×

NMB BANK
NIC ASIA

सत्ता बहिर्गमन

पूर्वपञ्च पार्टीको ३९ दिनमा टुंगिएको सत्तायात्रा !

फागुन १५, २०७९

NTC
Premier Steels

नेपालको संसदीय इतिहासमा ‘सत्तामुखी’ परिचय बनाएको पूर्वपञ्चको पार्टी राप्रपाको यसपटकको सत्ता यात्रा ३९ दिनमै टुंगिएको छ ।

Muktinath Bank

पटक–पटक सरकारमा सहभागी भएको राप्रपाको सबभन्दा छोटो सत्तायात्रा यसैपटक बन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावअघि प्रतिपक्षमा बस्ने भन्दै भोट मागेको राप्रपाले संसदमा १४ सिट ल्याएपछि सरकारमा सहभागी भएको थियो । ३ वटा मन्त्रालयसहित राप्रपाका ४ सांसद सरकारमा सहभागी भएका थिए । 


Advertisment
Nabil box
Kumari

पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सहमति गर्दा राप्रपा पनि सहभागी थियो । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेपछि राप्रपा सरकारमा सहभागी भएको थियो । 

Vianet communication

माघ ३ गते विस्तारित मन्त्रिपरिषद्मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान र ऊर्जा मन्त्रीसहित सरकारमा सहभागी भएका थिए । पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउनुपर्ने शर्त पूरा भएपछि राप्रपा सरकारमा सहभागी भएको थियो । 

बालकोट गठबन्धन विपरीत प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएपछि राप्रपा सरकारबाट बाहिरिएको हो । सरकारमा सहभागी भए पनि प्रधानमन्त्री प्रचण्डसँग राप्रपाको ‘ट्युनिङ’ मिलेको थिएन । मन्त्रीहरूले नै राजतन्त्रको वकालत गरेपछि प्रधानमन्त्री प्रचण्डसँग खटपट परेको थियो । 

राप्रपाले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले सन्तोष व्यक्त गरेका थिए । ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र भ्रम सिर्जना गर्छ । मैले २ महिनामा तीतो अनुभव गरें,’ शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए । 

पहिलोपटक मन्त्री बनेका लिङ्देनले उपप्रधानमन्त्रीको पोटफोलियो पाएका थिए । सरकारबाट बाहिरिएका ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले देशलाई मध्यावधिमा जान रोक्नबाट प्रचण्ड सरकारलाई समर्थन गरेपनि आफूहरूसँगको सल्लाहबेगर प्रचण्डले गठबन्धन बदलेपछि सरकारबाट बाहिरिनुपरेको बताए । 

‘संसदको ठूलो दलले बहुमत जुटाउन नसकेपछि प्रचण्डले बहुमत जुटाउनुभयो । कसैले बहुमत जुटाउन नसके देश मध्यावधिमा जाने खतरा थियो । त्यो खतराबाट बचाउन साथ दिएका हौं,’ सांसद सिंहले लोकान्तरसँग भने, ‘गठबन्धन बनाउँदा विभिन्न कुरा भएका थिए । कुनै पनि सल्लाह नगरी प्रधामनन्त्रीले एक्लो निर्णयमा नयाँ गठबन्धन बनाएपछि हामी सरकारमा बसेनौं ।’ 

राप्रपा सांसद सिंहले भ्रषचार नियन्त्रण र जनतालाई राहत दिन सकिन्छ कि भन्ने राप्रपा सरकारमा जानुको दोस्रो उद्देश्य रहेको बताए । ‘करप्सन कन्ट्रोल गर्न सकिन्छ कि भन्ने सोच बनाएका थियौं तर सत्ताका लागि पुरानै रित दोहोरिएपछि सरकार छाड्यौं,’ उनले भने ।

सरकारमा सहभागी भएर मन्त्रीहरूले सन्तोषजनक काम देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त हुन थालेको थियो । राप्रपा सम्मिलित प्रचण्ड सरकारले ‘जनयुद्ध दिवस’को सार्वजनिक बिदा दिएपछि र राष्ट्रपति निर्वाचनमा मतदान गर्ने विषयमा पनि राप्रपामा विवाद बढ्न थालेको थियो । 

२०४६ सालको परिवर्तनपछि राप्रपा गठन भएको हो । २०५१ सालमा संसदमा कसैको पनि बहुमत नभएको अवस्था राप्रपाले कहिले कांग्रेस त कहिले एमालेको समर्थनमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाएको थियो ।

त्यसयता सरकारका विषयमा विवाद भएर राप्रपा टुटफुट हुने गरेको थियो । दोस्रो संविधान सभाको कार्यकालमा अध्यक्ष कमल थापा हुँदा सत्ता गठबन्धनको विषयमा राप्रपा विभाजित भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x