×

NMB BANK
NIC ASIA

खारेज भएका कार्यालय ब्युँताउँदै कोशी प्रदेश सरकार

फागुन २८, २०७९

NTC
Premier Steels

अघिल्ला सरकारले खारेज गरेका कार्यालय वर्तमान सरकारले ब्युँताउन थालेको छ ।

Muktinath Bank

कर्मचारी अभाव तथा खर्च कटौती गर्न भन्दै तत्कालीन मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गरेका कार्यालय मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ब्युँताउन थालेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोशी रिफ्रेसमेन्ट सेन्टरको अलग्गै कार्यालय पुनः स्थापना गर्न थालिएको छ । १ वर्ष अगाडि खारेज गरेको सेन्टर परियोजना हेर्ने कार्यालय कोशी प्रदेश सरकारले १ महिनाभित्रमा स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । 


Advertisment
Nabil box
Kumari

सरकारले प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको सेन्टर हेर्ने गरी स्थापना भएको परियोजना हेर्ने कार्यालय चैत महिना भित्रमा स्थापना गरी सञ्चालनमा ल्याउने भएको हो । गौरवको आयोजना हेर्ने कार्यालय छुट्टै नहुँदा काममा कठिनाइ भएको भन्दै प्रदेश सरकारले चाँडै पुरानो कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउने गृहकार्य पनि शुरू गरेको छ ।

Vianet communication

२२ बिघा क्षेत्रफलमा २ अर्ब ८ करोड रुपैयाँ लागतमा कोशी रिफ्रेसमेन्ट सेन्टर बनाउन २०७५ माघ २४ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । शिलान्यास गरेको २ वर्षपछि २०७७ पुस १० गते परियोजना हेर्नका लागि सुनसरीमा कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजना कार्यालय स्थापना गरिएको थियो । ९औं तहको आयोजना प्रमुखसहित १० जनाको दरबन्दी कायम गरी कार्यालय स्थापना गरिएको थियो ।

राजेन्द्र  राई मुख्यमन्त्री भएर आएपछि २०७८ चैत २४ गते परियोजना खारेज गरेको थियो । परियोजना खारेज गरेर रिफ्रेसमेन्ट सेन्टर हेर्ने जिम्मा शहरी विकास तथा भवन कार्यालय मोरङलाई २०७९  वैशाख १५ गतेदेखि दिइएको थियो ।  

परियोजना हेर्ने कार्यालय खारेज गरी भवन कार्यालयलाई दिएपछि बजेट अभावका कारण प्रदेश गौरवको आयोजना अलपत्र परेको थियो । आयोजनाका लागि प्रदेश सरकारले पर्याप्त मात्रामा बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टरको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले अनुगमन र निरीक्षण गरे । प्रदेश सरकारको गौरवको परियोजनाको निरीक्षण गरेपछि मुख्यमन्त्री कार्कीले २ वर्षभित्रमा कोशी रिफ्रेसमेन्ट सेन्टर सञ्चालनमा आउने गरी काम गर्नुपर्ने बताए ।

कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण गर्ने ठेक्का कविन्द्र/ नव सिर्जनशील जेभी कीर्तिपुरले पाएको छ । निर्माण शुरू भएको २ वर्षमा भौतिक प्रगति ६० प्रतिशत भएको शहरी विकास तथा भवन कार्यालय मोरङका कार्यालय प्रमुख रुद्रनारायण मिश्रले बताए । सेन्टरमा थकाली खाना घर, हेल्थपोस्ट, प्रशासनिक भवन, प्रहरी चौकी, पर्खाल, गेट लगायतको काम भएको प्रमुख मिश्रले बताए ।

योजनाको कूल लागतको २५ प्रतिशत मात्र बजेट प्रथम चरणमा राखिएकाले डीपीआर अनुरूप कोशी रिफ्रेसमेन्ट सेन्टरको मुहार फेर्न कठिनाइ भएको बताए । केही क्षेत्रमा अहिले पनि जग्गा अधिग्रहण र मुआब्जा बाँकी रहेकाले काममा अवरोध  हुनसक्ने उनले बताए ।

रिफ्रेसमेन्ट सेन्टर परियोजना अन्तर्गत कोशी कटानमा सुविधा सम्पन्न होटल, ७ तले कम्प्लेक्स, हेल्थपोस्ट भवन, पेट्रोल पम्प, बसपार्क, भ्यू टावर, स्वीमिङ पुल, सिनेमा हल र लिफ्ट सहितको आकाशे पुल लगायतका संरचना निर्माण गरिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x