×

NMB BANK
NIC ASIA

निर्वाचनको तयारी

राष्ट्रपति चुनावका लागि भोट हाल्न काठमाडौं आएका प्रदेश सांसद पार्टीको निगरानीमा

फागुन २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बिहीवार हुने राष्ट्रपति निर्वाचनका लागि भोट हाल्न प्रदेशका ५५० सांसद काठमाडौं आएका छन् ।

Muktinath Bank

नेपाली कांग्रेस सहितका ८ दलीय गठबन्धन तथा नेकपा एमाले, राप्रपा लगायत दलका प्रदेश सांसदहरू काठमाडौं आइसकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

८ दलीय गठबन्धनले आफ्ना सांसदलाई बुधवार बिहान १० बजेसम्म काठमाडौं आइसक्न निर्देशन दिएको थियो । प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरू काठमाडौं आइसकेका कांग्रेसका एक नेताले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

गठबन्धनले आफ्ना सांसदहरूलाई सामूहिक प्रशिक्षण दिने तयारी गरे पनि निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको थियो । मंगलवार बसेको गठबन्धनको बैठकले पार्टीले आफ्ना सांसदलाई मत हाल्ने तरिका सिकाउने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

काठमाडौं आएका प्रदेश सांसदहरूले पार्टी कार्यालयमा गएर हाजिर गरेका छन् । ‘पार्टी कार्यालयमा बोलाइएको थियो, उपस्थित भएको जानकारी गराएर छोरीको कोठामा फर्किएँ,’ कांग्रेसका एक सांसदले लोकान्तरसँग भने, ‘भोलि १० बजे नै संसद् भवनमा आउन पार्टीले निर्देशन दिएको छ ।’

सांसदहरूले ‘फ्लोर क्रस’ गर्ने या अनुपस्थित रहने आशंकामा ८ दलीय गठबन्धनले सांसदहरूलाई पार्टीको सम्पर्कमा रहनुपर्ने निर्णय गरेका थिए । राष्ट्रपति निर्वाचनमा संघीय संसदका ३१६ र प्रदेश सभाका ५५० सांसद मतदाता छन् । संघीय संसद र प्रदेश सांसदको मतभार भने फरक–फरक हुन्छ । 

आगलागी दुर्घटनामा परेका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचाररत रहेका कारण उनी उपस्थित हुने छैनन् । रास्वपाका सभापति रवि लामिछानेको पद गएको र जसपाकी १ समानुपातिक सांसदको निधन भएकाले प्रतिनिधि सभाका २७५ सांसदमध्ये केही अनुपस्थित हुनेछन् ।

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि बिहीवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवनको ल्होत्से हलमा मतदान गर्ने कार्यक्रम छ । ८ दलीय गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । 

मतदान सकिएलगत्तै गणना शुरू गर्ने र साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x