मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
विराटनगरको ठूलो सहकारीका रूपमा रहेको तुलसी सहकारी संस्थाका बचतकर्ताहरू आन्दोलन गरिरहेका छन् । तुलसी बहुमुखी सहकारीले हजारौं सर्वसाधारणको करोडौं बचत रकम हिनामिना गरेको घटना बाहिरिएको छ ।
बचतकर्ताले रकम फिर्ताका लागि हारगुहार गरिरहेका छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् । सदस्यहरू छविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी सम्पर्कविहीन छन् ।
उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने पक्राउ परेका छन् । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल स्थानीय प्रशासनको सम्पर्कमा छन् । प्रहरीलाई अध्यक्ष शर्माले सम्पर्क गरेर फागुन १७ गते आउने बताएका छन् ।
अहिलेसम्म सरकारी निकाय सहकारी विभाग वा अन्य निकायले बचतकर्ताको डुबेको १ अर्ब ४५ करोड रकमको विषयलाई गम्भीरतापूर्वक लिएको देखिएको छैन ।
सहकारी आन्दोलनले निर्दिष्ट गरेको मूल उद्देश्यप्रति नेपालमा पार्टीको प्रभाव र निश्चित उद्देश्यसहित खुलेका अधिकांश सहकारीहरू नै इमान्दार नभएका गुनासा प्रशस्त आउन थालेका छन् । गाउँघरमा खोलिएका सहकारीभन्दा ठूला र शहरमा खोलिएका सहकारीहरू बढी नै अनियन्त्रित हुने गरेका छन् । पछिल्ला घटनाले पनि त्यस्तै देखिन थालेको छ ।
पछिल्लो समय सहकारीहरू विवादमा परिरहेका बेला मोरङको बेलबारीमा सञ्चालनमा रहेको नारी विकास सहकारी नमूना छ । २०४९ असार २० गते बेलबारी गाविस–१ का १० जना महिलाले ‘गोजी र बाकसको पैसा बचत हुँदैन, समूहमा राखे भविष्यमा काम लाग्छ’ भनेर समूह बनाएका थिए । उनीहरूले मासिक १० रुपैयाँका दरले बचत गर्न थाले । त्यही १० जनाको समूहलाई २०५८ माघ १५ गते दर्ता गरे ।
स्थानीय १० जना महिलाले दीपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्था दर्ता गरेका थिए । सहकारीमा अहिले २ हजार ५०० भन्दा बढी शेयर सदस्य छन् । बेलबारी नगरपालिका–१ मा यसको कार्यालय छ । बेलबारी, सुन्दरहरैंचा नगरपालिका र केराबारी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सहकारीले काम गरिरहेको छ ।
सहकारीका सञ्चालकदेखि शेयर सदस्य पनि महिला मात्रै छन् । शुरूमा १० जनाले शुरू गरेको सहकारीमा अहिले २ हजार ५०३ जना शेयर सदस्य छन् । नारी विकास संघ संस्थाको प्रेरणामा सहकारी खोलिएको अध्यक्ष पार्वती बरालले बताइन् । संस्थाले महिलालाई प्रौढ शिक्षा पढाउने गर्थ्यो । प्रौढ शिक्षा पढ्न आएका महिलाहरूलाई बचत गर्न सिकाउने उद्देश्यले सहकारी शुरू गरिएको थियो ।
महिलाहरूलाई आर्थिक तथा सामाजिक र उद्यमी बनाउने उद्देश्यले १० महिलाहरू मिलेर १० रुपैयाँ बचतबाट सहकारी शुरू गरिएको थियो । १० रुपैयाँ बचतबाट शुरू गरिएको सहकारीमा २० करोडभन्दा बढी बचतकर्ताको बचत छ । महिलाहरूले मासिक २०० रुपैयाँ बचत गर्न थालेका छन् । महिलाले २०० देखि २ हजार रुपैयाँसम्म पनि बचत गर्ने गरेका छन् । एउटा समूहमा ६० जनादेखि ३०० जनासम्मको समूह छ । अध्ययन तथा अवलोकन गर्न पोखरा, भैरहवा र काठमाडौंबाट महिलाहरू आउने गरेका छन् । बराल जिल्ला सहकारी संघको उपाध्यक्ष पनि हुन् ।
२०६६ र २०७३ सालको सहकारी दिवसमा डिभिजन सहकारी मोरङले जिल्लाको सर्वाेत्कृष्ट सहकारीको रूपमा संस्थालाई पुरस्कृत समेत गरेको छ ।
सहकारीले आफ्ना शेयर सदस्यसँग बचत तथा ऋणसँगै विभिन्न सामाजिक, सीपमूलक काम पनि गर्दै आएको छ । सहकारीले सिलाइकटाई, ब्यूटीपार्लर, बेमौसमी तरकारी खेती, प्लम्बिङ, मोटरसाइकल वर्कशप, फर्निचर सम्बन्धी तालिम समेत दिने गरेको छ ।
सहकारीलाई सहकारी जस्तै चलाउने भए कहिल्यै घाटा नहुने सहकारीका सञ्चालकहरू बताउँछन् । बचत उठाएर घर जग्गामा हाल्ने, प्लटिङ गर्ने जस्ता गतिविधिले सहकारी डुब्न थालेका बताइन्छ । सहकारीका सिद्धान्तमा रहेर काम गर्ने हो भने गरीब तथा विपन्न परिवारलाई जीवन जिउन सहकारीले ठूलो भूमिका खेल्ने अध्यक्ष बराल बताउँछिन् ।
सहकारीका बचतकर्ताहरू बचत फिर्ता गर्न गए तुरुन्तै फिर्ता गर्न सकिने उनीहरू बताउँछन् । ‘आर्थिक मन्दीले लगानी गरेको ऋण उठ्न केही ढिलो हुन थालेको छ तर बचतकर्ताको बचत नै फिर्ता गर्न समस्या हुन कहिल्यै पनि दिँदैन,’ अध्यक्ष बरालले भनिन् ।
महिलाले सञ्चालन गरेको सहकारी भनेर अध्ययन गर्न बाह्य जिल्लाबाट पनि आउने गरेका छन् । पोखरा, कैलाली, काठमाडौं लगायतका क्षेत्रबाट अध्ययन टोली आउने गरेका उनले बताइन् । महिलाको सहकारी भनेर अहिले पनि धनीमानी भनिएकाहरूले हेप्ने गरेको पीडा पनि छ ।
‘पहिला सहकारी सञ्चालन गर्दा पोथी बासेको, महिलाहरूले के गर्छन् भनेर हाँस्ने थेरै थिए,’ उनले भनिन्, ‘हाँस्नेहरूलाई देखाउनका लागि पनि नमूना बनाएर सञ्चालन गर्नुपर्नेछ । महिलाको सहकारी भनेर हेप्नेको संख्या अहिले पनि छ ।’
पारिवारिक सहकारी खोल्ने र बचतकर्ताबाट रकम संकलन गरेर घरजग्गा र अन्य व्यवसायमा लगानी गरेर छिट्टै कमाउने सपना देख्दा सहकारीमा बेथिति बढेकोे छ । ‘सहकारीका सञ्चालकलाई बचतकर्ताले पनि खबरदारी गरिरहनुपर्छ । संस्था र शेयर सदस्यले पनि साधारण सभामा मात्रै नभई अरु बेला पनि संस्थाबारे चासो दिनुपर्छ,’ उनले भनिन्, ‘अनुगमन, नियमन गर्ने निकायले पनि हेरिरहनुपर्छ अनि मात्रै सहकारी सहकारी जसरी चल्न सक्छन् ।’
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...