×

NIC ASIA

अब केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउँछौं, ५ वर्ष नै टिकाउँछौं- गगन थापा

फागुन १६, २०७९

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

कांग्रेस नेता गगन थापाले सबैले गल्ती बोध गरेपछि फेरि ५ दलीय पुरानो मोर्चा ब्युँतिएको बताएका छन् ।

Muktinath Bank

काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पुरानो गठबन्धनले नै बहुमत ल्याउने गरी चुनावमा गए पनि गल्ती गर्दा पुरानो गठबन्धन टुटे पनि दुई महिनामा नै सबैलाई गल्ती महसुस भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबैले  गल्ती महसुस गरेर फेरि एक ठाउँमा उभिने अवस्था आएपछि अब केन्द्र र प्रदेशसमा ५ वर्षसम्मै मिलेर जानुको विकल्प नभएको उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘पुस १० गते गल्ती भएको भन्ने सबैलाई लागेको हो । खास गरिकन संसदको पहिलो बैठकमा शेरबहादुर देउवाले कुनै तीतो प्रसंग उठाउनुभएन । तर एमाले अध्यक्षले बोल्दा संसद विघटनको घटना सही थियो । संसद विघटन पटकटपटक हुन्छ भन्ने कुरा राख्नुभयो । त्यसपछि यो गठबन्धन टिक्दैन र राख्नुहुँदैन भन्नेमा पुगेका हौं’, थापाले भने, ‘दुई महिनापछि हामी फेरि एक ठाउँमा आएको छौं । अब पाँच दलको गठबन्धनको सरकार बन्छ । प्रदेशमा पनि पाँच दलको गठबन्धन सरकार बन्छ । केन्द्र, प्रदेश र स्थानीय तहमा हामी हुन्छौं । अरूलाई दोष दिएर होइन काम नै गरेर देखाउनुपर्छ ।’

Vianet communication

नयाँ सरकार बनेपछिको ५/६ महिनामा राम्रो काम गर्न सकेको आभाष नदिलाए गठबन्धनको अर्थ नहुने थापाले बताए। 

‘५ देखि ६ महिनाभित्र हाम्रो गठबन्धनले संघ, प्रदेश र स्थानीय सरकारले आजभन्दा भोलि राम्रो छ भन्ने आभाष गरायो भने राम्रो सन्देश दिनेछ । हामीले परिणाम दिनुपर्छ । किनकि सबैको भान्सादेखि सबैतिर समस्या छ । कसैको खल्तीमा पैसा छैन’, थापाले भने, ‘काम गर्न सकेनौं भनेर जति शक्ति भए पनि हामीसँग सरकार होला संख्या, होला र बोर्ड, नाम होलान् तर जनताको विश्वास हामीलाई हुने छैन ।’

यो बीचमा एकपछि अर्को समस्याको समाधान गर्दै जान सके गठबन्धन टिक्ने नभए नागारिक तहमै विश्वास धूमिल हुने उले बताए। 

साथै अब गठबन्धनलाई टिकाउने र विश्वास गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।  ‘मद्दत गरेर गठबन्धन बनाउने र तर बनेदेखि लसपस गर्नेतिर लाग्न हुँदैन । ५ वर्ष गठबन्धन जान्छ । यताउता हेर्ने चकचक गर्ने होइन । प्रधानमन्त्रीलाई सफल बनाउने र परिणाम दिने हो,’ थापाले भने ।

एक अर्काको दललाई भोट हाले पनि पुस १० मा बाचाअनुसारको कर्म गर्न नसक्दा देश दुर्घटनामा गएको उनको भनाइ छ । त्यो गल्तीको दोष ठूलो दलको रूपमा कांग्रेसले लिने पनि उनले बताए ।

आफूहरूले गठबन्धन भत्काएको नभई आफैं ढलेको पनि उनले बताए । 

‘हामी गठबन्धन भत्काउन लुकेर लागेको होइन । घाम लागेको उज्यालोमा गठबन्धन भत्काउन लागेको हो । जे बनेको थियो त्यो अस्वाभाविक, अवाञ्छित र अप्राकृतिक थियो । प्रधानमन्त्री मात्रैमा लालचा भएको भए प्रचण्ड पुरानो गठबन्धनबाटै प्रधानमन्त्री बनिरहन सक्नुहुन्थ्यो । माधव नेपाल पनि राष्ट्रपति वा प्रधानमन्त्री उतैबाट भन्न सक्नुहुन्थ्यो । एमालेलै नै बनाउँथ्यो । तर गलत कदमविरुद्ध एक ठाउँमा उभिनुपर्छ भन्ने बोध भएर हामी आजको अवस्थामा आएका हौं,’ थापाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x