×

NMB BANK
NIC ASIA

विज्ञप्तिले थप जटिल

निर्वाचन आयोगको विज्ञप्तिले अन्योल– उपराष्ट्रपति महिला नै बन्नुपर्ने हो कि पुरुषले पनि पाउँछन् ?

फागुन २६, २०७९

NTC
Premier Steels

राष्ट्रपतिमा खस आर्य समुदायका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएपछि उपराष्ट्रपति महिला वा फरक समुदायको हुँदा पुरुष नै भए पनि हुने वा नहुने भन्नेमा बहस देखिएको छ ।

Muktinath Bank

बिहीबार रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपराष्ट्रपतिमा जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने तयारी भइरहेको छ। यस्तोमा फरक लिंगका आधारमा महिला उपराष्ट्रपति हुनुपर्ने कतिपयले तर्क गर्न थालेका छन्। 


Advertisment
Nabil box
Kumari

पढ्नुहोस् यो पनि

Vianet communication

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैन- कांग्रेस उपसभापति खड्का

यसै प्रसंगमा निर्वाचन आयोगले विज्ञप्ति नै निकालेर व्याख्या गर्ने प्रयास गरेको छ ।

‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ ।

राष्ट्रपतिमा निर्वाचित पौडेल खसआर्य समुदायका पुरुष रहेका भन्दै आयोगले उपराष्ट्रपति खस आर्यभन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारू वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न जानकारी गराएको छ । 

निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले राष्ट्रपतिमा खस आर्य समुदायका पुरुष पौडेल निर्वाचित भएपछि अझ बढी समावेशी बनाउन दलहरूले महिला पात्र खोज्नुपर्ने सुझाए। 

अर्यालले लोकान्तरसँग भने, ‘संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्छ भनेको छ । यस्तोमा अब दलहरूले खस आर्यभन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदायका रूपमा दलित, आदिवासी जनजाति, मधेसी, थारू वा मुस्लिम समुदायका व्यक्तिको मनोनयनपत्र मात्र आयोगले दर्ता गर्नेछ ।’ 

बढी समावेशी बनाउन दलहरूले उपराष्ट्रपतिमा फरक लिंग खोजी गरिनुपर्ने अर्यालले जोड दिए। 

संविधान र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको प्रावधानअनुसार राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति पुरुष नै भए पनि फरक समुदायको हुनुपर्ने हुन्छ। 

उपराष्ट्रपतिबारे आयोगले गरेको व्याख्यामा के छ ? 

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा 'यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ' भन्ने व्यवस्था छ।

साथै  ऐनको दफा १६ को उपदफा (५) मा 'यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ' भन्ने व्यवस्था छ।

'संवत् २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारू वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्नुपर्छ,' व्यहोरा उल्लेख छ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x