बिघा जमिन छ । सो जमिनमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको हो ।

बजार क्षेत्रबाट उत्पादन हुने फोहर संकलन भइरहेको र त्यो पर्याप्त नभएको नगर उपप्रमुख हुमा डीसीले बताइन्। 'फोहर संकलनको कामलाई निरन्तरता दिइरहेका छौँ', उनले भनिन्, 'घरको फोहर व्यवस्थापन पनि हुने फोहर बिक्री गरेर पैसा आम्दानी हुने भएकाले नागरिकको उत्साहजनक सहभागिता छ ।'

जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको काम अवलोकन गर्न जिल्लाभित्र तथा बाहिरी जिल्लाबाट नागरिक आउने गरेका छन् । यसले नगर सरसफाइमा सहयोग पुग्ने अपेक्षा नगरपालिकाको छ । ​

उपमहानगरपालिकाले घरघरबाट फोहर खरिद गर्न थालेको छ । बोतल र गुट्खाका खोलमा पैसा आउन थालेपछि स्थानीय दंग परेका छन् । करिब एक वर्षअघिदेखि फोहरबाट ग्यास उत्पादन शुरू गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए। 

'दैनिक तीन सय घनमिटर ग्यास उत्पादन हुने गरेको छ', उनले भनिन्, 'अहिले फोहर कम राखिएको छ, त्यसले गदा ग्यास उत्पादन कम भएको हो ।'

केही समयपछि फोहर धेरै राखेर ग्यास उत्पादनलाई वृद्धि गरिने योजना रहेको उनले बताए।

उनका अनुसार नगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ ।

उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घरघरसम्म पुर्‍याउने उपमहानगरपालिकाको योजना छ । त्यसका लागि आवश्यकपर्ने पाइप विस्तारको काम भइरहेको श्रेष्ठले बताइन् ।

'हामीलाई आवश्यक पर्ने एनडीपी पाइप हो, यो आइसकेको छ, विस्तार गर्ने काम भइरहेको छ', उनले भनिन्।

पाइपमार्फत ग्यास प्रयोग गरेबापत मिटरअनुसार रकम तिर्नुपर्ने छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रालिले काम थालनी गरेको हो ।

घोराहीको १० तथा १६ नम्बर वडामा पुर्‍याउने र पछि घोराहीका अन्य वडामा विस्तार गरिने भएको छ । उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीयलाई परीक्षण गरिनेछ । सफल भए उपमहानगरभित्रका शहरमा विस्तार गरिनेछ ।​

त्रिपक्षीय सम्झौता २०७५ मङ्सिर ५ गते भएको थियो ।

ग्यास उत्पादन गर्न पहिले करिब २० करोड रुपैयाँ लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घरघरसम्म ग्यास पुर्‍याउनुपर्ने भएपछि करिब २२ करोड लाग्ने प्लान्ट म्यानेजर श्रेष्ठले बताए। यो रकम घरघरसम्म ग्यास पाइपमार्फत पुर्‍याउँदा खर्च कम हुनेछ । 

फोहरबाट ग्यास उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैँले व्यहोर्ने सहमति भएको श्रेष्ठको भनाइ छ ।

संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब ३ बिघा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट २ हजार घनमिटरमा छ । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उनले बताए।

कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

२० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने सहमति भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x