×

NMB BANK
NIC ASIA

नयाँ वर्षको अवसरमा वीरगञ्जमा ‘रात्रि बजार’ लगाउने तयारी

चैत ७, २०७९

NTC
Premier Steels

अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ वर्षको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलोपटक ‘रात्रि बजार’ लगाउने भएको छ । 

Muktinath Bank

चैत ३० गते साँझदेखि २०८० वैशाख २ गते मध्यरातिसम्म वीरगञ्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ लगाइने महानगरपालिकाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरगञ्जवासीको सपना साकार पार्ने संकल्पअनुरूप वीरगञ्जमै पहिलोपटक ‘रात्रि बजार’ लगाउन लागिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

आर्थिक नगरी भनेर वीरगञ्ज परिचित भए पनि यहाँको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेकाले यहाँको अर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म सञ्चालन हुने वातावरण बनाउन परीक्षणस्वरूप नयाँ वर्षको अवसर पारेर ३ दिने रात्रि बजार लगाउने तयारी गरिएको महानगर प्रमुख सिंहले बताए ।

Vianet communication

‘व्यावसायिकरूपमा वीरगञ्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजनासहित ‘रात्रि बजार’ लगाउन लागेका हौं,’ उनले भने, ‘यसले बजार चलायमान बनाउने विश्वास लिएका छौं ।’

महानगरको आयोजनामा वीरगञ्जमै पहिलोपटक हुन लागेको ‘रात्रि बजार’मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामान पाउनुका साथै वीरगञ्जमै पहिलोपटक तन्दुरी चायको शुरूआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिए ।

रात्रि बजार आयोजना गर्दैगर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ सन्देशसहित सफलता प्राप्त भए लामो समयसम्म बजार लगाउन सकिने भएकाले वीरगञ्जमै पहिलोपटक नयाँ अवधारणासहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल पनि गरे । 

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ तयारीको काम अघि बढाइएको उनले बताए । रात्रि बजारमा लगाइने स्टलहरू बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजक ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

आदर्शनगर चोकदेखि कैलाश चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करीब १०० स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x